झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भारतीय अभिनेता तथा गायक अनु कपुर फ्रान्समा लुटपाटमा परेका छन्। ​ ​अनुले इन्स्टाग्राममा एक भिडिओ पोष्ट गर्दै आफूलाई सहयोग गर्ने बहानामा बदमासको एक समूहले सामान लुटेर लगेको बताएका हुन्। उनले आफ्नो झोलामा भएको क्रेडिट कार्ड र नगदलगायतका व्यक्तिगत सामानहरू लुटिएको उल्लेख गरेका छन्। उनले भिडियोमा आफ्ना समर्थकहरुलाई फ्रान्समा लुटेराको बिगबिगी रहेको भन्दै आउँदा सावधानी अपनाउन पनि भनेका छन्। उनले आफ्नो राहदानी भने आफूसँगै रहेको बताएका छन्। ६६ वर्षीय कपुरले आफूलाई रेल्वेका कर्मचारीले सहयोग गरेको र पेरिस पुगेर प्रहरीमा उजुरी दिने पनि बताएका छन्। उनले आफूमाथि ठूलो त्रासदी आएको समेत उल्लेख गरेका छन्। एजेन्सी

Read More

धनगढी, ९ असार, । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्युरो सदस्य सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् । जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएका हुन् । ‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल…

Read More

काठमाडौं,९ असार । मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार किसानको मागअनुसार रासायनिक मलको आपूर्ति हुन नसकेकाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने निर्णय भएको छ । यसैगरी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखी असार १७ गते ७७ वटै जिल्लाका…

Read More

झापा, ९ असार । वर्षासँगै देशका विभिन्न स्थानमा बाढी आउने तथा पहिरो जाने क्रम सुरु भएको छ। यसबाट हुने क्षतिबाट बच्न बाढी पूर्वानुमान महाशाखाले दैनिक रूपमा बाढीको सम्भावनाबारे सूचना दिने गरेको छ।  यसै क्रममा महाशाखाले बिहीबार बिहान बुलेटिन जारी गरी तीन दिन अर्थात् शनिबारसम्म कहाँ कहाँ बाढीको सम्भावना कस्तो छ भनेर जानकारी दिएको छ।   महाशाखाका  अनुसार आगामी ३ दिनसम्म प्रमुख नदीहरू कोसी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीको बहाव बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने अनुमान गरिएको छ।  भोलि अर्थात् शुक्रबार नारायणी र यसका साना सहायक नदीमा जल सतह उल्लेख्य बढ्ने र केहीमा…

Read More

मोरङ, ९ असार। मोरङको बिराटनगर महानगरपालिका–१२ बखरीमा करेन्ट लागेर स्थानिय ३३ बर्षीय सुनिता चौधरी माझी को मृत्यु भएको छ । बुधवार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भएकी माझीलाई तत्काल उपचारको लागी कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, ९ असार । झापाको मेचिनगर नगरपालिका–१५ ज्यामिरगढी भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ बुधवार बेलुका सवा ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको गरेको प्रदेश १–०१–००१ ह ८६०१ नम्बरको सिटिलाई सोहि दिशा तर्फ जादै गरेको प्रदेश १–०१–००१ क ११४६ नम्बरको मिनीट्रकले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा मेचिनगर–९ का ४३ बर्षीय रमेश कट्वाल गम्भिर घाईते भई उपचारको लागि b&c अस्पताल बिर्तामोड पठाएकोमा मृत्यु भएको हो । दुर्घटना भएका दुवै सवारी साधनलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Read More

