
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेसलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीबतासको पनि सम्भावना छ । त्यसैगरी, आज राति मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा…
इलाम, ७ भदौ । इलाममा एक युवकको शव सडेको अवस्थामा फेला परेको छ। स्थायी घर झापा भएका ३४ वर्षीय उदय मगर केही समयअघि उपचारको लागि माईजोगमाई–१ लप्सिबोटेमा दिदी–भिनाजुको घरमा बसेका थिए। गएको साउन ३० गतेदेखि हराइरहेका उनको शव आज माईजोगमाई गाउँपालिका–१ प्रेमेजुङस्थित जंगलमा सडेको अवस्थामा फेला परेको स्थानीय पत्रकार बिनु खड्काले जानकारी दिएका छन्। स्थानीयवासी घाँस काट्न जाँदा शब देखेपछि प्रहरीलाई खबर गरिएको थियो। हाल नयाँबजारबाट प्रहरी टोली र जनप्रतिनिधिहरू घटनास्थलतर्फ गइरहेको जनाइएको छ। प्रहरीका अनुसार घटनाको प्रारम्भिक प्रकृति हेर्दा लडेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
बिर्तामोड, ७ भदौ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ र कनकाई नगरपालिका वडा नम्बर ९ जोड्ने घाग्रा खोलामा निर्माण गरिएको पुलको आज उद्घाटन गरिएको छ । एक संक्षिप्त कार्यक्रमका बीच कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले २८ मिटर लामो उक्त ट्रस पुलको उद्घाटन गर्नु भयो । उपभोक्ताको ८० हजार ४ सय ४१ रुपैयाँ २७ पैसा जनश्रमदान र पूर्वाधार विकास कार्यालयको ३९ लाख ४१ हजार ६ सय २२ रुपैयाँ ३५ पैसा गरी कुल ४० लाख २२ हजार ६३ रुपैयाँ ७२ पैसामा पुल निर्माण सम्पन्न भएको जनाईएको छ । यस पुलबाट प्रत्यक्षरुपमा २ सय ६६ घर लाभान्वित…
बनियानी, ७ भदौ । झापामा दुई भिन्न घटनामा दुई जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना र कमल गाउँपालिका–३ केराधापस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान कनकाई–१ का ३७ वर्षीय पंकज माझीले खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको छ र थप अनुसन्धान भइरहेको जनाइएको छ । त्यसैगरी, शुक्रबार साँझ…
शिवसताक्षी, ७ भदौ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले बृहत तीज विशेष कार्यक्रम गरेको छ । शिवसताक्षी ६ को वडा कार्यालयले वडाका ज्येष्ठ बुबाहरुलाई सम्मान गर्दै आमाहरुलाई दर खुवाएर जित पर्व मनाएको हो । वडाले तिज वर्ष सँगै कुशैं औशीको अवसर पारेर वडाका २५० बढी ज्येष्ठ बुबाहरुलाई ढाका टोपी लगाइदिएर सम्मान गरेको हो । उनीहरुहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, वडाध्यक्ष मनोज खुलाल कार्की, कार्यापालिका सदस्य गोमा रिजाल लगायतले ढाका टोपी लगाइदिएर सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख मेघाहाङ थोप्राले सम्पूर्ण महिलाहरूप्रति शुभकामना व्यक्त गर्दै तीज पछिल्ला वर्षहरूमा सामूहिक रूपमा मनाउन थालिएकोमा खुशी व्यक्त गर्नुभयो । हिन्दुधर्मालम्बीहरुले मात्र…
बिर्तामोड, ७ भदौ । झापाको बिर्तामोडस्थित न्यूटनस् एजुकेशन एकेडेमीले रियालिटी शो द भ्वाइस अफ किड्सको फाइनलिष्ट भएका स्मायन बजगाईलाई सम्मान गरेको छ । बाल्यकालमै गायनका क्षेत्र क्रियाशील बजगाईं राष्ट्रियस्तरको चर्चित गायन रियालिटी सो मा फाइनलिस्ट भएपछि विद्यालयले सम्मान गरेको हो । स्मायन न्यूटनस् एजुकेशन एकेडेमीका कक्षा–८ का विद्यार्थी हुन् । राष्ट्रिय स्तरको प्रतिष्ठित रियालिटी शोमा आफ्नो सांगीतिक क्षमता प्रस्तुत गरी विद्यालय र जिल्लाको गौरव बढाएको भन्दै दोसल्ला र प्रमाणपत्रद्वारा स्मायनलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाईले बताउनुभयो । सो अवसरमा विद्यालयका इञ्चार्ज नोएल परेराले स्मायन बजगाईं हाम्रो विद्यालयको मात्र नभई सम्पूर्ण समुदायको उज्जवल नक्षत्र भएको प्रतिक्रिया दिनुभयो । निरन्तर अभ्यास,…
झापा, ७ भदौ । भारत–नेपाल सीमावर्ती क्षेत्र झापाको गौरीगञ्जमा लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । दुई दिनको अन्तरालमा दुई वटा छुट्टाछुट्टै घटनामा प्रहरीले लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । हेलमेटभित्र लुकाइएको ब्राउनसुगरभदौ ५ गते साँझ गौरीगञ्ज गाउँपालिका–१ स्थित नेपाल–भारत सीमा क्षेत्र नजिकै प्रहरी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल बीओपी कुञ्जिबारीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ८००३ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा लागुऔषध फेला परेको हो । मोटरसाइकल चालक झापा कमल गाउँपालिका–५ का ३१ वर्षीय धनेस सहनीले लगाएको हेलमेटभित्र प्लास्टिकको पोकामा लुकाएर ल्याइएको ब्राउन सुगर जस्तो देखिने खैरो रंगको लिसिलो पदार्थ फेला…
चितवन, ७ भदौ । ‘पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा रहेको छ । त्यसो त बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । पवित्र तीर्थस्थल देवघाट धाममा रहेका वृद्धाश्रमका ‘बा’हरू भने दाता पर्खेर बसेका छन् । जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरू प्रायः परिवारबाट हेलत्तिएर यहाँ आएका छन् । कतिपय आफ्नो साहारा कोही नभए पनि आश्रय लिन यहाँ आइपुगेका छन् । जहाँ हरेक वर्षमा आउने आमा खुवाउने दिन (माता…
झापा, ७ भदौ । सङ्खुवासभामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए नभएको बारेमा कुनै विवरण भने प्राप्त हुन सकेको छैन । विसं २०७२ बैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपश्चात् नेपालमा कम म्याग्निच्यूडका भूकम्प जानेक्रम रोखिएको छैन ।
झापा, ७ भदौ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र…