झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ३० चैत । झापाको मेचीनगर–६ बाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा बिस्कुटसहित भारतीय कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत मेचीनगर–६ बाट मंगलबार रू २० लाख बराबरको बिस्कुटसहित आरजे १८ जीबी ३७२१ नम्बरको भारतीय कन्टेनरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय काँँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त कन्टेनरमा अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको करिब रू २० लाख बिस्कुट बरामद भएको हो । प्रहरीले बरामद बिस्कुटको रू २० लाख र कन्टेनरको रू २५ लाख मूल्यांकन गरी आवश्यक कारबाहीका…

Read More

चितवन २९, चैत्र। तमू ह्युल धोँज धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय अध्यक्षमा कर्णबहादुर गुरुङ ( तमू ) सर्वसम्मत निर्वाचित गरिएको छ । चितवनको सि एम टि रिसोर्टमा मङ्गलबार सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट परिषद्को केन्द्रीय अध्यक्षमा चितवनका गुरुङ अध्यक्षमा निर्वाचित भएको हो।चितवनको भरतपुर–१९ का वडाध्यक्ष समेत रहनु भएका गुरुङको अध्यक्षतामा महाधिवेशनले ६७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसमध्ये ५ जना मनोनित भएकाहरु छन्।यस्तै महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा काठ्माण्डौका आरवि गुरुङ, उपाध्यक्षहरुमा स्याङजाका यमबहादुर गुरुङ, ओखलढुङगाका टेकबहादुर गुरुङ, गोर्खाका नरबहादुर गुरुङ, तनहुँका धनमान गुरुङ, लमजुङका मेनबहादुर गुरुङ, खोटाङका लक्ष्मण गुरुङ, महिला उपाध्यक्षमा गोर्खाका भगवती गुरुङ निर्वाचित हुनु भएको छ।महासचिवमा सुनसरीका डम्बरबहादुर…

Read More

बुद्धशान्ति, २९ चैत । आगलागीका कारण घर जले पछि विचल्लीमा परेको एक परिवारको घर युवा संघ  र युथ फोर्स बुद्धशान्तिले निर्माण गरिरहेको छ । बुद्धशान्ति ५ पानीघट्टाका पेम्बा शेर्पाको घर आफूहरूले बनाइरहेको युवा संघ बुद्धशान्तिका अध्यक्ष पवन खतिवडाले बताएका छन् ।युवासंघले घर निर्माणका लागि विभिन्न सामग्री जुटाएर घर निर्माण सम्पन्न गर्न लागेको उनको भनाई छ । पेम्बा शेर्पाको घर निर्माण, लत्ताकपडा, खाद्यान्य लगायतका कुरा उपलब्ध गराउन सहयोग गरिरहेको  युथ फोर्स बुद्धशान्ति संयाेजक अरूण थेवेले जानकारी दिएका छन् ।

Read More

नेल्टा झापाद्वारा प्रशिक्षक प्रशिक्षण तालिमबिर्तामोड, २९ चैत । झापाका १० पालिकाका विभिन्न विषयका शिक्षकलाई पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ । झापाका १० पालिकाको आर्थिक सहयोग एवम् नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) झापाको आयोजनामा सामुदायिक तथा निजी विद्यालयका ३० जना शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम दिइएको हो । तालिममा प्रशिक्षकहरु हेमन्तराज दाहाल, मोतीकला सुब्बा देवान, गुणराज नेपाल, केशव भट्टराई, धर्मेन्द्र भट्टराई र टीका सुवेदीले सहजीकरण गरेका थिए । आज भएको समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि शिक्षा समन्वय इकाइ झापाका प्रमुख राजकुमार विक, नेल्टा केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।…

Read More

बिर्तामोड, २९ चैत । झापा बिर्तामोडको बोस्टन ब्लास्टर क्रिकेट क्लबले झापा सुपर लिगका लागि खेलाडी सार्वजनिक गरेको छ । मेचीनगरस्थित होटल मेची क्राउनमा आज पत्रकार सम्मेलनको आयोजना गरी क्लबले अन्तर्राष्ट्रिय नेपाली क्रिकेटर तथा राष्ट्रिय खेलाडी करण केसीसहित १८ जनाको खेलाडीको नाम सर्वजनिक गरेको हो । क्लबका अध्यक्ष सोवित बास्तोलाले बिर्तामोडका क्रिकेटप्रेमीहरुले स्थापना गरेको क्लबले विभिन्न प्रतियोगितामा सम्मानजनक उपस्थिति जनाउँदै उपाधि समेत उचालिसकेको बताए । कार्यक्रममा उनले नेपाली क्रिकेटलाई अझ मजबुद बनाउन बोस्टर्न ब्लास्टरले योगदान पु¥याउने विश्वास दिएका थिए । सुरज कार्कीको कप्तानीमा बोस्टन ब्लास्टरमा करण केसी, समिर कार्की, विदान गोस्वामी, मिनस थापा, विपिन कार्की, दिपु भुजेल, नविन पाठक, अभि योङहाङ…

