
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ चैत । नेपाल सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गरिदिनका लागि जनवादी गणतन्त्र चीनसँग प्रस्ताव गर्ने भएको छ । नेपाल भ्रमणमा रहैका चीनका विदेशमन्त्री वाङ यीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट यो प्रस्ताव गरिने मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख केशवकुमार शर्माले जानकारी दिए । यसैगरी नेपाल र चीनलाई जोड्ने मुख्य सडकको रूपमा रहेको अरनिको राजमार्गलाई विस्तार गरिदिन समेत नेपालले विदेशमन्त्री वाङसमक्ष प्रस्ताव गरिने महाशाखा प्रमुख शर्माले जानकारी दिनुभयो । नेपाल र चीनको सिमाना तातोपानीस्थित मैत्री पुलदेखि काठमाडौँको माइतीघरसम्म रहेको अरनिको राजमार्ग सन् १९६० मा चीन सरकारले निर्माण गरेको हो । नेपाल र…
झापा, १३ चैत । सरकारले लामो दूरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी गरेको छ। स्वचालित रूपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको हो । इन्धनको मूल्यमा वृद्धि हुँदा सवारी भाडा पनि बढ्ने र इन्धनको मूल्य घट्दा भाडा पनि घट्ने गरी स्वचालित भाडादर लागू गर्न विभागको प्रस्ताव छ। यसअनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ तलमाथि हुनासाथ सार्वजनिक यातायातको भाडादरमा परिवर्तन हुने छ। विभागले वैज्ञानिक भाडादर लागू गर्न समायोजन अध्ययन प्राविधिक समितिले तयार पारेको प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको छ। विभागले तयार गरेको प्रस्तावमा हालको अवस्थामा करिब ११ देखि १६ प्रतिशत सम्म…
झापा, ११ चैत । चिनियाँ राष्ट्रपति सि चिनफिङ तीन वर्षअघि नेपाल भ्रमणमा आउँदा पूर्वी नेपालको तमोर नदीमा ७६३ मेगावाटको जलविद्युत आयोजना चीनकै लगानीमा बनाउने सम्झौता भयो। लगानी बोर्ड नेपाल र पावर चाइना कर्पोरेसनबीच दुई वर्षभित्र विस्तृत अध्ययन सकेर आठ वर्षमा बनाइसक्ने सम्झौता भए पनि अहिलेसम्म यसमा कुनै प्रगति हुन सकेको छैन। उक्त भ्रमणकै बेला दुई मुलुकबीच ७२ किलोमिटर लामो काठमाडौं(केरुङ रेलमार्ग निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन थाल्ने सहमति भए पनि त्यसयताको प्रगति शून्यजस्तै छ । यो त उदाहरणमात्र हुन्, नेपाल र चीनबीच भएका अधिकांश सम्झौताको प्रगति निराशाजनक छ। तमोर जलविद्युत र रेलमार्गजस्तै गल्छी(सुवागढी सडकदेखि किमाथांका(हिले र दिपायल(चीन सीमा सडकको काम…
झापा, ११ चैत । एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। केन्द्रीय बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेताहरू देवेन्द्र दाहाल, मनोजजंग थापा, पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, बुद्धिजीवी परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवाली रहेका छन्। प्रचार विभागका उपप्रमुख विष्णु रिजालले कार्यदललाई चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालयसमक्ष बुझाउन समय दिइएको छ। उहाँका अनुसार घोषणापत्र वैशाख १ गते पार्टी…
झापा, ११ चैत । नेपालमा ट्राफिक लाइट (बत्ती) को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको छ । यसका साथै चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका छन् । विशेष गरी अग्लो सवारीसाधनका पछाडि रोकिएका साना सवारीका चालकले टाढैबाट स्पष्ट रूपमा बत्ती देख्न नसक्दा सवारी दुर्घटना र अनाहक कारबाहीसँगै ‘जाम’ को सास्ती भोग्ने गरेका छन् । महानगरीय ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी सडक तथा सवारी व्यवस्थापनका लागि जडान गरिएका ट्राफिक लाइटको उचाइ नै स्पष्ट नहुँदा यस्तो समस्या देखिएको बताउँछन्। “कहिलेकाहीँ अगाडिको ठूलो गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना हुन्छ, टाढासम्म बत्ती देख्न नसक्दा तीव्र गतिमा आएका सवारी ‘लेन’ कारबाहीमा…
