
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झपा, १ भदौ । गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ । यस्तै पाँच सय ८५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन् । देशभर बाढीका दुई सय १६, पहिरोका तीन सय १७, भारी वर्षाका दुई सय २१, चट्याङका दुई सय ४५, सर्पदंशका ७७ घटना घटेका छन् । त्यसैगरी, आगलागीका एक हजार ११४, डढेलोका एक सय ५८, हुरीबतासका दुई सय ७७, जनावर…
झापा, १ भदौ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।
चितवन, १ भदौ । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।
इलाम, १ भदौ । आर्थिक वर्ष २०८१–८२ मा इलाममा दुई वटा नयाँ बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । सङ्घीय सरकारको लगानीमा पुवाखोला र जोगमाई खोलामा बनेका यी पुलले स्थानीय यातायातमा सहजता ल्याएका छन् । माईजोगमाई–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोलामा ४० मिटर लम्बाइको पुल निर्माण भएको छ । जसको निर्माण लागत रु १ करोड ९१ लाख रहेको छ भने इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा ४८.६ मिटर लम्बाइको पुल १ करोड ४३ लाखको लागतमा निर्माण भएको छ । सडक डिभिजन कार्यालयका अनुसार केचना–कञ्चनजङ्गा सडकअन्तर्गत ठाडे खोलामा डबल सेल बक्स कल्भर्ट निर्माणाधीन अवस्थामा छ । रु १.८५ करोडको…
झापा, १ भदौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही…
झापा, ३१ साउन । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा सरकारले रु ८५ अर्ब १९ करोड आम्दानी गरेको छ भने रु ४६ अर्ब ३० करोड खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो आम्दानी वार्षिक लक्ष्यको ५.५६ प्रतिशत र खर्च २.३६ प्रतिशत हो । राजस्व विवरण: कर राजस्व: रु ८० अर्ब ६७ करोड (वार्षिक लक्ष्यको ६.०९%) गैरकर राजस्व: रु ३ अर्ब ७९ करोड ५० लाख (२.४६%) वैदेशिक अनुदान: रु ४२ करोड १९ लाख अन्य प्राप्ति: रु ३० करोड ८९ लाख सरकारले चालु आवमा कुल रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ। यसमा…
झापा, ३१ साउन । देशका विभिन्न स्थानमा भएका मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् । मोरङको बुढीगंगा गाउँपालिका–३, नेमुवा–विराटनगर सडकमा को २१ प ८६९२ नम्बरको मोटरसाइकल दुर्घटनामा सवार ४२ वर्षीय कात्तिक विश्वासको उपचारका क्रममा मृत्यु भएको छ। सोही गाउँपालिकाको–२, अमाही बोक्ला टोलमा को. ३५ प ५०३३ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक ३५ वर्षीय विकास कुमार भगतको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सुनसरीको रामधुनी नगरपालिका–८, डुम्राहा स्थित सडकमा को ३८ प १६३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २१ वर्षीय आनन्द सिंह खवासको मृत्यु भएको छ । दुर्घटनामा घाइते अन्य…
ताप्लेजुङ, ३१ साउन । ताप्लेजुङमा भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप उपाधि सिराहाको सलहेश युवा क्लबले जितेको छ । ताप्लेजुङको भानु जनमाविको खेलमैदानमा शनिवार भएको फाइनल खेलमा चर्च व्वाईजलाई २—० गोल अन्तरले हराउँदै सलहेश युवा क्लबले प्रतियोगिताको उपाधि जितेको हो । खेल सुरु भएको मध्यान्तरसम्म दुवै टिमले कुनै गोल गर्न सकेनन् । आजको खेलको ‘म्यान अफ दि म्याच’ सिराहाको सुनिल खड्का हुनुभयो । उहाँले ७ हजार रुपैंया प्राप्त गर्नुभयो । उपाधि जितसँगै चर्च व्वाईजले नगद ७ लाख २ हजार ८२ रुपैयाँ प्राप्त गरेको छ । भने उपविजेता बनेको सिराहाको सलहेश युवा क्लबले ३ लाख ५० हजार ८२ रुपियाँ पुरस्कार सहित…
झापा, ३१ साउन । भारतबाट सिटी सफारीमार्फत नेपाल प्रवेश गर्ने क्रममा प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल नजिक साउन ३१ गते दिउँसो १२ः४५ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको सवारी साधन जाँच गर्दा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका–२ निवासी २४ वर्षीय रामहरी सिलवाल र सोही ठाउँका २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् । उनीहरूको साथबाट २८ ग्राम ६९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । हाल दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको…
शिवसताक्षी, ३१ साउन । झापाको शिवसताक्षी नगरपालिकाले नगरका महिला कर्मचारीहरुलाई दर खुवाएको छ । नगरपालिकाले तीज मिलन कार्यक्रम गर्दै नगरमा कार्यरत वडा कार्यालय, स्वास्थ्य कार्यालय लगायतका नगरका महिला कर्मचारीहरुलाई दर खुवाएको हो । तीज मिलन कार्यक्रममा नगरका स्वास्थ्यकर्मी गंगादेवी खत्री, इन्दिरा तामाङ्ग, सेतीमाया तामाङ्ग कृष्णकुमारी सुनुवारलाई सम्मान गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उनीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा,उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । नगरप्रमुख मेगाहाङ्ग थोप्राले हरितालिका तीजको अवसरमा सबै महिला कर्मचारीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले नारीहरुको पर्वको अवसर पारेर नगरका स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उल्लेखनीय रुपमा काम…