
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
फिदिम ,२५ चैत्र । पाँचथर जिल्ला याङ्वरक गाउँपालिका वडा नं – १ च्याङ्थपु चाम्लिङ डाँडा स्थायी घर भएकी ५० बर्षिय रमला राई विगत ५ दिन देखि बेपत्ता भएका छन् । अनदाजी पाँच फिट उचाई रहेकी निलो सुइटर ,निलो लुङगि लगाएकी रमला राई गत चैत २० गते बिहान बाट फालेलुङ गाउँपालीका वडा नम्बर ३ नम्लुवा भञ्ज्याङ् स्थित आफन्तको घर बाट वेपत्ता भएको उनका छोरा उमेश राईले जानकारी दिए । कसैले देख्नु भएमा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन वा मोबाइल नम्बर 9816928937 मा सम्पर्क गरिदिनु हुन उनका छोरा उमेशले आग्रह गरेका छन् । छ
स्वास्थ्य कार्यालय झापाको टाइफाइड खोपसम्बन्धी सूचना !
झापा, २५ चैत । सरकारले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् । बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । राजदूत नियुक्तिको सिफारिसमा नेकपा एसको कोटामा सो पार्टीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी शर्मिला पराजुली ढकालसमेत परेकी छन् । पोखरेल अस्ट्रेलिया र पराजुली स्पेनका लागि सिफारिस भएको जनाइएको छ । त्यस्तै, श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र ऊर्जामन्त्री तथा…
झापा, २५ चैत । अवस्थामा उनीहरूको जग्गादानबाट स्थापित ऐतिहासिक विद्यालय समेत पछिल्लो समय विद्यार्थी नभएपछि बन्द गर्नुपर्ने अवस्था आयो। वसन्तपुर क्षेत्रको कान्तिईश्वरी माध्यमिक विद्यालय यट्खा र कन्या माध्यमिक विद्यालय यट्खा यसकै उदाहरण हुन्। यी विद्यालयलाई खारेज गरिएको काठमाडौं महानगरपालिका शिक्षा विभागका सरकारी विद्यालय शाखा प्रमुख मोतिप्रसाद भट्टराईले बताए। काठमाडौं महानगरपालिकाभित्र मात्र होइन, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार २०७४ सालपछि देशभरिमा गरी ७ सय २९ विद्यालय बन्द भएका छन्। शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक रामचन्द्र शर्माका अनुसार सबैका लागि शिक्षा भन्ने राष्ट्रिय अभियान सञ्चालन भएसँगै देशमा सरकारी विद्यालय खुल्न थाले । त्यतिखेर निजी विद्यालय कम थिए…
झापा, २५ चैत । सरकारले पाँच वर्षअघि लागू गरेको स्वास्थ्य विमा कार्यक्रमअन्तर्गत हालसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार चालू आवको फागुनसम्म विमकबाट उठेको २७ अर्व १६ करोड ५९ लाखमध्ये विभिन्न अस्पताललाई दिएको शोधभर्ना अनुसार सो रकम खर्च भएको हो। बोर्डले १७ अर्ब रुपैयाँ भुक्तानी गरे पनि यो अवधिमा देशभरका ४४१ अस्पतालले भने २४ अर्ब २५ करोड १८ लाख रुपैयाँको दाबी भुक्तानी माग पठाएका छन् । बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाले अस्पतालले दाबी गरेको औषधी उपचार खर्चर बोर्डले गरेको भुक्तानीमा प्रचलित ऐन र नियमावली अनुसार कागजात फरक देखिएका कारण दाबी भुक्तानीमा अन्तर…
झापा, २५ चैत । प्रमुख विपक्षी एमालेले संविधान र कानुनसँग बाझिने विषय निर्वाचन आचारसंहितामा राखेको भन्दै ६ बुँदे लिखित विमति राखेको छ। पार्टी महासचिव शंकर पोखरेललगायत नेताले बिहीबार निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई विमतिपत्र बुझाएका हुन्। एमालेले आचारसंहिताका केही प्रावधानले लोकतन्त्रले दिएको स्वतन्त्रताको अधिकारलाई कुण्ठित गरेको दाबी गरेको छ। ‘यस आयोगले तयार गरेको आचारसंहिता संविधान र कानुनसँग बाझिएको बाहेक कुनै पनि निकायद्वारा जारी गरिएका वा जारी हुने संहिताको पालना गर्न, गराउनसमेत हाम्रो पार्टी प्रतिबद्ध छ,’ एमालेले पत्रमा भनेको छ। निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा…
झापा, २५ चैत । १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल) ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो । खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गरेका थिए । केही क्षेत्रमा केही दिनदेखि खोप लगाउन सुरु भए पनि आजदेखि अभियान नै सुरु…
ब्यान्डसहित झिलझिलेको वाटर किंगडम पार्कमा प्रमोदको प्रस्तुति : कार्यक्रममा ब्यान्डको नाम घोषणा गरिने
शिवसताक्षी ,२४ चैत्र । झापाको झिलझिलेमा गायक प्रमोद खरेलको विशेष सांगितीक प्रस्तुति हुने भएको छ । यही चैत २५ गते वाटर किंगडम पार्क एन्ड रिसोर्टमा गायक खरेलले पहिलोपटक आफ्नो औपचारिक ब्यान्डसहित प्रस्तुति दिने भएका हुन् । “झापा धेरैपटक आइसकेको,स्टेज चढिसकेको भएतापनि यो चैत २५ गते विशेष हुनेछ “ खरेलले भने । उनी भन्छन् “पहिलोपटक आफ्नो आधिकारिक ब्याण्डसहित प्रस्तुति दिंदैछु । र ब्याण्डको नाम पनि त्यही दिन घोषणा गर्नेछु ।” यसअघि भारतको आसाममा भएको ‘डेइजिङ फेस्टिभल’ मा ब्यान्डसहित प्रस्तुति दिएका थिए । नेपालबाट त्यहाँ सहभागी हुने खरेल पहिलो गायक हुन् । उनलाई त्यहाँको नेपाली समुदायको पहलमा बोलाइएको थियो । २०५६ सालमा…
विराटनगर, २३ चैत । बालविवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको बाल विवाह विरुद्धको प्रादेशिक रणनीति सम्वन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले बाल विवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको बताएका हुन । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लक्षित वर्गमा शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आर्थिक शशक्तिकरणमा पनि जोड दिनुभयो । प्रजिअ दाहालले रणनीतिको कार्यन्वयन पक्ष पनि राम्रो हुनुपर्ने सुझाव दिनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले परम्परागत सोचका कारण पनि बालविवाह नियन्त्रणमा चुनौति रहेको बताउनुभयो । उहाँले कानुनी अज्ञानता, गरीवी पनि मुख्य कारण रहेको…
झापा, २३ चैत । झापाको हल्दिबारी गाउँपालिका–२ पशुपति चोक स्थितमा करेन्ट लागि एक जनाको मृत्यु भएको छ । आज बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा १ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक हल्दिबारी–५ का ४८ बर्षीय बिक्रम तामाङ घाईते भएकोमा तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाटथप अनुसन्धान भईरहेको छ ।