
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, १६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए । उनले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गरे । उनले भने, “गठबन्धन दलसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ ।” केन्द्रीय सदस्य डा।कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई…
झापा, १६ माघ । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ। सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ। यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्ने गरिएको छ। माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुने गरेका छन्। विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ…
झापा, १६ माघ । सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अझैसम्म निकासा गरेको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध गराउने नीतिअनुसार आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन सरकारका अर्थमन्त्री विष्णु पौडेलले योगदान रकम सरकारले जम्मा गरिदिने घोषणा गरेका थिए । सरकारले यस्तो व्यवस्था गरेपछि सामाजिक सुरक्षा कोषले कम्पनीहरूलाई जेठ र असारको योगदानकर्ताले जम्मा गर्नुपर्ने रकम जम्मा गरिदिन नपर्ने सूचना जारी गर्यो । तर, अर्थ मन्त्रालयबाट हुनुपर्ने निकासा अहिलेसम्म नभएको कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले बताए । सामाजिक सुरक्षा कोषका अनुसार…
झापा, १६ माघ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको विवादबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ । घटनाबारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा हरिहर वस्तीको नेतृत्वमा ३ सदस्यीय टोली छानबिन गर्न प्रतिष्ठान पुगेको छ । छानबिन टोलीमा वस्तीसँगै काउन्सिलका अर्का एक सदस्य र विषयविज्ञ पनि छन् । गत पुस २९ गते दुर्घटना परी एउटा खुट्टा भाँच्चिएका सिरहाका ललितकुमार साहलाई अप्रेसन गरी रड लगाउने बेला डा रोशनप्रसाद साह कलवार र अन्य डाक्टरबीच झगडा गरेको थियो । डाक्टरहरूबीच झगडा भएकै कारण बिहान ९ बजे थिएटरमा लगिएका ती बिरामीलाई बेलुका ५ बजे मात्र अप्रेसन सकेर निकालिएको…
झापा, १६ माघ । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरेको हो । हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ । पाँच वर्षभन्दा माथिका बालबालिका पनि विद्यालय जाने र त्यहाँ भिडभाड हुने हुनाले सङ्क्रमणको उच्च जोखिममा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लक्षित…
झापा, १६ माघ । दूधको मूल्य तत्काल वृद्धि गर्न किसानले माग गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि सरकारलाई प्रतिवेदन बुझाइसकेको छ तर अझै त्यो कार्यान्वयमा नआएकोप्रति किसानसँग सम्बन्धित सङ्घसंस्थाले आपत्ति जनाउँदै सो माग गरेको हो । केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडले एक विज्ञप्ति जारी गरी दूधको मूल्य तत्काल वृद्धि नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । बोर्डले सरकारलाई मूल्य वृद्धिसम्बन्धी प्रतिवेदन बुझाएको एक महिनाभन्दा बढी भइसक्यो तर त्यसलाई कार्यान्वयमा आनाकानी गरिरहेको सङ्घका महासचिव रामप्रसाद आचार्यले बताए । तीन वर्षदेखि कच्चा दूधको मूल्य वृद्धि भएको छैन । यसबीचमा पशुलाई खुवाउने पराल,…
झापा, १६ माघ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या करिब १३ पुगेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले गत महिना आवेदन माग गरेको थियो । सोअनुसार पुस महान्तसम्म ती विद्यालयले आवेदन दिएका हुन् । केन्द्रले आएको आवेदन दिएका विद्यालयको विषयमा छानबिन शुरू गरेको छ । ८ अर्ब ८७ करोड रुपियाँको यो कार्यक्रम एकै वर्षमा खर्च हुने सरकारको महत्वकांक्षी बजेट हो । केन्द्रका महानिर्देशक चूडामणि पौडेलले पुस अन्तिमसम्म आएका आवेदनमाथि छानबिन शुरू भएको जानकारी दिए । उनका अनुसार करिब दुई साताभित्र सबै छानबिन गरी निर्देशक समितिको बैठक बस्ने तयारी छ । ‘आवेदनको अध्ययन गरी सर्ट लिस्टिङ…
बिर्तामोड, १५ माघ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको विर्तामोड–१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अस्पतालको तर्फबाट करिब १२ लाख मूल्य पर्ने एम्बुलेन्स प्रदान गरेका हुन् । बिर्तामोडमा आज एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले समाजका अध्यक्ष नविन विमलीलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । चावी हस्तान्तरण गर्दै प्रवन्धक दाहालले डा.सुनिल शर्माले यसअघि गरेको घोषणा बमोजिम सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरिएको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य ओम सरावगी, सहयोगी समाजका अध्यक्ष एवम् नेपाली कांग्रेस झापाका सचिव विमली, विर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग लगायतले एम्बुलेन्स प्रदान गरेर…
बिर्तामोड, १५ माघ । वीरता जेसीज बिर्तामोडले स्थापना दिवस मनाएको छ । सन् १९८१ मा स्थापना भएको वीरता जेसीजले स्थापनाको ४१औँ वर्षमा पहिलो पटक स्थापना दिवस मनाएको हो । वीरता जेसीज सन् २०२२ को अध्यक्षमा प्रविण खड्का निर्वाचित भएर कार्यभार सम्हालेसँगै खड्काले आफ्नो कार्यकालमा नयाँ कार्यको थालनीको रुपमा पहिलो पटक स्थापना दिवस मनाउन शुरु गरिएको बताए । सन् १९८१ मा वीरता जेसीज स्थापना भए पनि स्थापनाकाललाई भुल्दै गएकाले प्रत्येक वर्षको माघ १५ गतेलाई वीरता जेसीजको स्थापना दिवसको रुपमा मनाउन शुरु गरिएको उनको भनाइ छ । जेसीजले स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष जेसीआई सिनेटर गोपालकुमार बस्नेतलाई सम्मान गरेको छ । सन्…
भद्रपुर, १५ माघ । जिल्ला कारागार झापामा रहेका महिला कैदीबन्दीलाई सेनेटरी प्याड आज वितरण गरिएको छ । छोरी कृष्टिना प्रसार्इंको २० औं जन्मदिनको अवसरमा व्यवसायी श्याम प्रसाईं (एसपी)ले कारागारमा रहेका ७७ जना महिला कैदी बन्दीलाई सेनेटरी प्याड वितरण गरेका हुन् । कर्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, कारगार प्रमुख सावित्रा बस्नेत कार्की व्यवसायी समेत रहेका प्रसाई सहित उनको छोरी कृष्टिना, छोरा संकेतले संयुक्त रुपमा महिला कैदिबन्दीलाई सेनेटरी प्याड वितरण गरेका थिए । उनीहरुलाई एक वर्षसम्म पुग्ने गरी १२ प्याकेटका दरले ७७ जना कैदीलाई ९२४ प्याकेट सेनेटरी प्याड वितरण गरियो । कार्यक्रमममा कृष्टिनाले जन्मदिनको अवसरमा प्याड वितरण गर्न पाउँँदा खुसी…