
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २६ चैत । नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।
इलाम, २६ चैत । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताए । घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो ।
विराटनगर, २६ चैत । मोरङको जहदा गाउँपालिकामा शनिबारदेखि सुरु भएको ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को पहिलो खेल जहदा–४ ले जितेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–४ ले जहदा–७ को टीमलाई पराजित गरेको हो । लक्ष्मिनिया युवा क्लबद्वारा आयोजित चौथो संस्करणको क्रिकेट टुर्नामेन्टको आज (शनिबार) भएको पहिलो खेलमा जहदा–४ ले जहदा–७ लाई ३६ रनले पराजित गरेको हो । जहदा–७ लाई पराजित गर्दै पहिलो खेलको विजेता बनेको जहदा–४ समुह ‘क’ को टीम होे । शनिबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको जहदा–४ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको स्कोर खडा गरेको…
सन्दकपुर, २६ चैत । दोश्रो सन्दकपुर गोल्डकपमा डिफेन्डिङ च्याम्पियन जनता सेभेनले बिजयी सुरुवात गरेको छ । ज्यामिरगढी फुटबल क्लब मेचीनगर झापालाई सडनडेथमा हराउँदै जनता सेभेनले सेमीफाइलनमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयको लागि टाइब्रेकर रोजिएको थियो । विवेक चौधरी र विपिन चौधरी चुक्दा ज्यामिरगढीले सेमीफाइनलमा स्थान बनाउन असफल भएको हो । जनताका सन्जोग खड्का गोल गर्नबाट चुके । ज्यामिरगढीका निरोज कार्की, अस्मिन मगर, सन्तोष परियार, सन्दिप खवास, मानव पौडेल र अविनाश चौधरीको प्रहार गोलमा परिणत भएको थियो । जनताका सचिन यल्मो, सुमन कार्की, रुपेश राई, निशान राई, सुरज थामी, अविशेक खड्का र निङ्मा गुरुङले…
झापा, २६ गते । न्यौपाने बन्धु समाज नेपाल जिल्ला समन्वय समिति झापाले बार्षिक साधारणसभाको अवसर पारेर न्यौपाने बन्धुलाई सम्मान गरेको छ । आज कनकाई–४ स्थित कोटिहोममा रहेको समाजको भवनमा आयोजित सातौं जिल्ला अधिवेशनको अवसरमा जिल्लाका बिभिन्न सरकारी कार्यालयमा कार्यरत न्यौपाने बन्धुलाई सम्मान गरेको हो । झापाका साहयक प्रमुख जिल्ला अधिकारीद्धय चोमेन्द्र न्यौपान र रुद्र न्यौपाने ,कन्काई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपाने, बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद न्यौपाने , दमक नगरपालिकामा कार्यरत उपसचिव दिनेश कुमार न्यौपानेलाई बन्धु समाजले सम्मान गरेको हो । जिल्लाका बिभिन्न सरकारी कार्यालयमा कार्यरत न्यौपाने बन्धुहरुले कार्य सम्पादनमा उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको…
सन्दकपुर, २५ चैत । दोश्रो सन्दकपुर गोल्डकपमा नवप्रतिभा युवा क्लब मोरङले बिजयी सुरुवात गरेको । देउराली स्र्पोटिङ क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका–३ को सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा सन्दकपुर स्र्पोटिङ क्लबलाई १–० गोल अन्तरले हराउँदै मोरङले बिजयी सुरुवात गरेको हो । मोेरङलाई जित दिलाउन रोजन राईले निर्णायक गोल गरे । खेलको २५ औ मिनेटमा उनले गरेको गोलले मोरङ सेमीफाइनल प्रवेश गरेको छ । निर्णायक गोलकर्ता राई म्यान अफ दि म्याच घोषित भए । उनलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले नगद २ हजार र मेडल प्रदान गरे । प्रतियोगिता अन्र्तगत दोश्रो क्वाटरफाइनल खेलमा जनता सेभेन सूर्योदय नगरपालिका इलाम र ज्यामिरगढी…
