
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ चैत । कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ हजार पुगेको जानकारी दिएका छन् । सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्यांक हेर्दा दैनिक लगभग २ हजार विदेशी पर्यटन नेपाल आउने गरेको जानकारी दिदै महानिर्देशक भट्टराईले नेपाल समाचारसँग भन्नुभयोुअप्रिल १ तारिखमा एकैदिन २ हजार ५ सय १३ विदेशी नेपाल आएका छन्, यसबाट पर्यटक आगमन संख्या बढ्दै गएको पुष्टि हुन्छ।ु तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा ७८ हजार १ सय ८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन…
झापा, २९ चैत । शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ। उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन । अमेरिकाको अध्यागमनले गैरकानुनी रुपमा छिरेका नेपालीहरु राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुव कुमार र शंकर विष्ट मगरलाई निष्काशन गरेको हो। अमेरिकाको अध्यागमनले लुकीछिपी बस्दै आएका छिरिङ, शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउतले र बिराज केसीलाई समेत निष्काशन गरेको छ। आमागी दिनमा अमेरिका प्रवेश गर्न नपाउने गरी उनीहरुलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो। निष्कासित सबैलाई अमेरिकाले विमान चार्टर गरी केही दिनअघि काठमाडौं ल्याएको हो। गल्फ स्ट्रीम जहाजको…
बिर्तामोड, २८ चैत । झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय सम्यम बजगाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ न. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ न.को मोटरसाइकललाई आइतबार राति ८ः१५ बजे ठक्क दिएको थियो । दुर्घटनामा मोटरसाइकल बजगाईं गम्भीर घाइते भएका थिए । घाइते उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको प्रवक्ता पाठकले बताउनुभयो । मोटरसाइकल र ट्रक इलाका…
झापा, २८ चैत । झापाको गौरादह नगरपालिका–५ स्थितमा चट्याङले लागि एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा रहेकी छन् । आइतबार दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागि घाइते भएकी थापालाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
बिर्तामोड, २८ चैत । व्यवसायी श्याम प्रसाईं (एसपी) ले झापाको बिर्तामोड–९ स्थित नडियाबारीमा रहेको देवी पाञ्चायन काली मन्दिरलाई एक थान साउण्ड सिस्टम प्रदान गरेका छन् । प्रसाईंले आफ्नो स्व.बुबा बिष्णुप्रसाद प्रसाईंको स्मृतिमा आइतबार मन्दिरलाई २५ हजार ९९९ रुपैयाँँको साउण्ड सिस्टम प्रदान गरेका हुन् । उनले काली माता मठ मन्दिर व्यवस्थापन समितिका संरक्षक तथा सल्लाहकार काजीमान बुढाथोकीलाई उक्त साउण्ड सिस्टम प्रदान गरेका थिए । त्यस्तै, बाह्रदशी गाउँपालिका गोलधाप निवासी मदन थपलियाले मन्दिरलाई प्रदान गरेको घण्टी पुजन तथा त्रिशुल अनावरण समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रसाईंले घण्टी तथा त्रिशुल अनावरण गरेका थिए । मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रबिन बुढाथोकीको अध्यक्षतामा…
भद्रपुर, २८ चैत । नयाँ वर्ष २०७९ आगमनको पूर्व अवसर पारेर भद्रपुर स्थित बाल विकास शिक्षक संघर्ष समितिले आफ्नो अधिकार प्राप्तिको आन्दोलनमा सहयोग पुर्याउने विभिन्न निकायलाई सम्मान गरेको छ । बाल विकास शिक्षकका अधिकार स्थापित गराउने क्रममा भएका विभिन्न आन्दोलनमा सहयोग गर्ने शिक्षक महासंघ लगायत विभिन्न संघ, संगठन र सञ्चारकर्मीलाई सम्मान गरेको हो । बाल शिक्षकका लागि यस आर्थिक वर्षमा सरकारले वजेट मार्फत न्युनतम पारिश्रमिक पन्ध्र हजार तोकेको भए पनि सो अवस्था कार्यान्वयन गर्न भद्रपुर नगर प्रमुअले अस्विकार गरेपछि एक हप्ते अनसन, धर्ना लगायतको संघर्षका कार्यक्रम गर्दा स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यम मार्फत आन्दोलन सफल पार्न बल पुर्याएकोले सपलता मिलेको…
झापा, २८ चैत । वैशाख ३० मा हुने निर्वाचन जितेर स्थानीय तह हाँक्ने आकांक्षा धेरैजनाले राखेका छन् । राजनीतिमा लामो समयदेखि सक्रिय त आंकाक्षी हुने नै भए, सँगसँगै व्यवसायी, प्राध्यापकसम्म स्थानीय तहमा मुख्य पदमा उम्मेदवार बन्न इच्छुक छन्। आकांक्षीहरू आफ्नो पक्षमा पार्टीबाट निर्णय गराउन भेटघाट र दौडधुपमा व्यस्त छन् । राजनीतिक वृत्तसँगै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पनि उम्मेदवारका आकांक्षीबारे चर्चा हुन थालेको छ। विभिन्न दलबाट पालिकामा उम्मेदवार बन्न चाहनेको लामो सूची छ । तर यो सूचीमा धेरैजसो पुरुष छन्। महिला आकांक्षीमध्ये एकाधबाहेक अरूको चर्चा पनि कम छ । महिला आकांक्षी भए पनि पुरुषजस्तो खुलेका छैनन् । पोखरा महानगरपालिकाको मेयरमा एमालेभित्र…
झापा, २८ चैत । नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ सञ्चालन गरी सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार अभियान २०७८ चैत २२ गते सुरु भएको हो । अभियान २०७९ जेठमा सम्पन्न हुनेछ । उनका अनुसार सफाइ अभियानअन्तर्गत चारवटा हिमाल सफाइमा सेनाका चार सेनानीको नेतृत्वमा टोली परिचालन भएका छन् । आठ हजारभन्दा अग्ला चार हिमालको सफाइ चुनौतीपूर्ण र साहसिक रहेकाले सेनाले विशेष तालिमप्राप्त तथा सगरमाथाको सफल आरोहण सम्पन्न गरेका अनुभवी अधिकृतलाई सफाइ अभियानको जिम्मेवारी दिएको छ । सगरमाथा, ल्होत्से सफाइमा १२ जना र कञ्चनजङ्घा र मनास्लुमा नौ–नौ…
झापा २८ चैत । सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो । पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ्ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २० वर्ष पुराना सवारी साधनलाई फेरि सडकमा गुडाउन दिने गरी गृहकार्य थालेको हो । भौतिक मन्त्रालयले वातावरणविद्, यस क्षेत्रका सरोकारवाला निकायलगायत आवश्यक छलफल नै नगरी व्यवसायीको प्रभावमा परेर यसअघिको नियमलाई फेरि परिवर्तन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा नै…
झापा, २८ चैत । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ। आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा सामाजिक सञ्जाल अनुगमन कार्यदलु गठन गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आचारसंहिता लागू भएको मितिदेखि निर्वाचनको अन्तिम मत परिणाम आउँदासम्म कार्यदल सक्रिय रहनेछ । उनले कार्यदललाई सामाजिक सञ्जालमा मतदाता शिक्षा सञ्चालन गर्ने, अनुगमन गर्ने, कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिइएको बताए । सात सदस्यीय कार्यदलको अगुवाइ आयोगको सूचना प्रविधि शाखाका प्रमुखले गर्नेछन् । चार जना विज्ञ, नेपाल प्रहरीको साइबर ब्युरोको एक जना प्रतिनिधि र आयोगको सूचना प्रविधि…