
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ चैत । राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ। बोर्डले गएको वर्षको परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाउँदा कुनै समस्या नभएको र सहज रूपमा परीक्षा सम्पन्न गर्न सफल भएको मूल्याङ्कन गर्दै यो वर्षको परीक्षामा पनि अनलाइनबाट प्रश्नपत्र पठाउने निर्णय गरेको हो। बोर्डले आफ्ना सबै प्रदेश परीक्षा कार्यालयलाई पत्राचार गरी इन्टरनेट, विद्युत्, इन्भर्टर वा जेनेरेटर सुविधा, प्रिन्टर भएका विद्यालयलाई मात्र परीक्षा केन्द्र कायम गर्न निर्देशन दिएको छ। राप बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सोमबार कुरा गर्दै खर्च कटौती गर्दै परीक्षालाई व्यवस्थित गर्न अनलाइनमार्फत प्रश्नपत्र पठाउने व्यवस्था गरिएको जानकारी दिए। आजको नेपाल…
झापा, २२ चैत । विवादका बीच प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत चालू आर्थिक वर्षको हालसम्म ७ अर्ब १३ करोड रुपैयाँ बराबरका रोजगारमूलक परियोजना सञ्चालन भएका छन् । सरकारले चालू आर्थिक वर्षका लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न १२ अर्ब रुपैयाँ विनियोजन गरेकोमा ७ अर्बमा १७ हजार १६३ परियोजना सञ्चालन गरेर ३१ लाख ६२ हजार कार्य दिनको रोजगारी सिर्जना गरिएको कार्यक्रमले जानकारी दिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालले हाल देशभरका ६८३ स्थानीय तहले रोजगारमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले हालसम्म औषत १०० दिनको रोजगारी पाउने बेरोजगारको सङ्ख्या ५१ हजार रहेको जानकारी दिए । यस बाहेक हाल सञ्चालन भइरहेको रोजगारमूलक…
झापा, २२ चैत । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरु गरेको छ । निर्वाचनका लागि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएकोमा आयोगले कुल १ करोड ९४ लाख मतपत्र छपाइ गर्ने भएको हो । आयोगले स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइसकेको छ । आयोगका अनुसार १ करोड ९४ लाख मतपत्र छाप्न करिब २५ देखि २८ दिन समय लाग्नेछ । काठमाडौंको मतपत्र १७ चैतपछि छपाइ हुनेछ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा १ करोड ९४ लाख मतपत्र आवश्यक पर्नेमा धमाधम…
झापा, २१ चैत । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गर्ने भएको हो । सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ ।’ भन्ने उल्लेख छ । सो कानुनअनुसार मतपत्रमा नेकपा…
भद्रपुर, २१ चैत । माओवादी केन्द्र भद्रपुर नगर कमिटीले संगठन निर्माणलाई तीव्रता दिएको छ । स्थानीय तह निर्वाचन नजिकिएसँगै नगर कमिटीले विभिन्न भातृ संघ–संगठन गठन, पुनःगठनलाई तीव्रता दिएको हो । यसैबीच, नेकपा (माओवादी केन्द्र) २ नं. वडा समितिको आयोजनामा दुर्गा मगर (सञ्जिप) को अध्यक्ष ५१ सदस्यीय वाइसीएल वडा नं. २ कमिटी गठन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षहरु सक्षम तामाङ, डेञ्जे राई, डिके खुलाल, सचिव विक्लप खनाल, सह–सचिव कुसल बिक, प्रसन बिक, बिमल गुइदे र कोषाध्यक्ष रबि धमला रहनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ३ इञ्चार्ज डिल्ली घिमिरेले युवाकै बलिदान र संघर्षबाट आजको परिवर्तनका आएको बताउनुभयो ।…
झापा, २१ चैत । चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात भएको हो। भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा सुन आयातमा ९९ प्रतिशतले वृद्धि भएको छ। सुनको मूल्य बढेकाले ठूलो रकमको सुन आयात भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले मूल्य बढेका कारण आठ महिनामै ३२ अर्बको सुन आयात भएको बताए । परिमाण भन्दा पनि रकमका आधारमा सुनको आयात धेरै देखिएको उनको…
