
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दमक, २० चैत । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश न .१ जिल्ला कार्यसमिति झापा अन्तरर्गतको प्रारम्भिक समिति दमकले वार्षिक साधारणसभा तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार दमक प्रा.स.ले बार्षिक साधारणसभा तथा प्रा.स.स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरेको हो । हाजिरी जवाफ प्रतियोगितामा जिल्लाका ११ प्रा. स.ले सहभागिता जनाएका थिए । प्रमुख अथिती टक ओझा श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय उपाध्यक्ष टंक ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सत्सङ सेवा परिषद झापा अध्यक्ष्ँ मिलन बस्नेत, युवा परिषद प्रदेश १ संयोजक अनिल ढुङ्गाना, युवा परिषद झापा अध्यक्ष्ँ टहलदास ओली, बाइजुराज महिला समिति अध्यक्ष मिरा अधिकारी ओली, धर्म…
झापा, २० चैत । झापाको दमक नगरपालिका–२ सिपेनि सिमसार स्थित जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका पुष्प कुमार राईको १४ वर्षीय छोरा मोहन राई रहेका छन् । हिजो दिउँसो साढे २ बजे साथीकोमा जान्छु भनि घरबाट निस्केका राईको पौडी खोल्ने क्रममा पानीमा डुबि मृत्यु भएको भनि इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि मृत अवस्थामा पानीबाट बाहिर निकाली घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ । त्यस्तै, ओखलढुङगा खिजिदेम्बा गाँउपालिका–७ की ५८ वर्षीया गोमा माया परियार चैत ६ गते घरबाट कोही कसैलाई नसोधि हिडी हराई बेपत्ता भऐकिमा खोज तलासको…
भद्रपुर, २० चैत । नेकपा माओवादी केन्द्र निकट कोचिला राष्ट्रिय मुक्तिमोर्चा भद्रपुर नगर कमिटी गठन भएको छ । माओवादी केन्द्र भद्रपुर नगर समितिको आयोजनामा भएको कोच समुदायको भेलाबाट सुधीर राजवंशीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन भएको हो । झापा क्षेत्र नं. ३ इञ्चार्ज डिल्ली घिमिरे (हिक्मत) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झाँकी, नृत्य प्रदर्शन गरिएको थियो । कोच जातिको संस्कार, संस्कृति, पहिचान, विकासको कुरा माओवादी केन्द्रले नै उठान गरेको र पछाडि परेको हाम्रो वर्गलाई राष्ट्रको मुलधारमा ल्याउन प्रचण्डकै नेतृत्वले गरेको कारण आगामी चुनावमा कोचलाई माया गर्ने पार्टीलाई सबै कोच जाति एक हुने नयाँ समितिले प्रतिबद्धता जनाएको छ । कार्यक्रममा मेदनि…
बिर्तामोड, १९ चैत । विर्तामोड वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले हात पारेको छ । शुक्रबार बिर्तामोडको एब्सुलेट फुटसलमा सम्पन्न फाइनल खेलमा वडा नम्बर ५ लाई ४–२ गोल अन्तरले हराउँदै वडा नम्बर ३ च्याम्पियन बनेको हो । जितसँगै वडा नम्बर ३ ले नगद १५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता वडा नम्बर ५ ले नगद १० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नम्बर ३ का प्रविन गुरुङ, उत्कृष्ट गोलरक्षक विजेता टिमका अनिस सुवेदी, उदीयमान खेलाडी एरोन मगर भएको सचिव वेदप्रकाश अग्रवाल विशालले जानकारी दिए । त्यस्तै, उच्च गोलकर्ता राम लिम्बू…
बिर्तामोड, १९ चैत । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान गाडी (बोलेरो) को ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बोलेरोको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा–६ कय ५३ वर्षीय कृष्ण निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, बोलेरोको ठक्करबाट बिर्तामोड–५ का ४५ वर्षीय अर्जुन उप्रेती गम्भीर घाइते भएका छन् । उनीहरुmलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०१–००१–च ९१०७ नम्बरको बोलेरोले आज बिहान ५ः३० बजे ठक्कर दिएको थियो । घाइते उप्रेतीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि बोलेरो चालक फरार भएको र दुर्घटनामा संलग्न बोलेरो नियन्त्रणमा लिएर इलाका…
