झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ चैत । झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–४ का ४३ वर्षीय किशोर सुनुवार र काठमाडौं महानगरपालिका–५ का ३१ वर्षीय सन्त महर्जन रहेका छन् । हिजो बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३–०१–००६ ख ०६२६ नम्बरको बसमा सवार रहेका सुवुवार र महर्जनको साथबाट प्लास्टिकमा पोको पारी झोलामा लुकाई राखेको २८ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउनसुगरसहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

अर्जुनधारा, १७ चैत । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित पाराखोपीमा रहेको डाङग्रे बाबा सेतीदेबी पाथिभरा माता धाममा तीन दिने धार्मिक महोत्सव आयोजना हुने भएको छ । धाम परिसरमा बिहीवार पत्रकार भेटघाट गरी महोत्सवबारे जानकारी गराएको हो । महोत्सव मुल आयोजक समितिका संयोजक दिपेन्द्र ढकालले चैत २७ गतेदेखि २९ गतेसम्म धार्मिक महोत्सवको आयोजना गरिएको जानकारी दिए । २७ गते विशेष पुजा अर्चना सांस्कृतिक झाँकीसहितको र्यालीले नगर परिक्रमा गरी उद्घाटन गरिने महोत्सवमा विभिन्न जातिको मौलिक नृत्य, २ सय १६ दीप प्रज्वलन र साँझमा धजन सन्ध्या गरिने अगुवा भक्तजन तथा महोत्सव आयोजक समितिका सचिव अमितकुमार साम्पाङ राईले बताए । महोत्सव सम्पन्न गर्न ४ लाख…

Read More

सोलुखुम्बु, १७ चैत । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ बर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । हिजो राती साँढे ७ बजेको समयमा राईले आफ्नै ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईले सामान्य बादबिबादको क्रममा रिशको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गरेको सोही कारणले राईको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, १७ चैत । स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी, ६१ हजार ८ सय ३१ नेपाल प्रहरी र २३ हजार ५ सय ३२ सशस्त्र प्रहरी खटाइने भएको छ। नेपाली सेनाको सङ्ख्या भने खुलाइएको छैन। स्थानीय निर्वाचनमा तराईका सबै जिल्ला र पहाडका केही गरी करिब ३ हजार मतदान केन्द्र अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ। भारतसँग सिमाना जोडिएका तराईका र विभिन्न भूमिगत समूह र निर्वाचन बहिष्कार गर्ने दलको बाहुल्यता रहेका क्षेत्रलाई अति संवेदनशील सूचीमा राखिएको छ। गृह मन्त्रालयले तयार गरेको सुरक्षा रणनीतिमा ज्वाला समूह, निर्वाचन बहिष्कार गरेको वैद्य निकट नेकपा माओवादी, सिके राउतको जनमत पार्टीलगायतका केही साना दल चुनौतीको…

Read More

झापा, १७ चैत । निर्वाचन आयोगले स्थानीय निर्वाचनको उम्मेदवारीमा कडाइ गरेको छ। उसले बुधबार १९ बुँदे स्वघोषणाको व्यवस्था गरेको हो। जसमा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्नेलगायत छन्। विदेशको स्थायी आवासीय अनुमतिपत्र ९डीभी, पीआर० नलिएको स्वघोषणा गर्नुपर्ने भएको छ। ‘आयोगले नेपालको संविधान तथा निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्थासमेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुनबमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने’, आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ,। विज्ञप्तिमा उल्लेख छ, ‘र आफूले गरेको स्वघोषणाप्रति उम्मेदवार स्वयं जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ।’ यस्तै, २१ वर्ष उमेर पूरा भएको, संविधानप्रति पूर्ण…

Read More

बिर्तामोड, १७ चैत । लायन्स क्लब अफ अनारमनी तथा लियो क्लब अफ अनारमनीको आयोजनामा झापामा खुल्ला व्याडमिण्टन प्रतियोगिता हुने भएको छ । प्रदेश १ स्तरीय लायन्स खुल्ला ब्याडमिण्टन प्रतियोगिता २०७८ हुने जनाइएको हो । प्रतियोगिता यहि चैत्र १८ गतेदेखि २० गते सम्म हुने निश्चय भएको लायन्स क्लब अफ अनारमनीका पूर्व अध्यक्ष एवम् लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ ए वान नेपालका रिजोन चियर पर्सन शैलेन्द्र कुरुम्वाङले जानकारी दिए । उनका अनुसार प्रतियोगिता महानन्द चोक स्थित बिर्ता व्याडमिण्टन क्लबको कर्वडहलमा हुनेछ । प्रतियोगिताको उद्धघाटन लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ ए वान नेपालका हनरेट क्यामप्यान चिफ लिला चिमरीयाले गर्ने छन् ।…

