
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २४ असोज । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोकेको छ । शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालय सो निर्णय गरिएको जानकारी दिएको हो । मन्त्रालयद्वारा प्रकाशित सूचनामा भनिएको छ स्‘नेपाल सरकारले छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को दफा २ को खण्ड ९त० ले दिएको अधिकार प्रयोग गरी अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकेकोले यो सूचना प्रकाशन गरिएको छ ।’
बारा, २४ असोज । लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाईंको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । गोसाईं असोज १९ गते आइतबार बिहान ८ः३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए । उनको सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोरले खोजतलास गरेको थियो । गोसाइँका साथमा हामफालेका २० वर्षीय अनुराग केशरवानी पौडेर नदी किनारमा आएका…
कनकाई, २४ असोज । झापाको कनकाईबाट प्रकाशन हुँदै आएको कनकाई खबर साप्ताहिक प्रकाशनको आठौं वर्षमा प्रवेश गरेको छ । पत्रिकाको वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै कनकाई खबरका सम्पादक एवं प्रकाशक रामप्रसाद निरौलाले संघर्षपूर्ण चुनौतीहरु पार गर्दै आठौं वर्षमा प्रवेश गरेको यो सुखद अवसर केवल संस्थाको प्रगति मात्र नभएर स्थानीय पत्रकारिताको निरन्तरता र जनविश्वासको प्रतीक पनि भएको बताएका छन् । २०७४ मा जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेपछिको अवस्थामा स्थानीय स्तरका गतिविधिलाई संचारको माध्यमबाट तत्काल सार्वजनिक गर्नु पर्ने आवश्यक्ताको महसुश गर्दै २०७५ बाट साप्ताहिकको रुपमा कनकाई खबरको सुरुवात भएको सम्पादक निरौलाले बताएका छन् । कनकाई खबर साप्ताहिक आजको अवस्थासम्म आइपुग्दा डिजिटल रुपमा…
झापा, २४ असोज । सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २३ गते साँझ ६ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-१ का ३१ बर्षीय सनम श्रेष्ठ र कन्चनपुर भिमदत नगरपालिका-६ की २० बर्षीया निरा चुनारालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा निजहरुको साथबाट लुकाईछीपाई राखेको १४ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको आवश्यक थप अनुसन्धान भईरहेको छ ।
दमक, २४ असोज । झापाको दमक नगरपालिका–७ स्थित पशुहाट क्षेत्रको एक टहरामा अन्दाजी ५०–५५ वर्षको पुरुष मृत अवस्थामा फेला परेका छन्। आज टिनको छानो भएको गाईवस्तु राख्ने टहराको पानी खाने नालीभित्र एक पुरुषको शव रहेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार मृतकको नाम, थर तथा वतन हालसम्म खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानमा मृतकको दाहिने गालामा धारिलो हतियारको प्रहार भएको जस्तो देखिएको छ । घटनास्थलमा कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड, २४ झापा । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बिर्तामोड नगरपालिका–८ किसनभिट्टामा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ । असोज २३ गते राति १० बजे ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । छापाको क्रममा घरधनीसहित ११ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट एक बुक तास, नगद रु. २,१५,५५० र ९ थान मोबाइल फोन बरामद गरिएको छ । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
झापा, २४ असोज । झापाको मेचीनगर नगरपालिकास्थित बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै जंगली हात्ती खेदाउन गोस्ती परिचालन गरिएको छ । भारतीय सीमावर्ती जङ्गलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा परिचालन भएको छ । किसानले धान नभित्र्याएसम्म टोली निरन्तर गस्तीमा रहने उनले जानकारी दिएका छन् । विगतका वर्षमा भारतबाट आउने हात्तीको हुलले बाहुनडाँगी क्षेत्रको बाली सखाप पारेका थिए । विगत दुई दशकमा हात्तीको आक्रमणमा परी झापामा ७५ जनाले ज्यान गुमाएका छन् भने…
खोटाङ, २४ असोज । चाडपर्वको अवसरमा सञ्चालन गरिएको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत खोटाङका ४३६ छोरीचेलीले निःशुल्क यातायात सेवा प्राप्त गरेका छन्। नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको नेतृत्वमा जिल्लाका दशवटै स्थानीय तहका युवाले आफ्नै मोटरसाइकल र एक जीपमार्फत सेवा प्रदान गरेका हुन्। असोज १६ देखि १९ गतेसम्म सञ्चालन गरिएको अभियानमा ३५ किलोमिटर दूरीभित्रका छोरीचेलीलाई घर, माइतीघर र मावली आवतजावत गराइएको थियो। दिक्तेल बजारमा सचिवालय स्थापना गरी सेवाग्राहीको विवरण सङ्कलन गरिएको थियो। गत वर्ष ४१५ जनालाई सेवा दिइएको अभियानले यस वर्ष तिहारमा पनि कात्तिक ५–७ गतेसम्म सञ्चालन गर्ने योजना बनाएको छ। अभियानमार्फत करिब एक हजार छोरीचेलीलाई सेवा दिने लक्ष्य राखिएको संयोजक…
झापा, २४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९० रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर…
झापा, २४ असोज । गत असोज १७ र १८ गते आएको बाढीपहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्ग आज शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्त्वपूर्ण मार्गका रूपमा रहेको यो राजमार्गमा डाइभर्सन निर्माणको अन्तिम चरण पूरा भएपछि यातायात पुनः सञ्चालन हुन लागेको हो । सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्म डाइभर्सन निर्माण कार्य सम्पन्न भइसकेको छ। उहाँका अनुसार, बाढीले गत वर्ष बनाइएको अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण अवरुद्ध भएको थियो । यस राजमार्गमा चाडपर्वको समयमा दैनिक १५ हजारसम्म सवारीसाधन चल्ने गरेका छन्। हालैको बाढीले राजमार्गका १६ स्थानका झन्डै साढे तीन…