
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ चैत । १० जिल्लामा बर्डफ्लु देखिएको छ। हालसम्म बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरिए पनि यही क्रममा बढ्दै गए कठिन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । बर्डफ्लु तीव्र रूपमा फैलन थालेकाले यसको नियन्त्रण गर्न पशु सेवा विभागसँग जनशक्ति र रकम अभाव भएको छ। विभागका प्रवक्ता डा। चन्द्र ढकालले १० वटा जिल्लाका विभिन्न स्थानमा बर्डफ्लु फैलिएको भेटिए पनि हालसम्म नियन्त्रणमै रहेको बताउँदै यसरी बढ्दै गयो भने नियन्त्रणभन्दा बाहिर जान सक्ने चेतावनी दिए । अन्य जिल्लाबाट पनि परीक्षणका लागि नमुना आउने क्रम बढेको जनाइएको छ । उनले १० वटा जिल्लामा ६० हजारभन्दा बढी पन्छी नष्ट गरिसकेको र त्यसको क्षतिपूर्ति दिन रकमको…
झापा, ५ चैत । सर्वोच्च अदालतमा दर्ता भएको १५ महिनापछि संवैधानिक निकायमा नियुक्त पदाधिकारीविरुद्धको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । आगामी सुनुवाइ चैत ९ गते बुधबारका लागि तोकिएको छ । प्रधानन्यायाधीशको उपस्थितिबिना संवैधानिक इजलास गठन गर्न मिल्ने नमिल्ने विषयको विवाद यथावतै रहेका बेला कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा संवैधानिक इजलास गठन भइरहेको छ । सोही इजलासले शुक्रबारदेखि दुई चरणमा भएका ५२ जना पदाधिकारीसमेत विपक्षी रहेको मुद्दाको सुनुवाइ प्रारम्भ गरेको हो । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले मुद्दामा प्रारम्भिक सुनुवाइ भई चैत ९ गतेका लागि हेर्दाहेर्दैमा राखिएको जानकारी दिनुभयो…
झापा, ५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी नै नभएकालाई पनि पास गराएको अख्तियारको आरोप छ। अख्तियारले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र शाखा अधिकृत हरिप्रसाद गौतमसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो। २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा उनीहरूले अनियमितता गरेको अख्तियारले जनाएको छ । त्यतिबेला १ सय ६८ जना परीक्षार्थीको नतिजा फेरबदल…
झापा, ३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल डिजल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएको हो। अब बढेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५५ तथा डिजल र मट्टितेलको मूल्य १३८ रुपैयाँ पुगेको छ। यस्तै हवाई इन्धन आन्तरिकतर्फ १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर दुई सय अमेरिकी डलर वृद्धि गरिएको छ।
झापा, ३ चैत । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक–पटक म्याद थप गर्दासमेत हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको “चारआली–केचना सडक”को निर्माण पूरा हुन सकेन । दुई महिनाअघि नै ९० प्रतिशत काम भइसके तापनि हाल व्यवसायीले बेवास्ता गर्दा निर्माणमा अवरोध भइरहेको हुलाकी राममार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिए । उनका अनुसार चारआली– केचना ४० किलोमिटर सडक निर्माणका लागि विसं २०७३ असोज १७ गते निर्माण व्यवसायी कालिका कनकाई याङथुम्हाङ जेभी र लामा ढाँफे कञ्जनजङघा जेभीले विसं २०७५ चैत १६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेका थिए । तर पटक–पटक म्याद थप गर्दासमेत सडक निर्माणको काममा ढिलाइ भइरहेको उनको भनाइ…
