
झापा, ३१ साउन । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा सरकारले रु ८५ अर्ब १९ करोड आम्दानी गरेको छ भने रु ४६ अर्ब ३० करोड खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो आम्दानी वार्षिक लक्ष्यको ५.५६ प्रतिशत र खर्च २.३६ प्रतिशत हो ।
राजस्व विवरण:
- कर राजस्व: रु ८० अर्ब ६७ करोड (वार्षिक लक्ष्यको ६.०९%)
- गैरकर राजस्व: रु ३ अर्ब ७९ करोड ५० लाख (२.४६%)
- वैदेशिक अनुदान: रु ४२ करोड १९ लाख
- अन्य प्राप्ति: रु ३० करोड ८९ लाख
सरकारले चालु आवमा कुल रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ। यसमा कर राजस्व रु १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख, गैरकर राजस्व रु १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख, र वैदेशिक अनुदान रु ५३ अर्ब ४४ करोड ६९ लाख समावेश छन्।
बजेट तथा खर्च विवरण:
- चालु आवको कुल बजेट: रु १९ खर्ब ६४ अर्ब ११ करोड
- हालसम्मको खर्च: रु ४६ अर्ब ३० करोड ६१ लाख
- चालु खर्च: रु १८ अर्ब ४७ करोड ९८ लाख (१.५६%)
- पुँजीगत खर्च: रु ७२ करोड ६३ लाख (०.१८%)
- वित्तीय व्यवस्था शीर्षकमा खर्च: रु २७ अर्ब १० करोड (७.२२%)
महालेखाका अनुसार पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको हो। चालु खर्चको तुलनामा पुँजीगत खर्च निकै न्यून देखिएको छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



