झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २७ फागुन । दमकमा आगामी चैतदेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको छ । फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट एकैसाथ ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिए । उनका अनुसार फोहोरबाट अब घरका भान्सामा प्रगोग हुने ग्याँसदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गारिक मलसमेत उत्पादन हुने भएको छ । कुहिने फोहर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत ग्याँस, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने भएको दमक नगरपालिका सरसफाइ शाखाका प्रमुख दोर्ण थापाले बताउनुभयो ।…

Read More

बिर्तामोड, २७ फागुन । श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल प्रदेश नं.१ जिल्ला कार्य समिति झापाले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । समितिले आज शुक्रबारबाट दुईदिने २७ र २८ गते प्रशिक्षण कार्यक्रम सुरु गरेको बाइजुराज महिला समिति झापाकी अध्यक्ष मिरा अधिकारी ओलीले जानकारी दिइन । उनका अनुसार झापाका ३४ वटा प्रारम्भिक समितिबाट सहभागि हुने बाइजुराज महिलाहरुलाई क्षमता अभिबृद्धि गर्ने उदेश्यले माइन्युट लेखन, उद्घोषण, लेखा, प्रतिवेदन लेखन , धार्मिक आचरण लगायतको तालिम प्रदान गरिने छ । झापाको धुलाबारीमा रहेको श्री कृष्ण प्रणामी मन्दिरको प्राङ्गणमा आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्धघाटन नेपाल बाइजुराज केन्द्रिय समितिकी अध्यक्ष शारदा शर्माले गरेकी थिइन् ।…

Read More

मोरङ, २७ फागुन । मोरङको केरावारी गाँउपालिका–७ मुगुटोलबाट ठुलो परिणामको लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो पौने ४ बजेको समयमा केरावारीको भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी बाधेर राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसंगै उक्त मोटरसाईकल चालक सहिदभुमी गाँउपालिका(१ का ३१ बर्षीय दिपेश राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी बेलवारीले जनाएको छ ।

Read More

झापा, २७ फागुन । झापाको मेचीनगर नगरपालिका (१२ कालिझोडाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको गोबिन्दपुर घर भई मेचीनगर नगरपालिका–१२ मा बस्दै आएका १८ बर्षीय अबि नारायण लिम्बु रहेका छन् । लिम्बुलाई ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले हिजो साँझ घर देखि नै पक्राउ गरेको हो । लिम्बुको साथबाट प्रहरीले २१.३८ ग्राम लागुऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

Read More

ताप्लेजुङ, २७ फागुन । ताप्लेजुङको फुङलिङ नगरपालिका(४ कोप्चेमा आज बिहान भएको आगलागीमा परी स्थानीय ६७ बर्षीया बृद्धा चुलिमाया लिम्बुको मृत्यु भएको छ । बिहान साँढे ८ बजेको समयमा स्थानीय संगिता मादेनको घरबाट अचानक आगलागी शुरु भई छिमेकी रविन आङबोहाङको घरमा समेत आगलागी हुँदा सोही घरमा डेरा बस्ने चुलिमायाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उक्त आगलागीबाट संगिता मादेनको २ तले कच्ची घर जलेर नष्ट भएको र आङबोहाङको घर आंशिक रुपमा जलेर क्षति भएको छ । सो आगलागी स्थानीयवासी र सुरक्षाकर्मी तथा दमकलको सहयोगमा बिहान साँढे ९ बजे नियन्त्रणमा आएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय…

Read More

झापा, २७ फागुन । झापाको मेचीनगर नगरपालिका(५ पिपलडाँडा चौकको बाझो खेतमा फाल्गुन २५ गते मृत फेला परेकी स्थानीय ६८ बर्षीया अम्बिका कुँवरको हत्याको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते बेलुकी ४ बजे घाँस काट्न गएकी कुवँर साँझ सम्म घर फर्की नआए पछि निजको श्रीमान जगत कुवरले खोजतलास गर्दै जाँदा घर देखि २०० मिटर टाढा रहेको बाँझो खेतमा राती पौने ८ बजे मृत अवस्थामा फेला पारेका थिए । घटना बारे प्रहरीलाई खवर प्राप्त हुनासाथ तत्काल घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र संघिय प्रहरी ईकाई कार्यालय धरान डग शाखाको तालिम प्राप्त कुकुर…