बिर्तामोड, २५ चैत । प्याब्सन झापाले पैसा लिएर आफूले सूचीकृत गरेको पब्लिकेशनको पुस्तक मात्र पठनपाठन गर्न÷गराउन विद्यालयहरुलाई दबाब दिएको पुस्तक व्यवसायीहरुले आरोप लगाएका छन् । प्याब्सनले प्रति पब्लिकेशन २५ हजार रुपैयाँ लिएर ती पब्लिकेशन सूचीकृत गरेको र सोही पब्लिकेशनबाट प्रकाशित पुस्तक पठनपाठन गर्न दबाब दिएको उनीहरुले आरोप लगाएका हुन् । बिर्तामोडमा आज पुस्तक व्यवसायी महासंघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले पुस्तक प्रकाशकहरुले प्याब्सन र निजी विद्यालयका सञ्चालकलाई प्रलोभनमा पारेर अनुचिन दबाब दिने गरेको दाबी गरे । जसका कारण पुस्तक व्यवसायी प्रत्यक्ष मारमा परेको उनीहरु बताउँछन् । प्याब्सनले तोकेरै वेदान्त र संगम पब्लिकेशनको पुस्तक अनिवार्य रुपमा प्रयोग गर्न विद्यालयहरुलाई दबाब दिन थालेको…
बिर्तामोड २५ चैत । नेपाली कांग्रेस झापा पदाधिकारीको बैठकले गठबन्दन दलको सहमतिमा स्थान विशेषको परिस्थिति अनुसार केन्द्रमा गठबन्दन गरेबाहेकका दललाई पनि समावेश गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्व र प्रदेश नं–१ का सभापति उद्वव थापा एवं पूर्व केन्द्रीय सदसय सुधिरकुमार शिवाकोटीको विशेष उपस्थितिमा भएको बैठकले गठबन्दनको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो ।क्षेत्रीय सभापतिहरु समेतको सहभागिताका सम्पन्न बैठकमा गत २०७४ सालको स्थानीय निर्वाचनमा प्राप्त मतभारका आधारमा चुनावी तालमेल गर्न ब्यावहारिक हुने विषयमा छलफल भएको छ । बैठकले केन्द्रबाट अर्को परिपत्र नआएसम्म सबै तहको उम्मेद्वार सिफारिस प्रक्रियालाई यथास्थितिमा रख्न निर्देशन गरेको छ । आकांक्षी उम्मेद्वारहरु…
भद्रपुर, २५ चैत । नेकपा एकीकिृत समाजवादी पार्टीनिकट कर्मचारीहरुको साझा संगठन एकीकिृत सरकारी कर्मचारी संगठन झापाले भद्रपुरमा कार्यालय स्थापना गरेको छ । संगठनको गतिविधि सशक्त र व्यवस्थित ढंगले अघि बढाउने उद्दे्श्यले जिल्ला कार्यालय भद्रपुर १० मा स्थापना गरिएको झापा जिल्ला अध्यक्ष निरोज कट्टेलले जानकारी दिनुभयो । शुक्रबार अपरान्ह एक समारोहका बीच संगठनकी केन्द्रीय सचिवालय सदस्य एवम् प्रदेशनं १ इञ्चार्ज भुवन राई तथा पार्टीका झापा जिल्ला कमिटी उपसचिव पदम सुब्बाले संयुक्तरुपमा गर्नुभयो । पार्टीका महासमिति सदस्य तथा पेशागत महासंघमा आबद्ध मदन खतिवडाको घरमा कार्यालय स्थापना गरिएको हो । केही समयअघि श्रम विभागमा संगठन औपचारिक रुपमा दर्ता भएपछि संगठनलाई थप गतिशील बनाउन…
गंगा बरालभद्रपुर, २५ चैत । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकालाई काठमाडौं महानगरपालिकाले एसीसहितको शव वाहन सहयोग गरेको छ । आज काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकालाई शववाहन हस्तान्तरण गरिएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भद्रपुर नगरपाmिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई शववाहनको चाबी हस्तान्तरण गर्नुका साथै सम्चmैतापत्र आदान–प्रदान गर्नुभएको थियो । मानवीय सेवाका लागि सेवाप्रदायक संस्था तथा पालिकाहरुलाई सहयोग गर्ने महानगरपालिकाको वार्षिक कार्ययोजना अनुसार झापा जिल्लाकै पहिलो र पुरानो नगरपालिकालाई शववाहन सहयोग गरिएको बताउँदै महानगरपालिकाका प्रमुख शाक्यले यो सहयोग मानवीय सेवामा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो भने भद्रपुर नगरप्रमुख श्रेष्ठले अति आवश्यक सवारीसाधन सहयोग गरेकोमा महानगरपालिका…