
बिर्तामोड, १५ माघ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको विर्तामोड–१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अस्पतालको तर्फबाट करिब १२ लाख मूल्य पर्ने एम्बुलेन्स प्रदान गरेका हुन् ।
बिर्तामोडमा आज एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले समाजका अध्यक्ष नविन विमलीलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । चावी हस्तान्तरण गर्दै प्रवन्धक दाहालले डा.सुनिल शर्माले यसअघि गरेको घोषणा बमोजिम सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरिएको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य ओम सरावगी, सहयोगी समाजका अध्यक्ष एवम् नेपाली कांग्रेस झापाका सचिव विमली, विर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग लगायतले एम्बुलेन्स प्रदान गरेर सहयोग पुर्याएको भन्दै नोबेल अस्पतालका सञ्चालक डा.शर्माको सेवा भावको प्रशंसा गरे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



