
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा । त्रिभुवन आर्मी फुटबल क्लब पाँचौ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलमा भारतीय टाेली एम एफसी दार्जिलिङलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकाश तामाङले एक एक गोल गरे । खेलको १०औँ मिनेटमा सन्तोष तामाङको प्रहार गोलमा परिणत भयो । यस्तै, ३५औँ मिनेटमा कप्तान जर्जप्रिन्स कार्कीले आर्मीको अग्रता दोब्बर पारे । उनले २३ यार्ड टाडाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसैगरी खेलको ६८औँ मिनेटमा विकाश तामाङले तेस्रो गोल थपेसँगै आर्मीले ३–० को जित सुनिश्चित गर्यो । त्यसअघि खेलको सुरुवाती १९औँ मिनेटमा…
झापा, २४ फागुन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखत भएको बताउनु भएको छ । गर्भावस्थामै पुरुष छ की महिला भनेर भ्रुण हत्या गर्ने काम अहिले पनि भईरहेको उहाँले बताउनुभयो । ११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री राईले भन्नुभयो,‘ महिलाले जन्मेपछि दुःख पाउने हैन, जन्मनै नदिने काम भईरहेको छ ।’ उहाँले सम्पतिको अधिकारबाट महिलाहरु अझैपनि बञ्चितिकरणमा परेको बताउनुभयो । महिलाहरुलाई पुरुष सरह बराबरीको अवस्थामा पु¥याउनु आवस्यक भएकोमा उहाँको जोड छ । उहाँले भन्नुभयो,‘ ऐन कानुन परिवर्तन…
विर्तामोड ,२४ फागुन । संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो । पहिलो हाफ १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे ।थ्री स्टारले भने सान्त्वना गोलसमेत फर्काउन सकेन । खेलमा थ्री स्टारले पाएका अवसर…
लेखक – तारा माण्ड्वी क्षेत्री तारा माण्ड्वी क्षेत्री म आफै एक नारी त्यसैले कुनै पनि अवस्थामा नारिकै पक्षमा बोल्छु वा बोल्नु पर्छ भन्ने हैन सहि र गलतको आँकलन गरेर पक्ष र विपक्षमा बोल्ने ज्ञान अवस्य छ। २०७४को संविधान अनुसार कुनै पनि पुरुषले महिलालाई कुनै पनि प्रकारको भेदभाव गर्न पाउदैन भने महिला यदि ३५ वर्ष सम्म अविवाहित रहेमा उनलाई पनि अंशको उत्तिनै हिस्सा मिल्नु पर्छ। यसको मतलब बुझ्नु पर्यो कि महिला र पुरुष प्रती हेर्ने नजर समान हुनुपर्छ कसैले कसै माथी कुनै हिंसा गर्नु हुदैन। जतिबेला घरपरिवार अनि समाजमा महिलाको सहभागीताको कुरा आउँछ त्यति बेला महिलालाई अग्रसर गराई अवसर दिनु पर्छ।…
झापा, २४ फागुन । कोरोनाको संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । सन् २०२२ को जनवरी र फेब्रुअरीमा नेपाल आउने पर्यटक संख्या सन् २०२१ को सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी रहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को पहिलो २ महिनामा कुल ३६ हजार ७४१ पर्यटक नेपाल आएका छन्, गतवर्षको सोही अवधिमा १८ हजार २० जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा १९ हजार ७६६ पर्यटक आएका छन् । यो सन् २०२१ को भन्दा दोब्बर बढी हो । गतवर्षको फेब्रुअरीमा ९ हजार १४६ पर्यटक नेपाल आएका थिए । यस्तै जनवरी महिनामा नेपालमा १६ हजार ९७५…
झापा, २४ फागुन । परराष्ट्रमन्त्री डा। नारायण खड्काले युक्रेनको सार्वभौमसत्ताको पक्षमा नेपाल उभिएको बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा। खड्काले युक्रेनको पक्ष लिनु भनेको युद्धको पक्ष लिनु नभएको प्रस्ट पारे । उनले भने, “पश्चिमा गठबन्धनमा सामेल हुने कुरा होइन, यो राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय सन्धिबमोजिम हो ।” उनले थपे, “युक्रेनमा रुसले गरेको आक्रमण कुनै राष्ट्रको सार्वभौमसत्ताविरुद्धको र विश्व शान्तिमा खलल पुर्याउने काम हो । नेपालको मत त्यही अतिक्रमणको विरोधमा थियो ।” यसै महिनाको सुरुवातमा युक्रेनमा भएको आक्रमणलाई लिएर रुसको निन्दा गरिएको प्रस्तावमाथि संयुक्त राष्ट्रसङ्घको प्रस्तावको पक्षमा नेपालले अन्य १४१ देशसँगै मतदान गरेको थियो । मतदानमा भारत र…