झापा, १९ चैत । स्थानीय तहको निर्वाचन आउन ४१ दिन मात्रै बाँकी रहँदा सरकारले आफ्ना नेता कार्यकर्तालाई विभिन्न निकायमा नियुक्ति गर्ने क्रमलाई तीव्रता दिएको छ । सरकारले निर्वाचन नजिकिँदै गर्दा ठूलो संख्यामा प्रहरी तथा कर्मचारीको सरुवा गर्दै आफू अनुकूलको प्रहरी प्रशासन बनाउने प्रयास गरेको छ । सरकारले प्रहरी प्रशासनमा समेत हस्तक्षेप गरी निर्वाचनलाई आपूm अनुकूल बनाउन खोजेको हो । पछिल्ला दिनमा सरकारी निकाय कार्यकर्ता भर्ने भर्तीकेन्द्रको रूपमा रूपान्तरण हुन थालेको सरकारी अधिकारीले बताएका छन् । सरकारले बिहीबार मात्रै ४३ जिल्लामा भूमि आयोगमा अध्यक्षको नियुक्ति गरेको छ । यसरी भूमि आयोग जस्तो निकायमा नियुक्ति लिनेहरूमा सत्तारूढ दल कांग्रेस, माओवादी र एकीकृत…
झापा, १९ चैत । बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो। एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हिरासतमा रहेका उनी अदालतको आदेशमा गत चैत २ गते धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपछि उनले केही दिनअघि संसद् सचिवालयमा निवेदन दिदै रोकिएको सेवासुविधा फुकुवाको माग गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँको निवेदनमाथि कानुनी सल्लाह गरेर निर्णय लिने तयारी गरेका…
बिर्तामोड, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आउँदो स्थानीय तहको निर्वाचनमा एमालेलाई निमिट्यान्न पार्ने चुनावी रणनीति अपनाएको छ । एमालेभित्र खासगरी ओली समूहलाई सिध्याउने गरी उसले चुनावी रणनीति अख्तियार गरेको हो । यो निर्वाचनमा एमालेमा टिकट नपाएर असन्तुष्ट हुनेहरुलाई उसले टिकट दिने रणनीति बनाएको हो । एमालेको ओली गुटलाई निमिट्यान्न पार्ने आफूहरुको रणनीति रहेको पार्टीका जिल्ला अध्यक्ष वेदराज रेग्मीले बताए । ‘एमालेबाट टिकट नपाएर रुष्ट बन्नेहरुलाई लक्षित गरी हामी टिकट दिन्छौं ’उनले भने ,‘जसरी हुन्छ हामी ओली समूहलाई सक्ने प्रयास गर्छौ ।’ अघिल्लो स्थानीय तहको निर्वाचनमा ४–५ सयको सिट संख्यामा रहेको एमाले यस पटक केही दर्जनमा झर्ने…
रोहित काफ्लेभद्रपुर, १८ चैत । जिल्लामा जलवायु परिवर्तन भएको पाइएको र यसका असरहरु पनि देखिन थालेको झापामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले राष्ट्रिय योजना आयोग, १ नं प्रदेश योजना आयोग र जिल्ला समन्वय समिति झापाको सहकार्यमा आयोजना गरेको पुनरुत्थानशीलता तथा जीवकोपार्जन विश्लेषण सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमका सहभागीहरुले बेमौसमी वर्षा, बेमौसमी हावापानी, बाढी, अत्यधिक असिना–पानी, खडेरीजस्ता प्राकृतिक क्रियाकलाप बढ्दै गएको र यसले मुख्य रुपमा कृषि बाली प्रभावित हुँदै गएको बताएका छन् । जिल्लाका सबै गाउँपालिकाका प्रतिनिधि, कृषि सहकारी क्षेत्रका प्रतिनिधि, उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले जलवायु परिवर्तनका कारण उत्पन्न विपद्हरुबाट मुख्य रुपमा खाद्य बालीहरुमा क्षति पुग्दै आएको…
झापा, १८ चैत । प्रदेश एक स्तरीय लायन्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुक्रबारबाट झापाको विर्तामोडमा सुरु भएको छ । प्रतियोगिता महानन्द चोक स्थित बिर्ता व्याडमिण्टन क्लबको कर्वडहलमा भइरहेको हो । १८ देखि २० गते तीन दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रदेश एकको एक सय २८ जना खेलाडि सहभागि छन् । प्रतियोगितामा मेन्स डबल ए, मेन्स डबल बी र भेट्रान्स ४५ प्लस गरि तीन क्याटागोरीमा खेल हुनेछ । लायन्स क्लब अफ अनारमनी र लियो क्लब अफ अनारमनीले संयुक्त रुपमा आयोजना भइरहेको प्रतियोगितामामेन्स डबल ए क्याटागोरीको प्रथम दितृय र तृतियले क्रमशः ३० हजार, २५ हजार र १२ हजार पाउने आयोजक लायन्स क्लब…