झापा, ३ चैत । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले फागु पूर्णिमाका अवसरमा शुभकामना दिएका छन् । मुख्यमन्त्री राईले हिमाली तथा पहाडी जिल्लामा आज बिहीबार र तराईका जिल्लामा भोलि शुक्रबार मनाइने फागु पूर्णिमा ९होली०का अवसरमा शुभकामना दिएका हुन् । उनले शुभकामना दिंदै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने धारणा व्यक्त गरेका छन् । ‘साँस्कृतिक विविधता युक्त नेपाली समाजमा यस होली पर्वले समस्त नेपालीहरूबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पु¥याउने विश्वास व्यक्त गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ मुख्यमन्त्रीले राईले भनेका छन् ।…
झापा, ३ चैत । गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ । गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीदेखि प्रहरीका अन्य उच्च अधिकृत गृह मन्त्रालयसँग असन्तुष्ट बनेका हुन् । गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समिति बैठकले तीन नायब महानिरीक्षक ९डीआईजी०लाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । प्रहरी महानिरीक्षक क्षत्री आफैं बढुवा समितिका सदस्य सचिव हुन् । उनले बढुवाको निर्णय हुँदै गर्दा नै अव्यावहारिक निर्णय भन्दै असन्तुष्टि जनाएको स्रोतले भनेको छ…
झापा, ३ फागुन । नेपालमा कोरोना संक्रमण घटेसँगै मास्क लगाउन छोड्ने, जहाँ पायो त्यही जमघट भई खाने बानी बढ्दै गएकोमा सरुवा रोग विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । चैतदेखि मौसम परिवर्तन भई गर्मी बढ्ने र यो मौसममा विभिन्न सरुवा रोग लाग्ने हुनाले सफाइमा ध्यान दिन चिकित्सकले सुझाएका छन्। दुई वर्षसम्म कोभिडले गर्दा बाहिर खुलेर हिँड्न नपाएका कारण अहिले स्वास्थ्य मापदण्डको बेवास्ता गरी हिँड्ने, जमघट हुने र सडक किनारमा राखिएका खाना खाने गतिविधि पर्याप्त देखिन थालेको डा। शेरबहादुर पुन बताउँछन् । तर यस्ता खाना दूषित हुने सम्भावना भएकाले यिनको सेवनबाट झाडापखाला, आउँजस्ता सरुवा रोगको जोखिम हुने उनको भनाइ छ। ुकोभिड घटेपछि…
झापा, ३ चैत । बिहीबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । यो पर्व मनाउँदा आफ्नो छाला तथा कपाललाई सुरक्षित राख्नुपर्ने छाला रोग विशेषज्ञहरूको भनाइ छ । छाला रोग विशेषज्ञ धर्मेन्द्र कर्णले भने, “होली खेल्नुअघि सम्पूर्ण शरीरमा राम्ररी लोसन वा मोइस्चराइजर लगाउनुपर्छ । यो काम होली खेल्नुभन्दा कम्तीमा एक घण्टा अगाडि गर्नुपर्छ ।” त्यसपछि होली खेल्नु १० मिनेटअघि लोसन वा मोइस्चराइजरको प्रयोग गरेर मात्र खेल्नुपर्छ । यसैगरी केमिकल्सयुक्त रङबाट बच्न छालामा नरिवल वा तोरीको तेलको प्रयोग गर्न सकिन्छ । होलीमा रङ खेल्नुअघि अनुहार…
बिर्तामोड,२ चैत। झापा गोल्ड कपले पाँचौँ संस्करणको अवसर पारेर पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियान्ताहरुलाई सम्मान गरेको छ । अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगिता अवधिमा नौ दिन नै फरकफरक क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । झापा गोल्ड कपले पूर्वराष्ट्रिय फुटबल खेलाडी मित्रसन भट्टराई र संगीता राउतलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो । झापा गोल्ड कपले प्रत्येक संस्करणमा पूर्वराष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दैै आएको छ । त्यस्तै, झापा गोल्ड कपले कलाकार प्राज्ञ पवन राजवंशी, सामाजिक व्यक्तित्व मदनगोपाल सुब्बा, अखिल नेपाल महिला फुटबल संघकी अध्यक्ष विन्द्रा देवान, शिक्षासेवी इस्ट होराइजन माविका प्रिन्सिपल सञ्जीव राईलाई प्रतियोगिताको अलगअलग दिन सम्मान गरिएको…