झापा, २१ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राले निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। मन्त्रालयले स्थानीय तहले बाँड्ने प्याड गुणस्तरहीन भएको आरोप लगाउँदै केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। २०७६ सालमा स्थानीयको सीप प्रवर्द्धन गरी त्यहीँका जनशक्तिले उत्पादन गरेका सेनेटरी प्याड विद्यालयका छात्रालाई निःशुल्क उपलब्ध गराउने निर्णय भएको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सो शीर्षकको बजेट सोझै स्थानीय तहमा पठाउने व्यवस्था गरेको थियो। आर्थिक वर्ष २०७९र२०८० को बजेट तयार गर्ने लाग्दा सो शीर्षकको बजेट केन्द्रमै राख्ने तयारी भएको छ। मन्त्रालयका उच्च स्रोतका अनुसार मन्त्रालयको कार्यक्रम तथा योजना महाशाखाले दुई शीर्षकको…
झापा, २१ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलामे छड तथा डण्डी उत्पादन उद्योगले बुझाएका विवरणको अध्ययन भइरहेको जनाएको छ। विभागले १० दिनअघि विवरण बुझाउन दिएको निर्देशनअनुसार उद्योगीले बुझाएको विवरणको अध्ययन गर्न थालेको हो। विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले नेपाल स्टिल रोलिङ मिल एसोसिएसनमार्फत संयुक्त रूपमा सबै उद्योगीको विवरण आएको र त्यसको अध्ययन गर्ने काम भइरहेको जानकारी दिए। उनले उद्योगीबाट आएको विवरणलाई विभागले प्राथमिकता दिएर अध्ययन गर्ने काम गरेको बताए । डन्डीको मूल्यका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि चासो देखाएकाले विभागमा उपलब्ध विवरण वाणिज्य सचिवलाई समेत बुझाइएको महानिर्देशक श्रेष्ठको भनाइ छ। उनले उत्पादन मूल्य र बजार मूल्य…
विर्तामोड,२० चैत्र। युवा लक्षित ऊर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप तालिम झापाको बिर्तामोडमा आज आइतबार देखि सुरु भएको छ । युवाहरूमा बढ्दो चासो उद्यमशीलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ त्यो विषयमा बृहत् ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको कम्पनीका प्रबन्ध निर्देशक प्रणीत पुडासैनीले जानकारी दिनुभयो । तालिममा व्यवस्थापन सङ्कायमा अध्ययन गर्ने, भविष्यमा उद्यमी बन्न चाहने करिब २ सय युवाको उपस्थिति रहेको आयोजकले जनाएको छ । तालिमको पहिलो दिन मोटिभेसनल स्पिकर रोहित मल्लले सहजीकरण गरे । सोमबार र मङ्गलवारको प्रस्तुति व्यवसायी तथा नायक सन्जोक कोइराला, सोसियल इन्टरपेनर प्रकृति मैनालीको रहने आयोजक ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेन्टका कार्यकारी…
सुपक अधिकारीले पहिलो पटक नयाँ गीत बजारमा ल्याएका छन् । अस्ट्रेलियामा बसोबास गर्दै आएका पोखराका अधिकारीले पहिलो पटक माया प्रेमसँग सम्बन्धि ‘गड्यो प्यार दिलमा ’ बोलको गजल गीत सार्वजनिक गरेका हुन् । प्रेमीको मायामा एकोहोरो भएको विषयलाई गजलमा प्रस्तुत गरिएको छ । अधिकारी शब्द रहेको यो गजललाई थानेश्वर गौतमले संगीत र स्वर दिएका छन् । भिडियोमा प्रियाना आचार्य र प्रिन्सेस विश्वकर्माको मुख्य अभिनय छ । गीतलाई नरेन्द्र बियोगी एरेन्ज गरेका हुन् । एक दशक देखि पढाई र कामको क्रममा विदेशमा रहेका अधिकारी सानैदेखि लेखन कार्यमा सक्रिय भएपनि पहिलो पटक स्रोता माझ प्रस्तुती ल्याएका हुन् । उनले भने– धेरै गीतरगजलहरु डाईरीमा…