झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। यसअघि नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ रनले हराएको थियो। डार्विनस्थित काजालिस एरेनामा भएको खेलमा नेपालले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा रेनेगेड्स २० ओभरमै १०६ रनमा समेटियो। अर्जुन नायरले सर्वाधिक २६ रन बनाए भने जे लेमिरले १८ र ह्यारी डिक्सनले १६ रन जोडे। नेपालका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए। कुशल भुर्तेलले दुई तथा रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान एक–एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले…

Read More

बिर्तामोड, ४ भदौ । विद्यार्थी माझ पठन पाठनमा अग्रसर र रचनात्मक कार्य गर्दै आएको आदर्श स्कूल अफ म्यानेजमेन्ट बिर्तामोडले तीज विशेष कार्यक्रम पृथक तरिकाले सम्पन्न गरेको छ । आदर्श स्कुलको आयोजना, सुरुवाती कोठा नेपाल झापा, बिर्तामोड नगर अस्पताल, बिर्तामोड नगरपालिका वडा नं. ३ लगायतको संयोजनमा छात्रा विद्यार्थीका लागी प्रजनन् स्वास्थ्य अधिकार र पाठेघर को मुखको क्यान्सरबारे सचेतना तथा विविध सांस्कृतिक कार्यक्रम गरेर तीज विशेष कार्यक्रम मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर पालिका वडा नं. ३ का वडा अध्यक्ष मदन बुडाथोकीले विद्यार्थीलाई नयाँ–नयाँ सिकाइका कुरामा आदर्श स्कुल सधैं आगाडि रहेको बताउनुभयो । बिर्तामोड नगर अस्पतालका डाक्टर हेमन्त राठी र…

Read More

झापा, ४ साउन । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारीसाधनमा हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको छ। मंगलबार विभागले सूचना जारी गर्दै प्रदेश सरकार मातहतका सबै यातायात कार्यालयहरूमा सवारी दर्ता, नामसारी तथा नवीकरणका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवारीधनीलाई निर्देशन दिएको हो। सूचनामा भनिएको छ, “सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै सवारीधनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयमा गई जडान गर्नुहुन जानकारी गराइन्छ।”

Read More

झापा, ४ भदौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७३ रुपैयाँ १० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४८ पैसा,…

Read More

झापा, ४ भदौ । सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति दिएको आरोपमा काठमाडौँबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्तिसहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पारेको अभियोगमा मकवानपुरको मनहरि–३ का मंगलसिंह प्रजा पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्यूरोले गरेको प्रारम्भिक अनुसन्धानबाट उनले सामाजिक सञ्जालमार्फत घृणा तथा द्वेष फैलाई चरित्र हत्या गर्ने लगायतका गतिविधि गरेको खुलेको ब्यूरोले जनाएको छ। प्रजालाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा मंगलबार काठमाडौँ महानगरपालिका–१० शङ्खमुलबाट पक्राउ गरिएको हो । उनलाई काठमाडौँ जिल्ला अदालतबाट दुई दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका उपनिर्देशक दीपकराज अवस्थीले…

Read More

झापा, ४ साउन । सन् २०२५ को हालसम्म जापानिज इन्सेफलाइटिसबाट ११ जनाको मृत्यु भएको छ भने ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार मृतकहरूमा आठ वर्षका एक, १७ वर्षका एक तथा ४० वर्षभन्दा माथिका नौ जना रहेका छन् । मृतकहरू झापा, मोरङ, तेह्रथुम, बारा, मोरङ, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक÷एक जना तथा चितवनका तीन जना रहेका छन्। गौतमका अनुसार घरमै रहेका ३० प्रतिशत र अस्पताल जाँदै गरेका २७ प्रतिशत बिरामीको मृत्यु भएको हो। सन् २०२४ मा ८६ जनामा सङ्क्रमण देखिएको थियो भने २५ जनाको…

Read More

झापा, ४ भदौ । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०÷८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९लिसा०मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो । ‘गाउँपालिका÷नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धीको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आव २०८०–८१ को नतिजाको गुणस्तर परीक्षण’ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गुणस्तर…

Read More

झापा, ४ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको लागायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भू–भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका…

Read More

शिवसताक्षी, ३ भदौ । झापा शिवसताक्षी १० मा रहेको दोमुखा धार्मिक तथा पर्यटन विकास समितिले ८२ लाख बढी आम्दानी गरेको छ । पर्यटन विकास समिति १५ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनमा संस्थाले २०८१÷०८२ मा गएको वर्षहरु भन्दा आम्दानी बढेको जनाएको हो । जसमा संस्थाले ८२ लाख ८४ हजार १५७ आम्दानी गरेको छ । साधारण सभामा संस्थाका अध्यक्ष धनप्रसाद लावतीले सस्थाको प्रतिवेदन प्रस्तुत गर्दै गएका वर्षहरु भन्दा आर्थिक २०८१÷०८२ पर्यटन क्षेत्रका धेरै काम भएको र आम्दानी बढ्न सफल भएको बताए । संस्थाले शिवसताक्षी नगरपालिकालाई आम्दानीको ३० प्रतिशत रकम १९ लाख ९५ हजार बुझाएको छ । उनले भने, यो…

Read More

झापा, ३ भदौ । आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी झापाकी एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाकाअनुसार घरमा एक्लै भएका बेला सोमबार दिउँसो पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी दमक नगरपालिका–१ भानु चोक निवासी मनोज साहकी श्रीमती ३० वर्षीया शोभाको आज बिहान मृत्यु भएको हो । दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा त्यहाँ उपचार नहुने जानकारी पाएपछि पुनः बिर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याउँदा निजको मृत्यु भएको हो । श्रीमान्सँग मनमुटाव भएपछि निजले आत्मदाहको प्रयास गरेको आशङ्का प्रहरीको छ ।

Read More