झापा, ११ चैत । गर्मी बढ्दै छ। तर, राहदानी विभाग अगाडिको भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो ‘वैदेशिक रोजगारीका लागि राहदानी बनाउनू।’ तर, भीड सरेन । बिहीबार दिनभर सेवाग्राहीले घाम छले तर, काम बनेन । दैनिक ५ हजार सेवाग्राही पुग्ने विभागको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परे। विभागले बिहीबार सूचना निकाल्दै भन्यो, ुराहदानी विभागका लागि खोलिएको आज मिति २०७८ चैत १० गतेको बुकिङ फुल भएको छ। बुकिङ २०७८ चैत १३ बाट हरेक दिन अपराह्न साढे ४ बजेपछि मात्र खोलिने व्यहोरा अनुरोध छ।ु राहदानी बनाउन अहिले…
विराटनगर, १० चैत । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेलाई अधिकार प्रत्यायोजन गर्नुभएको छ । प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७८ अनुसार सामाजिक विकास मन्त्री राईले बुधबार आफूलाई प्राप्त अधिकार मध्ये महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, असहाय र अशक्त, गैरसरकारी संघ संस्था, समाज कल्याण, सामाजिक सुरक्षा र संरक्षण, गरिवी निवारण, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान, नियमन, अनुगमन तथा मूल्यांकन सम्मका अधिकारहरु सामाजिक विकास राज्यमन्त्री तुम्बाहाम्फेलाई प्रत्यायोजन गर्नु भएको छ । मन्त्री राईद्धारा आफुलाई प्रत्यायोजित अधिकार प्रयोग गर्न राज्यमन्त्रीको जिम्मेवारी र कर्तव्य…
गंगा बरालभद्रपुर, १० चैत । झापाको भद्रपुरमा स्काउट स्वयम्सेवकहरुलाई आवश्यक तालिम प्रदान गरिएको छ । भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भद्रपुरको शैक्षिक तालिम केन्द्रमा नयाँ तथा पुराना स्काउटरहरुलाई बीटीसी तथा पीटीसी तालिम प्रदान गरिएको भद्रपुर नगर स्काउट तदर्थ समितिका संयोजक विवेक चौलागाईंले जानकारी दिए । चैत ५ गते शुरु भएको आवासीय तालिम बिहीबार दीक्षान्त समारोहका बीच समापन गरिएको पनि चौलागाईंले जानकारी दिनुभयो । सहभागीहरुलाई ४७८ औं बीटीसी कोर्ष लिडर तथा १ नं प्रदेश स्काउट तदर्थ समितिका सदस्य अरुण वस्नेत र ३५० औं पीटीसी कोर्ष लिडर शिवानी देवानले प्रशिक्षण दिएका थिए । समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । समारोहका प्रमुख…
भोजपुर, १० चैत । भोजपुरको अरुण गाउँपालिका ६ जरायोटारमा निर्माण गरिएको २००७ सालका क्रान्तियोध्दा स्व.मानध्वज राई (फुइकी बाजे) को सालिक अनावरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच प्रदेश एकका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सालिकको अनावरण गर्नुभएको हो । सालिकको अनावरण गर्दै मन्त्री कार्कीले राणा शासनका बेला पनि परिवर्तनको बिगुल फुक्ने स्व। राईको प्रतिमा बनाउनु र त्यसमा पनि आफैँले उद्घाटन गर्न पाउनु सौभाग्य भएको बताउनुभयो । राणा कालमा पुर्खाहरूले रैतीको जीवनयापन गर्ने गरेको सहन नसकेर रैती हुनुभन्दा सहिद हुनुपर्छ भन्ने सोचका साथ बिपी कोइरालाहरूले सुरु गरेको अभियानमा स्व।राई लागेको उहाँले स्मरण गर्नुभयो । अन्यायका विरुद्धमा लड्नुपर्ने बताउँदै उहाँले…
बिर्तामोड, १ं० चैत । नेपाल सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य रोडम्याप २०३० सम्वन्धि एक दिन अभिमुखीकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बिहीबार होटल ग्राण्ड प्यासिफिकमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको नगरप्रमुख ध्रवकुमार शिवाकोटीले उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले गर्भदेखिनै रेखदेख गर्दामात्र आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो हुने भएकोले सबै सचेत रहन आग्रह गर्नु भयो । उहाँले जनप्रतिनिधि आएदेखि बिर्तामोडमा गर्भवति महिलाहरुको लागि आवश्यक परामर्शका साथै निशुल्क क्याल्सियम वितरण गर्दै आएको जानकारी दिनु भयो । चेतना अभावकाकारण धैरै महिलाहरु असुरक्षित बन्ने गरेको भन्दै उहाँले सचेतनामुलक कार्यक्रमहरुलाई अझै बढाएर लैजानु पर्नेमा…