
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १५ चैत । झापाको बुद्धशान्तिमा सोमबार राति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का २५ वर्षीय अञ्जन फागो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुद्धशान्ति–१ मा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर उल्लेख नभएको मोटरसाइकल ना ३ ख ५४६२ नम्बरको ट्रकमा ठोक्किँदा फागो गम्भीर घाइते भएका थिए । फागोको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा, १५ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको लागि तयार गरेको निर्वाचन आचारसंहितामा विगतको तुलनामा कडाइ गरिएको पाइएको छ। आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता कायम गर्नका लागि सामाजिक सञ्जालको प्रयोगका सन्दर्भमा आयोगले आचारसंहितामा कडाइ गरेको बताए। उनले आचारसंहिता पालना भए नभएको निगरानी गर्न ७ सय ५३ वटै स्थानीय तहमा राजनीतिक दलका प्रतिनिधिहरू, निर्वाचन अधिकृत, नेपाल प्रहरीका प्रतिनिधिलगायतको संयन्त्र निर्माण गरिने जानकारी पनि दिए। उनले भने( ुसबै दलका प्रतिनिधि भएपछि आचारसंहिता उल्लङ्घन भएको देख्ने र त्यसलाई एकले अर्कोलाई खबरदारी गर्ने हामीले विश्वास लिएका छौँ।ु निर्वाचन आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सरकार मातहतका…
झापा, १५ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो । मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ । उनले यस अभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जनाकारी दिए । रासस
झापा, १५ चैत । बैशाख ३० गते तय गरिएको स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरू लागेका छन्। दलीय प्रचार–प्रसार, सभासम्मेलन, कार्यकर्ता भेटघाट र पार्टीका शीर्षस्थ नेताहरूको दौडाहा गाउँगाउँमा भइरहेको छ। स्थानीय स्तरमा राजनीतिक कार्यक्रमहरू बढेका छन्। यस्ता कार्यक्रममा पुग्न नेता कार्यकर्ताले अत्यधिक मात्रामा भारतीय गाडीको प्रयोग गर्दै आएका छन्। यसको फाइदा भारतीय व्यापारीले लिएको स्थानीय यातायात व्यवसायी बताउँछन्। कोरोना महामारीले गर्दा करिब दुई वर्ष सीमा नाकाहरू बन्द थिए। भारतीय गाडी नेपालमा देखिन छाडेका थिए। उक्त समय भइपरि आएको काममा पनि नेपाली नम्बरकै गाडीहरूको प्रयोग गर्नुपर्ने बाध्यता थियो। तर, हाल नाकाहरू खुलेपछि भन्सार तिरेर भारतीय निजी सवारी धनीहरूले गाडी नेपाल ल्याउने र…
झापा, १५ चैत । काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषणयुक्त सहर बनेको छ । सोमबार साँझसम्म काठमाडौँको प्रदूषण १५५ एक्यूआई देखाएसँगै विश्वको प्रदूषित सहरमध्ये पहिलो नम्बरमा काठमाडौँ देखिएको हो। राष्ट्रिय योजना आयोगले प्रदूषणका कारण मुलुकमा पर्ने वित्तीय भारको विषयमा अध्ययन गर्ने प्रतिबद्धता जनाएको दुई वर्ष बितिसक्दा पनि अध्ययन भने सुरु भएको छैन। आधिकारिकरुपमा वायु प्रदूषणका कारण नेपालमा पछिल्लो समय परेको वित्तीय भारको विषयमा अध्ययन हुन नसके पनि वायु प्रदूषणका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष गरी नेपालमा १३० मिलियन अमेरिकी डलर (करिब १ खर्ब ३० अर्ब) नोक्सानी भएको विश्व बैंकको २०१५ को तथ्याङ्कले देखाएको छ। सन् २०३० सम्ममा नेपालमा वायु प्रदूषणको वित्तीय भार,…
झापा, १५ चैत । झापामा कृषि गणनाको लागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको छ । कृषिग णनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नाराका साथ राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषिगणना गर्न लागेको हो । सोही अनुसार कृषिगणनाका लागि झापामा चैत १ गते जिल्ला कृषिगणना कार्यालयको स्थापना गरिएको थियो । जिल्लामा ३३ जना सुपरिवेक्षक र १३३ जना गणक खटाउन लागेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापामा ९ हजार ४ सय कृषि परिवार रहेको छ । सोही तथ्यांकलाई आधार मानेर जिल्लाको १३१ वडामा ३७६…
झापा, १५ चैत । नेपालको तीनदिने भ्रमण सम्पन्न गरी चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङको भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपेको विश्लेषण कूूटनीतिक क्षेत्रको छ । यस भ्रमणले एक–अर्कामा कुनै पनि संशय अन्त्य गर्न मद्दत मिलेको राय राजनीतिक विश्लेषकको छ । नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएयता द्विपक्षीय कूटनीतिक सम्बन्धमा मैत्रीभाव, समझदारी, आपसी सहयोग र सहकार्य, एक–अर्काको समान हैसियतलाई प्राथमिकता दिँदै आएको छ । चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य भन्छन्, “चीनका विदेशमन्त्री वाङ नेपाल बुझेका राजनीतिज्ञ हुनुहुन्छ । नेपाल र नेपालीप्रति सद्भाव राख्नुहुन्छ भन्ने…
झापा, १३ चैत । प्रमुख सत्ताघटक दल नेपाली काँग्रेसको केन्द्रीय समितिभित्र वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने मत बढ्दै गएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन मात्र हैन आउँदो प्रदेश र संघीय निर्वाचनसमेत सत्ताघटक दलबीच गठबन्धन गरी अघि बढ्नुपर्ने बताइरहेका बेला केन्द्रीय समिति बैठकमा निर्वाचनमा अन्य दलसँगको गठबन्धन र तालमेल काँग्रेसका लागि घातक हुने बताइएको छ। वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा केन्द्रित भएर शुक्रबारदेखि बसेको काँग्रेस केन्द्रीय समिति बैठक आइतबार पनि जारी रहने काँग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए। काँग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा संसदीय समिति गठन र…
झापा, १३ चैत । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ। अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप लगाउन मानिस अनिच्छुक देखिएका छन् । सरकारले चैतभरिमा पूर्ण खोप लगाउने घोषणा गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले सबै मतदाताले पूर्ण खोप लगाउनुपर्ने बताएको थियो । हाल लक्षित जनसङ्ख्याको ८१।८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ९३।२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । नेपालमा कोरोनाको दोस्रो भेरियन्ट आइसकेपछि खोप लगाउने मानिसको भीड बढेको थियो । खोप लगाउन पहुँच आवश्यक हुने अवस्थासमेत थियो । तर, अहिले खोप केन्द्रमा खोप लगाउन मानिस…
झापा, १२ चैत । सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु गरेको छ । सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया अघि बढाएको हो । यो प्रक्रियामा प्रहरीका तल्ला तहमा रहेका तीन तहका २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ । बढुवा प्रक्रिया बिहीबारबाट नै सुरु भएको छ । सरकारले प्रहरी नियमावली, २०७१ को नवौं संशोधनमार्फत जवान र हबल्दारको बीचमा प्रहरी सहायक हबल्दार, हबल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हबल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक पद सिर्जना…