झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २७ भदौ । शीतल निवासले आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न निर्देशन दिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा ठूला दलहरू र राष्ट्रपति रामचन्द्र पौडेलबीच सहमति भएपछि यस्तो निर्देशन आएको हो । जेनजीको मागअनुसार अन्तरिम सरकार गठनको तयारी भइरहेका बेला संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा भने अझै स्पष्टता आएको छैन । बिहीबार राति शीतल निवासमा कार्कीको आगमनसँगै राष्ट्रपति पौडेलले कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूसँग परामर्श गरेका थिए। सहभागी नेताहरूमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता वर्षमान पुन, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा रहेका…

Read More

झापा (एजेन्सी), २७ भदौ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले मंगलबार कतारको राजधानी दोहामा इजरायलले गरेको आक्रमणको कडा निन्दा गरेको छ। परिषद्का सबै १५ सदस्य राष्ट्र—including इजरायलको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाले तनाव कम गर्न आह्वान गर्दै एक संयुक्त वक्तव्य जारी गरेका छन् । गाजा सहरमा इजरायली आक्रमण तीव्र भएपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। हमासका नेताहरूलाई लक्षित गर्दै दोहामा गरिएको आक्रमणबारे छलफल गर्न बिहीबार आकस्मिक बैठक बस्नुअघि परिषद्ले उक्त वक्तव्य जारी गरेको हो। यस आक्रमणमा हमासका पाँच सदस्य मारिएका थिए, यद्यपि समूहले आफ्नो शीर्ष नेतृत्व जोगिएको दाबी गरेको छ। आक्रमणमा कतारी सुरक्षा बलका एक सदस्यको मृत्यु भएपछि…

Read More

झापा, २७ भदौ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हो । यसअघि जेन–जी समूहकोतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका छन्। वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ।

Read More

झापा, २७ भदौ । सर्वोच्च अदालतले यही भदौ २९ गतेदेखि नियमित सुनुवाइ गर्ने भएको छ । अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन पनि सोही दिनदेखि नै दर्ता गर्ने जनाएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आज भएको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले यही भदौ २३ र २४ मा भएका घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । सर्वोच्चले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा सर्वोच्चसहित देशभरका अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट हुँदा भवन, उपकरण, सवारीसाधन तथा ऐतिहासिक दस्ताबेजहरूमा क्षति भएको जनाउँदै देशको न्यायिक इतिहाससँग सम्बन्धित महत्त्वपूर्ण अभिलेखहरू करिब नष्ट हुन पुगेकामा…

Read More

तनहुँ, २७ भदौ । तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा एक वृद्धाको शव फेलापरेको छ । नदी किनारमा अन्दाजी ५५–६० वर्षीया वृद्धाको शव फेलापरेको हो । स्थानीयवासीको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले महिलाको शवको मुचुल्कासमेतको प्रारम्भिक कार्य गरी शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ । शवको सनाखत गर्ने कार्यका लागि घरपरिवार तथा आफन्तका बारेमा स्थानीयवासीसँग बुझ्दा केही विवरण खुलेको छैन । त्यसैगरी, व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा…

Read More

झापा, २७ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी…

Read More

कनकाई, २६ भदौ । झापाको कनकाई नगरपालिकाको नगरप्रमुख राजेन्द्र पोखरेलको घरमा ८० केजी सुन भेटिएको भन्ने कुरा निराधार भएको बताउनुभएको छ । आफूविरुद्ध लागेकाहरुले कुप्रचार गरेको उहाँको भनाइ छ । युटुबरले आनावश्यक हल्ला फिजाएको उहाँले बताउनुभयो । “शुरुमा ४० तोल, त्यपछि ८० तोला भनियो, अर्को पटक फेरि ४० किलो भनियो अनि अर्को पटक ८० किलो आयो”, उहाँले भन्नुभयो, “त्यसपछि दुई बोरा चाँदीको कुरा पनि आयो ।” यति कुरा भनिरहँदा बरामद कसले गरेको हो ? बरामद गरेको सुन कहाँ छ ? भन्ने कुरा नखुलाइएको बताउनुहुँदै उहाँले भन्नुभयो, “मेरो घरमा भीड पस्दा मेरो परिवारको कोही पनि भित्र थिएन । त्यो सुन हल्ला…

Read More

झापा, २६ भदौ । जेनजीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना भएको छ । अन्तरिम सरकार गठनका लागि जेनजी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेको छ । जेनजी प्रतिनिधि अनिल बानियाँले जेनजीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको बताए । उनले सिंहदरबार, न्यायलयलगातका संरचना षड्यन्त्र रचेर जलाइएको उनको आरोप छ । उनले भने, ‘देशमा गणतन्त्र आएदेखि हामीलाई नेताहरुले लुटेका छन् । यिनीहरुले हाम्रो रोजीरोटी पनि खोसेका छन् । हुम्ला, जुम्ला र मुगुमा अहिले पनि सिटामोलको अभाव छ । देशमा बुढाखाडाबाट वाक्कदिक्क भएर देश खोक्रो हुने अवस्थामा पुगिसकेको छ ।…

Read More

झापा, २६ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ । निजामती कर्मचारी अस्पतालमा छ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल बिर्तामोडमा एक, विर्तासिटी अस्पतालमा…

Read More

कास्की, २६ भदौ । जेनजी आन्दोलनका क्रममा पोखरामा निजी व्यावसायिक संस्थामा लागेको आगोमा ज्यान गुमाउने दुई महिलाको पहिचान खुलेको छ । कास्की प्रहरीले लेकसाइड र नयाँबजारमा जलेको अवस्थामा भेटिएका शवको पहिचान सार्वजनिक गरेको हो । लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनमा भेटिएको शव २६ वर्षीया स्वास्थ्यानी खड्काको भएको प्रहरीले पुष्टि गरेको छ । उनी पोखराकै एक स्पामा काम गर्थिन् । प्रहरीले जनाए अनुसार भवनभित्रै रहेका बेला प्रदर्शनकारीले आगजनी गरेपछि उनको जलेर मृत्यु भएको हो । स्वास्थ्यानीको स्थायी ठेगाना दैलेखको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ रहेको कास्की प्रहरीले जनाएको छ । यस्तै, नयाँबजारमा भेटिएको अर्को शव ३५ वर्षीया सञ्जु नगरकोटीको भएको प्रहरीले जनाएको…

Read More