
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ फागुन । केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७१र०८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ। आर्थिक वर्ष २०७०र०७१ मा पाँच खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट पाँच गुणाले बढेर आर्थिक वर्ष २०७२÷०८० मा आइपुग्दा १८ खर्बको आसपास पुग्ने देखिएको छ। राष्ट्रिय योजना आयोगले १७ खर्ब ४४ अर्बको बजेट सिलिङ दिएसँगै बजेट निर्माण प्रक्रिया तीव्र अगाडि बढेको हो । सरकारको घट् दो बजेट खर्च क्षमताका बीच विगत एक दशकको बजेटको आकार हेर्ने हो भने हरेक वर्ष बजेटको आकार बढ्दै गएको छ। खर्च गर्न नसक्ने भए पनि सरकारले बजेटको आकार बढाउने तथा पुराना कार्यक्रम कार्यान्वयन नभए पनि नयाँ…
झापा, २१ फागुन । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोल रक्षक अभिषेक बरालले रोक्न सकेनन् । जावलाखेलका राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार विपक्षी गोल रक्षक बरालले विफल गरेका थिए । सातदोबाटोका आकाश बुढामगर, प्रसान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले टाइब्रेकरमा गोल गर्न सफल भए । बिर्तामोडस्थित डोमालाल राजवंशी…
विराटनगर, २१ फागुन । प्रदेश नम्बर १ सरकारको स्थायी संरचना निर्माण गर्न आवश्यक स्थान खोजी गर्न गठित कार्यदल छलफल शुरु गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको संयोजकत्वमा गठन भएको कार्यदलले स्थायी संरचना निर्माण गर्ने स्थान र आवश्यक जग्गा प्राप्तिको विषयमा छलफल शुरु गरेको हो । प्रदेश सरकारले राजधानीका लागि प्रशासनिक भौतिक संरचना निर्माण गर्न जग्गा व्यवस्थापन गर्ने उद्देश्य साथ कार्यदल बनाएको थियो । शनिबार मन्त्री कार्कीको अध्यक्षतामा कानुन मन्त्रालयमा भएको छलफलमा सरकारका स्थायी संरचनाका लागि चाहिने जग्गा र उपयुक्त स्थानको विषयमा स्थानीय तहका प्रमुखहरुसँग सुझाव लिइएको छ । “प्रदेश सरकारले कानुन बनाएर तोकेको वृहित विराट क्षेत्रभित्रकै…
बनियानी, २१ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आजदेखि जारी नेपाल आइस पाँचौँ झापा गोल्डकपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो । “खेलकुद एउटा पोलिटिकल पार्टी होइन, खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि सबै पार्टी, सबै संघसंस्था र सरोकारवालाई लाग्न म आग्रह गर्छु ।” खेलकुद क्षेत्रको विकास सबैको चासो–चिन्ता र उन्नतीको विषय भएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफू सदैव लागिपरेको र लागि पर्ने धारणा राख्नुभयो । झापा गोल्डकपको सफताको कामना गर्दै अध्यक्ष ओलीले खेलाडीहरुलाई…
झापा, २१ फागुन । पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो । ताराबारीस्थित पेट्रोलपम्प नजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो लागेको थियो । घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
भद्रपुर, २१ फागुन । भद्रपुर १० स्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १९ औं साधारण सभा सम्पन्न गरिएको छ । समितिका अध्यक्ष पुरूषोत्तम अधिकारीको अध्यक्षता तथा संघीय खानेपानी तथा ढल निकास आयोजना प्रदेश १ का प्रमुख चोकप्रसाद धितालको प्रमुख आतिथ्यमा परिषद भेला मार्फत साधारण सभा सम्पन्न गरिएको हो । अध्यक्ष अधिकारीले वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै समितिले एक करोड ७७ लाख २५ हजार ३६४ रूपैया वार्षिक आय तथा एक करोड ४५ लाख ६८ हजार ९३२ खर्च सहित ३१ लाख ५६ हजार ४३२ रकम सञ्चित विवरण प्रस्तुत गरेका थिए । उपाध्यक्ष रेखा अधिकारीले स्वागत गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भद्रपुर…
झापा, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् । अध्यक्ष ओलीले भने, ‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेका छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा…
झापा, २१ फागुन । पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले पछिल्लो तीन महिनामा मात्र गैरकानुनी रूपमा भित्रिएको २४० केजी सुन बरामद गरिएको जानकारी दिनुभयो । गत मङ्सिर ११ गते निर्देशिका जारी गरी १३ गतेदेखि भन्सार कार्यालयले विशेष अपरेसन थालेको थियो । पहिलो दिन नै २१ केजी सुन भन्सारका कर्मचारीले नियन्त्रणमा लिएका थिए तर त्यो क्रम रोकिएको छैन । गत शनिबार एक किलो १६५ ग्राम सुन तस्करीमा संलग्न भएको आरोपमा त्रिभुवन…
झापा, २१ फागुन । रुस–युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिका अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका हुन् । युद्धको चरम परिस्थितिका कारण कष्टकर यात्राका साथ ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, छ जना हङ्गेरी र चार जना नेपाली नागरिक माल्दावामा सुरक्षित पुुगेका छन् । तीमध्ये चार जनामा युद्धको विकराल परिस्थितिको सामना गर्नुपर्दा मानसिक समस्या देखिएको समितिले उल्लेख गरेको छ ।…
झापा, २१ फागुन । पछिल्लो दुई महिनामाचारपटक पेट्रोलियम पदार्थको मूल्य बढेर उपभोक्ताको ढाड सेकिँदा अर्थ मन्त्रालय भने खुसी छ। इन्धनको मूल्य बढ्दा उपभोक्तालाई भार परेको छ। तर प्रतिशतका आधारमा राजस्व वृद्धि हुने भएकाले सरकारलाई फाइदा भएको छ। डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढ्दा सरकारले पेट्रोलियम पदार्थबाट उठाउने राजस्व एक दिनमै आधा करोड रुपैयाँभन्दा बढी हुन्छ। नेपाल आयल निगमले बिहीबार पेट्रोल, डिजेल, मटीतेलको मूल्य लिटरमा पाँच रुपैयाँ बढायो। पाँच रुपैयाँ मूल्य बढ् दा मूल्य अभिवृद्धि कर ९भ्याट० बापत मात्र सरकारले लिटरमा थप ६५ पैसाका दरले राजस्व संकलन गर्छ। निगमले करिब २८ अर्ब रुपैयाँ नोक्सानी बेहोरे पनि सरकारले भने इन्धनलाई…