
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनियानी, २१ असोज । झापामा बाढीका कारण पूर्ण प्रभावित भएका परिवारलाई तत्काल राहत उपलब्ध गराइने भएको छ । बाढी पीडितलाई राहत तथा सहयोग गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा सोमबार बसेको बैठकले बाढीका कारण पूर्ण प्रभावित र विस्थापित भएका परिवारलाई तत्काल राहत प्याकेज उपलब्ध गराउने निर्णय गरिएको हो। गत असोज १८ र १९ गते आएको अविरल वर्ष पछि आएको बाढीबाट अति प्रभावित र विस्थापित भएका परिवारलाई तत्काल राहत प्याकेज उपलब्ध गराइने झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । तत्काल पूर्ण प्रभावित परिवारलाई खाद्यान्नतर्फ २५ केजी चामल, दुई केजी नुन, २ केजी दाल। एक लिटर तेल र पाँच…
शिवसताक्षी, २१ असोज । झापा जिल्लाको शिवसताक्षी नगरपालिकाले बाढी र डुबानबाट प्रभावित नागरिकहरूको क्षति विवरण संकलन कार्य सुरु गरेको छ । गत असोज १८ गते रातिदेखि परेको अविरल वर्षाका कारण कनकाई र माई नदीमा आएको बाढीले नगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका थिए । प्रारम्भिक चरणमा शिवसताक्षी–७ लालपानीका ७२ घरपरिवारको क्षति विवरण संकलन गरिएको नगरपालिकाले जनाएको छ । उक्त क्षेत्रमा अझै केही घरको विवरण संकलन गर्न बाँकी रहेको छ । बाढीबाट विस्थापित नागरिकहरू हाल लालपानी माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । लालपानी क्षेत्रमा मुख्यतया राजवंशी समुदायका परिवारहरूको बसोबास रहेको छ । नगरपालिकाका अनुसार, बाढीबाट ४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको…
झापा, २१ असोज । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार गण्डकी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको…
झापा, २० असोज । बाढीका कारण अवरुद्ध भएको झापाको शिवसताक्षी नगरपालिका–१० स्थित पूर्वपश्चिम लोकमार्ग सुचारु भएको छ । यहाँस्थित सुकुना खोलामा आएको बाढीले ह्युमपाइप ड्राइभर्सनको साइडको माटो कटान गरेपछि पानी पसेको कारण सवारी आवागमन ठप्प भएको थियो । सडक विभागले उक्त स्थानमा ह्युमपाइप प्रयोग गरी अस्थायी ड्राइभर्सन निर्माण गरेको थियो । तर खोलाको पानीको चापले माटो कटान गर्दा ड्राइभर्सन भत्किएको थियो । मर्मत कार्य तीव्र रूपमा अघि बढाइएपछि दुबैतर्फको सवारी आवागमन पुनः पूर्ण रूपमा सुचारू भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो।
झापा, २० असोज । झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित कनकाई माई खोलाको डिलमा फेला परेको अज्ञात पुरुषको शवको पहिचान खुलेको छ। असोज १९ गते खोलाको बीच भागमा अन्दाजी ६०–६५ वर्षको पहाडी मूलका जस्तो देखिने पुरुष घोप्टो अवस्थामा मृत फेला परेका थियो । मृतक इलाम नगरपालिका–१० गोदक निवासी अन्दाजी ७० वर्षीय गर्जमान तामाङ रहेको उनका छोरा दावा तामाङले पुष्टि गरेको झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। शव हाल भद्रपुर स्थित प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरी, २० असोज । सुनसरीको कोशी गाउँपालिका-७ स्थितबाट ठूलो परिमाणमा लागू औषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १९ गते राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धान बारी भित्र प्लास्टिकको १३ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसार-पोसारमा संलग्न रहेका सोही स्थानका ४५ बर्षीय दिनेश यादव समेतलाई नियन्त्रणमा लिएको छ ।
पाँचथर, २० असोज । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो। फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ। उनी थलीबहादुर नेम्बाङका छोरा हुन्। मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते भएकी छन्। फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएकी छन्। फाल्गुनन्द–५ जौबारीका धनबहादुर चेम्जोङ पनि पहिरोमा परी घाइते भएका छन्।…
इलाम, २० असोज । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण इलाममा ३७ जनाको मृत्यु भएको छ। विभिन्न स्थानीय तहमा ठूलो जनधनको क्षति भएको छ भने यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, इलाम नगरपालिका–६ घोसमा ६ जना, देउमाई नगरपालिकामा ८ जना, माइजोगमाई गाउँपालिकामा ८ जना, सन्दकपुर गाउँपालिकामा ७ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बाढी–पहिरोका कारण इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। इलामको राजदुवालीमाथिको सडकमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार राजमार्गका…
झापा, २० असोज । कोशी प्रदेशमा मनसुनजन्य बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने दशौं हजार मानिस विस्थापित भएका छन्। विपद्बाट सबैभन्दा बढी क्षति इलाममा भएको छ, जहाँ ३७ जनाको मृत्यु भएको छ। पाँचथर, मोरङ र उदयपुरमा २–२ जना तथा खोटाङमा ३ जनाको मृत्यु भएको छ। इलाममा एक जना अझै बेपत्ता रहेको प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका छन्। विपद्मा फसेका ५३२ जनाको उद्धार गरिएको छ। विवरणअनुसार १६ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त…
झापामा बाढीको वितण्डा : २ जनाको मृत्यु, ५ हजार बढी घर डुबानमा झापा, २० असोज । झापामा बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका वडा नं. ४ कोटीहोममा माइ खोलाको बीच भागको डिलमा घोप्टो परेको अवस्थामा एक शव फेला परेको छ । उक्त शवको पहिचान हुन सकेको छैन । शनिवार बाह्रदशी गाँउपालिका वडा नं. ४ मुन्सी कामत टोलका ६२ बर्षिय मंगलसिं मुर्मुको खोलाले बगाउदा मृत्यु भएको छ । खोला तर्ने क्रममा मुर्मु चिप्लिएर लडेको प्रहरीले जनाएको छ । यसैबीच, अविरल वर्षाका कारण झापाका खोलाहरूमा आएका बाढीका कारण ५ हजारभन्दा बढी घरधुरी डुबानमा परेको र २५ हजारभन्दा बढी…