Read More

सन्तोष शर्माझापा, २७ फागुन । झापामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर बढेसँगै रोगीको संख्या पनि घट्दै गएको छ । सन् २०१२ देखि हात्तीपाइले रोगविरुद्धको अभियान शुरु भएयता औषधि सेवन दर बढ्नुका साथै रोगीको संख्यामा पनि कमी आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिनुभयो । अभियान शुरु भएको वर्ष सन् २०१२ मा जिल्लामा ५५.५९ प्रतिशतले औषधि सेवन गरेका थिए भने २०२१ म ८५ प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाको तथ्यांक छ । सन् २०१३ मा ६२.५, २०१४ मा ५७.८५, २०१५ मा ६०.८२, २०१६ मा ६२.५८, २०१७ मा ६८.०९, २०१८ मा ६५.३१, २०१९ मा ७१.४२, २०२० मा ६८.५१…

Read More

झापा, २७ फागुन । चउरमा हाडखोर छरपस्ट छन्। गिद्धको बथानले मासु लुछिरहेको देखिन्छ। ठाउँ–ठाउँमा मृत चौपाया फालिएका छन्। ती कुहिन थालेपछि दुर्गन्ध फैलिएको छ। यो बेहाल दृश्य शुक्लागण्डकी–९ स्याउलीबजार टोलस्थित मरेताराको हो। स्थानीय सरकारले यही नजिकै गौ संरक्षण केन्द्र सञ्चालन गरेको छ। तर, खाना र उपचार अभावमा यहाँका चौपाया दैनिक मर्ने गरेका छन्। तिनीहरूको व्यवस्थापन नहुँदा ३०–४० वटा मृत गाई चउरभरि छरिएका छन्। दूध दिइन्जेल पाल्ने, थाकेका र रोगी भएपछि यहाँ ल्याएर छोडिदिँदा खानपान नमिलेर धेरै मर्ने गरेको हेरालु धनबहादुर पराजुली बताउँछन्। ‘ठूला गाई मरेपछि दुई जनाले घिसार्न सकिँदैन। नगरपालिकालाई फोन गर्‍यो। जेसीबी पठाइदिइहाल्छम भन्नुहुन्छ, समयमा आउँदैन’, हेरालु पराजुली भन्छन्,…

Read More

झापा, २७ फागुन । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। उक्त विमानस्थलमा अबको ४२ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। समस्याग्रस्त अवस्थामा रहेको गौतम बुद्ध विमानस्थलको स्तरोन्नतिपछिको उपलब्धिले बिहीबारदेखि प्राधिकरणको इतिहासमा नयाँ उचाइ थपिएको छ। यो विमानस्थल सञ्चालनको तयारी राष्ट्रिय गौरवका अन्य आयोजनाको प्रगतिमा समेत उदाहरणीय बन्ने देखिन्छ। प्राधिकरणले बिहीबार आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन ९एआइपी० सार्वजनिक गरेसँगै उक्त विमानस्थलमा अवतरण हुने जहाजले सहजै अनुमति पाउने भएका छन्। सो…

Read More

झापा, २७ फागुन । होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालनका लागि स्थानीय प्रशासनलाई व्यवसायीहरूसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी उक्त व्यवसाय सञ्चालनका लागि जारी ‘मापदण्ड तथा आचारसंहिता’ अपनाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो । गृह प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित समितिले रात्रिकालीन मनोरञ्जनप्रधान पर्यटनमूलक व्यवसायलाई समय सान्दर्भिक रूपमा व्यवस्थित र मर्यादित बनाउन अध्ययन प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदनले डिस्को–क्लब, पप तथा लाइभ बार, डान्स, दोहोरी र गजललगायतलाई पर्यटनमूलक व्यवसायमा राखेको छ । सामान्य अवस्थामा चौबीसै घण्टा सञ्चालनको…

Read More