
बिर्तामोड, ३२ असार । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ ९काउन० झापाको आठौँ जिल्ला अधिवेशन बुधबार बिर्तामोडमा सम्पन्न भएको छ।
अधिवेशनले सिरतलाल राजवंशीलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।
निर्वाचन समिति संयोजक जयकुमार दाहालका अनुसार ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा राम राई, महिला उपाध्यक्षमा प्रमिला अधिकारी, सचिवमा सञ्जय शेख, सहसचिवमा सचिन धिमाल तथा कोषाध्यक्षमा मानिक राजवंशी सर्वसम्मत चयन हुनुभएको छ।
त्यस्तै, सदस्यहरूमा रामलाल राजवंशी, मोती चौधरी, विजय राजवंशी, राम राजवंशी र कार्तिकलाल राजवंशी चयन हुनुभएको छ।
सिरतलाल राजवंशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष यज्ञप्रताप अधिकारीले संगठनलाई गाउँ–गाउँ र नगर–नगरसम्म विस्तार गर्दै श्रमिकहरूको हकहितका लागि सशक्त रूपमा अघि बढ्न आग्रह गर्नुभयो।
नेपाल ट्रेड युनियन कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेलले सबै श्रमिकलाई एकताबद्ध गरी संगठनलाई अझ सबल बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा काउनका केन्द्रीय सदस्य बुद्धिप्रसाद पाण्डे, प्रभुलाल राजवंशीलगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव सञ्जय शेखले गर्नुभएको थियो।