सुरुङ्गा, ८ असार । यहाँस्थित नेपाल दलित उत्थान संञ्जाल कनकाईले १८ जना दलित गरिब तथा जेहेन्दार विद्यार्थीलाई बुधवार आज छात्रवृत्ति प्रदान गरेको छ । संजालले आफ्नो अक्षयकोषबाट प्राप्त ब्याजबाट कनकाई नगरपालिकाका माध्यमिक तहमा अध्यानरत १८ जना विद्यार्थीलाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको संञ्जालका उपाध्यक्ष दलबहादुर विश्वकर्माले बताउँनुभयो । विद्यार्थीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त छात्रवृत्ति रकम प्रदान गर्नुभएको थियो । सोहि अवशरमा संञ्जालले कनकाई नगरपालिकाबाट निर्वाचित दलित महिला सदस्य र नगरप्रमुख, उपप्रमुखलाई समेत सम्मानित गरिएको थियो । केहि बर्ष पहिले कनकाई नगरपालिकाले नेपाल दलित उत्थान सञ्जाललाई अक्षयकोषका लागि ५ लाख रुपैँया र तत्कालिन संविधानसभा सदस्य प्रेमबहादुर गिरीले…

Read More

कनकाइ, ८ असार । कृषकहरुलाई कृषि पेशामा आकर्षित गर्नका लागि यहाँस्थित प्रजापति सामुदायिक वन उपभोक्ता वन समुह कनकाई नगरपालिकाले बुधवार कृषकहरुलाई निशुल्क हलो प्रदान गरेको छ । आफ्ना ३० घरपरिवार कृषकहरुका लागि हलो बनाएर निशुल्क प्रदान गरिएको वन समुहका कार्यवाहक अध्यक्ष दलबहादुर विश्वकर्माले बताउनुभयो । कृषि क्षेत्रमा वढदो यान्त्रिकरण भएपनि यस क्षेत्रमा भने परम्परागत रुपमा रागा गोरुबाट समेत जोतेर खेती गर्ने परम्परा यथावत रहेको कनकाई नगरपालिका १ नम्बर वार्डका अध्यक्ष सुशिलकुमार पोखरेलले बताउँनुभयो । पछिल्लो समय इन्धनको वढदो मुल्यका कारण समेत कृषकहरु रागा गोरुबाटै जोतेर खेत ीगर्नेक्रम बढेर गएको वन समुहका अध्यक्ष विश्वकर्माले बताउँनुभयो । कृषकहरुलाई कनकाईनगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले…

Read More

पछिल्लो समय महिलाहरुमा स्तन क्यान्सरको समस्या बढ्दो छ । विशेष गरी ३० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा यस्तो समस्या देखिने गरेको छ । तर, धेरैलाई थाहा नहुनसक्छ, महिलामा मात्र होइन, पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ । नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत ल्याप्रोस्कोपिक सर्जन डा.बानिरा कार्कीले पछिल्लो समय पुरुषहरुमा समेत ब्रेस्ट क्यान्सरको समस्या देखिन थालेको उल्लेख गर्दै सचेत हुन आग्रह गरेकी छिन् । ‘विशेष गरी ६० देखि ६५ वर्ष र त्यसभन्दा माथि उमेरसमूहका पुरुषहरुमा ब्रेस्ट क्यान्सरको समस्या देखिने गरेको छ ।’ उनले भनिन्–‘पछिल्लो समय १०० ब्रेस्ट क्यान्सरबाट पीडित महिला भेटिँदा १ जना सोही समस्याबाट पीडित पुरुष बिरामी समेत भेटिन थालेको छ…

Read More

काठमाडौँ, ८ असार । झापाको बीएण्डसी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले सरकारले भुक्तानी नदिए असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा गरेका छन् वुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यी दुई मेडिकल कलेजले यस्तो बताएका हुन् । २०७८ मंसिरपछि बीमाबापतको रकम नपाएको ती मेडिकल कलेजले जानकारी गराए । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले स्वास्थ्य बीमाबापतको ४५ करोड रूपैयाँभन्दा बढी र नोबेलको ५४ करोडभन्दा बढी रूपैयाँ लिन रहेको जानकारी दिए । सम्झौतामा १५ दिनभित्र भुक्तानी दिने भनिए पनि डेढ वर्षसम्म भुक्तानी नदिएको भन्दै उनीहरुले कार्यक्रम नै बन्द गर्ने घोषणा गरेका हुन् ।

Read More