
कञ्चनपुर, ३२ असार । कञ्चनपुरमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार ४२ वर्षीया पारु सुनारको आफ्नै श्रीमान् ४५ वर्षीय रणबहादुर सुनारको कुटपिटबाट बिहीबार मृत्यु भएको हो।
प्रहरीका अनुसार कुटपिटबाट घाइते भएकी पारु र रणबहादुर दुवैलाई बुधबार उपचारका लागि दोधाराचाँदनीस्थित नगर अस्पताल लगिएको थियो। उपचारकै क्रममा पारुको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रणबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box