झापा, २४ फागुन । स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाका लागि ५० प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने माग महिला नेत्रीहरूको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा महिला नेत्री तथा आयोग पदाधिकारीहरूले यस्तो आवाज उठाएका हुन् । नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसालले स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने बताइन् । स्थानीय तहको प्रमुख, अध्यक्ष र वडाध्यक्ष पदका लागि धेरै महिला सक्षम भइसकेकाले प्रमुख पदमा कम्तीमा ५० प्रतिशत स्थान महिलाका लागि सुरक्षित गर्नुपर्ने नेत्री भुसालले बताइन् । स्थानीय तहको निर्वाचनमा प्रमुख, अध्यक्ष र वडाध्यक्षमा ५० प्रतिशत उम्मेदवार बनाउनुपर्ने मागसहित काँग्रेसमा अभियान थालिएको उनले बताइन् । निर्वाचन…
बिर्तामोड, २४ फागुन । झापाको बिर्तामोडमा नगरस्तरीय कोभिड–१९ सम्बन्धी संकट व्यवस्थापन समितिको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा सोमबार नगरपालिकाको हलमा सञ्चालन भएको कार्यक्रममा कोभिड १९ महामारीको शुरु देखि अहिले सम्मको नगरपालिकाको अवस्थाको बारेमा जानकारी गराइएको थियो ।नगरको स्वास्थ्य शाखाले कोभिड सचेतनाको विषयमा कोभिड बुलेटिन समेत प्रकाशन गरेको छ । बुलेटिनमा कोरोना संक्रमण पछि हुन सक्ने खतरा, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरेका गतिविधिहरुको बारेमा उल्लेख गरीएको छ । बिर्तामोड नगरपालिकामा हालसम्ममा कोरोनाबाट ज्यान गुमाउने संख्या ६७ रहेको छ । नगरपालिकामा पाँच हजार ८ सय ६७ जना कोरोना संक्रमण मुक्त रहेको र हाल सक्रिय…
झापा, २४ फागुन । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरिएको छ। फागुन १३, १४ र १५ गते बसेको कार्यकारिणी समितिको बैठकपछि यादवको अधिकार कटौती गरिएको हो । यो निर्णयसँगै जसपाभित्र चर्किएको विवाद केही मत्थर भएको छ। अबदेखि जसपाले निर्वाचन आयोगमा बुझाउने उम्मेदवारी मनोयन पत्र तथा जसपाले गर्ने हरेक निर्णयमा ३ जना नेता संघीय परिषद् का अध्यक्ष डा।बाबुराम भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईको सहमति अनिवार्य हुनुपर्ने निर्णय गरिएको छ। यस निर्णयबाट अबदेखि कार्यकारिणी अधिकार अध्यक्ष उपेन्द्र यादवसँग मात्र नरहेको भट्टराईपक्षीय नेताहरूको बुझाइ छ। उनीहरूको बुझाइमा कार्यकारिणी अधिकार अबदेखि संघीय परिषद्का अध्यक्ष भट्टराई,…
विर्तामोड,२३ फागुन । पाँचौ झापा गोल्डकप अन्तर्गत मंगलबारको खेलमा महिलाहरुले निशुल्क खेल हेर्न पाउने भएका छन् । झापा गोल्डकप आयोजक समितिले सोमाबर एक विज्ञप्ती जारी गर्दै एक सय १२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलाहरुले निःशुल्क हेर्न पाउने जनाएको हो । विज्ञप्तीमा भनिएको छ ‘समस्त आमा,दिदिबहिनीहरुप्रति सम्मान व्यक्त गर्दै समस्त महिलाका लागि भोलि फागुन २४ गते मंगलबार झापा गोल्डकपको खेल प्रतियोगिता निःशुल्क हेर्ने व्यवस्था मिलाइएको सबैमा जानकारी गराउदछौं । साथै यस अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनुहुन सबै महिलामा अनुरोध छ’ ।