Read More

चितवन ,२९ चैत्र । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङले स्वायत्तताको लागि गृहकार्य आवश्यक रहेको बताउनुभएको छ। सोमबारबाट चितवनको भरतपुरमा जारी तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषदको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नु हुँदै प्रदेश प्रमुख गुरूङले यस्तो धारणा राख्नु भएको हो । उहाँले माग पूरा गर्न पहिले होमवर्क गर्नु पर्नेमा जोड दिनुभयो। ‘जातीय पहिचानको मुद्धालाई उठाउन संविधानमा टेकेर काम गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ । तमू ह्युल छोँज धीँको स्थापना भइसकेपछि देशभरका गुरूङ समुदाय एक ठाउँमा उभिन सफल र सक्षम भएको बताउँनु हुँदैं अबदेखि आफ्नो जातिको पहिचानलाई स्थापित गराउन बाँकी गृहकार्य गर्नुपर्ने उहाँको सुझाव थियो। तमू ह्युल छोँज धीँका…

Read More

झापा, २९ चैत । दलित समुदायका अगुवाहरुले नेतृत्व गरेको राष्ट्रिय दलित मञ्च नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । विराटननगरस्थित माओवादी केन्द्रको प्रदेश १ पार्टी कार्यालयमा सोमबार एक औपचारिक कार्यक्रम गरी माओवादीमा प्रवेश गरेको घोषणा गरिएको हो । मञ्चका केन्द्रीय अध्यक्ष भीमकुमार लकान्द्रीको नेतृत्वमा अन्य पदाधिकारीसहित सिंगो संगठन माओवादी केन्द्रमा समाहित भएको छ । नेकपा एमाले निकट मुक्ति समाज नेपाल झापाका पूर्व उपाध्यक्ष लकान्द्री, मञ्चका उपाध्यक्ष नरेन्द्र घतानी, एमाले प्रदेश १ का सल्लाहकार गोपाल लकान्द्री, नेपाल दलित संघका केन्द्रीय सदस्य प्रेम लकान्द्रीसहित ३५ जना नेतालाई माओवादीका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले पार्टीमा प्रवेश गराए । सो अवसरमामा ओवादीसँग मञ्चले दलित अधिकारसँग…

Read More

झापा, २९ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दा र एकीकृत समाजवादीको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर मुद्दामा सर्वोच्च अदालतबाटै ढिलासुस्ती भएको छ । एमालेले आफ्ना सांसदसहितबाट बनेको नयाँ दलको वैधानिकतमा प्रश्न उठाउँदै रिट दायर गरेको थियो । सो रिटलाई सर्वोच्च अदालतले सामान्य हिसाबको मुद्दाको सूचीमा राखेर हेर्न नभ्याउने सूचीमा राख्दै आएको छ । जसका कारण नेकपा एकीकृत समाजवादी पार्टीको वैधानिकतासम्बन्धी मुद्दाको सुनुवाइ लामो समयदेखि हुन सकेको छैन । पटक–पटक मुद्दाको पेसी तोकिए पनि नेपालको दलको वैधानिकतासम्बन्धी रिटमा सुनुवाइ हुन सकेको छैन । २७ चैतमा सो मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, सोही दिन…

Read More

झापा, २९ चैत । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको अधिकारलाई निजामती कर्मचारीमा केन्द्रित गर्ने गरी नियमावली संशोधनको अन्तिम तयारी गरेको छ। गृह मन्त्रालयले प्रहरी (एघारौं संशोधन) नियमावली, २०७८ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७८ को संशोधन तयारी गरेको हो। सैद्धान्तिक सहमतिका लागि तयार पारिएका मस्यौदा अर्थ मन्त्रालयमा पुगेका छन् । प्रहरी ऐन, २०१२ को दफा ३९ ले दिएको अधिकार प्रयोग गरी प्रहरी नियमावलीका १० र सशस्त्र प्रहरी ऐन २०५८ को दफा ३६ ले दिएको अधिकार प्रयोग गरी १५ प्रावधान संशोधन गर्ने गरी मस्यौदा बनेको गृह मन्त्रालय स्रोतले जनाएको छ। मस्यौदामा दुवै प्रहरी संगठनका प्रमुख प्रहरी…

Read More