Read More

अर्जुनधारा, १५ चैत । साहित्यकार विष्णुकुमार भट्टराईलाई अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्धन समितिले सम्मान तथा पुरस्कार प्रदान गरेको छ । साहित्यकार भट्टराईलाई दीर्घ साहित्य सेवा पुरस्कार प्रदान गरेको हो । समितिले मंगलबार अर्जनधारा ८ स्थित शनिश्चरेमा नवनिर्मित अर्जुनधारा सामुदायिक पुस्तकालय उद्घाटनका अवसरमा साहित्यकार भट्टराईलाई अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार २०७८ प्रदान गर्यो । कार्यक्रममा साहित्यकार भट्टराईकी श्रीमती रुकमणि भट्टराईलार्ई पनि सम्मान गरेको थियो । साहित्यकार भट्टराईलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको हो । अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्धन समितिकी संयोजक सुशिला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार पुण्य खरेलको प्रमुख आतिथ्य रहेको थियो ।…

Read More

विराटनगर, १५ चैत । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशको खेलकुद क्षेत्रको उल्लेख्य विकास गरिने बताउनु भएको छ । प्रदेशमा खेलकुद क्षेत्रको पूर्वाधार विकासका लागि काम गरिने उहाँले बताउनुभयो । सुनसरी धरानको मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय स्तरिय बाँस्केटवल प्रतियोगाको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री राईले सो कुरा बताउनु भएको हो । मन्त्री राई आगामी आर्थिक वर्षको बजेटमा खेलक्षेत्रलाई प्राथमिकतामा राखी काम गरिने बताउनुभयो । उहाँले खेलकुदको माध्यमबाट देश–देशको वीच सम्वन्ध गाडा बनाउन सकिने बताउनुभयो । खेलकुद क्षेत्र महत्वूर्ण रहेकाले शिक्षासँगै खेललाई पनि अगाडी बढाउन आवस्यक रहेकोमा मन्त्री राईको जोड छ । उहाँले बास्केटबल खेलका लागि पनि…

Read More

भद्रपुर, १५ चैत । झापा भद्रपुर–८ स्थित विदुर इङ्लिस स्कुलमा शैक्षिक वर्ष २०७७ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त छात्र छात्राहरूलाई शैक्षिक पुरस्कार तथा २०७८ को खेलकुद प्रतियोगोतामा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन पुरस्कार वितरण गरिएको छ । विद्यलयकी संस्थापक÷प्रिन्सिपल मनिदेवी भट्टराईको अध्यक्षता र अभिभावक संघका अध्यक्ष गोपाल लिम्बूको प्रमुख आतिथ्यमा विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरिएको हो । कार्यक्रममा विद्यालय व्यस्थापन समिति सदस्यहरू जगदीश जोशी, भीम पौडेल, विद्यालयका अभिभावक पूर्व डि एस् पी धनप्रसाद शिवाकोटी, टीकादेवी शिवाकोटी, चन्द्रमणि मैनालीले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेका थिए । विद्यालयका कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विध्यार्थीहरूलाई मेडल प्रमाण पत्र तथा शैक्षिक सामग्री…

Read More

झापा, १५ चैत । झापाको भद्रपुरस्थित रुद्र्र–गौैरी, श्री–अम्बिका ओेली प्रतिष्ठानद्वारा चार विधामा पाँच जना पुरस्कृत हुने भएका छन् । प्रतिष्ठानले यस वर्ष पाँच लाख रुपैयाँ पुरस्कार थप गरी चार विधामा पाँच जनालाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए । प्रतिष्ठानले बैशाख ४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई पुरस्कृत गर्ने उनले बताए । ‘नवौं संस्करणको पुरस्कार वितरण गर्न लागेका छौँ’, उनले भने, ‘यस वर्ष पाँच लाख रुपैयाँको एउटा पुरस्कार समेत थप भएको छ । प्रतिष्ठानले विसं. २०६७ सालदेखि कृषि, साहित्य÷ पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रलाई समेट्दै आएकोमा नवौं वर्षको यात्रा तय गरिरहँदा रू ५ लाख राशीको…

Read More