
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १० माघ । नेपाल व्यापारी कर्मचारी संघ (युनिकम) ले आज नेतृत्व विकास तालिम प्रदान गरेको छ । झापाको बिर्तामोडमा आज संघमा आबद्ध सदस्यलाई एकदिवसीय नेतृत्व विकास तालिम प्रदान गरेको हो । तालिमको उद्घाटन उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का प्रवक्ता कुमार भट्टराईले गर्नु भएको थियो । उहाँले यस प्रकारको तालिमले मानिसको व्यक्तिगत र सामाजिक विकासमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा यूएनआइ नेपालका अध्यक्ष शंकर लामिछानेले कार्यक्रम सफलताको शुभकामना दिनुभयो । त्यस्तै, संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले व्यापार क्षेत्रमा काम गर्ने कामदारलाई घरेलु कामदारको रुपमा हेरिने गरेकोमा त्यसमा परिवर्तन आएको बताउनुभयो । ‘युनिकमले व्यापारिक क्षेत्रमा गरिने कामलाई स्मार्ट जब…
बिर्तामोड, १० माघ । झापाको झापा गाउँपालिकाले प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीलाई वार्षिक रू १२ प्रदान गर्दै आएको छ । प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताउनुभयो । उहाँका अनुसार जुनसकुै प्राविधिक विषय लिएर अध्ययन गर्ने विद्यार्थीले यो सुविधा पाउँछन् । विगत चार वर्षदेखि प्रत्येक वर्ष २५÷३० जनाले यो सुविधा लिँदै आएका छन् । यस वर्षसमेत सुविधा लिनका लागि निवेदन माग गरिएको अध्यक्ष शाहले बताउनुभयो । यस्तै, गाउँपालिकाले गत वर्ष कक्षा–११ मा अध्ययनरत सबै विद्यार्थीको मासिक शुल्क तिरिदिएको थियो भने यो वर्ष कक्षा–११ र १२ दुवै कक्षाका…
झापा, १० माघ । कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ । हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव तथा हेलो सरकारका प्रमुख छविलाल पाण्डेका अनुसार केन्द्रसँग सम्बन्धित एक हजार ९४९ वटा गुनासा दर्ता भएका छन् । सरकारले २०७७ माघमा सुरु गरेको नागरिक एप नचलेको–नखुलेको विषयमा गुनासो आएको पाण्डेले बताए। उनले भने, “नागरिक एप सुरु भएपछि…
झापा, १० माघ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । आव २०७७–७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैङ्कहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपियाँ बढी नाफा आर्जन गरेका हुन् । गत वर्ष सोही अवधिको तुलनामा बैङ्कहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ । यो वर्ष ग्लोबल आईएमई बैङ्क धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो बैङ्कले दुई अर्ब…
झापा, १० माघ । स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ । व्यापार घाटा मुलुकको कूल बजेटको आकारभन्दा ठूलो हुने देखिएको छ । चालु आर्थिक वर्ष २०७८–७९ मा मुलुकको कूल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको छ । ६ महिनामा नै व्यापार घाटा करिब ९ खर्ब रुपैयाँ पुगेको छ । यसरी हेर्दा एक वर्षमा व्यापार घाटा करिब १८ खर्ब रुपैयाँ पुग्ने देखिन्छ । यो बजेटको आकारभन्दा पनि ठूलो हो । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म व्यापार घाटा ८ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । पोहोर साल सोही अवधिमा…
झापा, १० माघ । कोभिड–१९ को डेल्टा भेरियन्टलाई प्रतिस्थापन गर्न सक्रिय रहेको ओमिक्रोन भेरियन्टको संक्रमण उच्च पाइएको छ। विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै अवस्था नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। डेल्टाभन्दा बढी संक्रामक रहेको ओमिक्रोनबाट संक्रमण हुनेको संख्या ह्वात्तै बढेको छ। एसजिन पोजेटिभ भएका नमुनाहरूको परीक्षण गर्दा ओमिक्रोनको पुष्टि हुने क्रम बढ्दो रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो संक्रमणमा एसजिन पोजेटिभ भएका मध्ये ८८ प्रतिशत ओमिक्रोन पाइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा जिन सिक्वेन्सिङका ३२ मध्ये २८ नमुनामा ओमिक्रोन संक्रमण देखिएको छ। बाँकी चारवटा नमुनामा डेल्टा…
विराटनगर, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न अपिल गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती ९शुशिल०ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । ‘स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवम् सम्पूर्ण प्रदेशसभा सदस्यहरुलाई माघ १२ मा हुने निर्वाचनमा गठबन्धनतर्फका उम्मेद्वारहरुः गोपालकुमार बस्नेतलाई रुख चिन्हमा, जयन्ती राईलाई कलम चिन्हमा र हेमराज राईलाई छाता चिन्हमा मतदान गर्न हार्दिक अपिल गर्दछौं,’ उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन अगावै गठबन्धनका उम्मेद्वारहरुको पक्षमा सम्पूर्ण शक्ति लगाएर परिचालित हुन…
बिर्तामोड, ९ माघ । झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टामा आधारभूत स्वास्थ्य केन्द्रको आज उद्घाटन गरिएको छ । केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख बिमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले गर्नुभयो । आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित चार कोठे पक्की भवनमा सुविधा सम्पन्न रहेको छ । “विकासको पहिलो आधार भनेको स्वास्थ्य सेवा नै हो”, नगर प्रमुख आचार्यले भन्नुभयो, “नगरपालिकाले स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिएको छ ।” ग्रामीण क्षेत्रका अधिकांश नागरिक गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित रहेको भन्दै उहाँले नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रले यो कमीलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख उप्रेतीले संविधानले प्रत्याभुत गरेको मौलिक अधिकार भित्र रहेको स्वास्थ्य सेवाले यस क्षेत्रको…
झापा, ९ माघ । आगामी ३ दिनसम्म मौसममा उल्लेख्य सुधार नआउने मौसमविदले बताएका छन् । अरब सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण आकाशमा बादल लागेको छ भने देशका केही स्थानहरुमा बर्षा भइरहेको छ । खासगरी मुख्य रुपमा पश्चिमी वायुको बढी सक्रियता रहेको छ भने जम्बु काश्मिरमा उत्पन्न भएको वायुको पनि नेपालमा प्रभाव परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका विभिन्न भागमा सामान्य देखि पूर्णरुपमा बदली रहेको छ । बाँकी प्रदेशका विभिन्न भागमा सामान्य बदली रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा समेत भइरहेको…
झापा, ९ माघ । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक बर्षको पहिलो अर्धवार्षिकमा ३ हजार ६ सय २७ मुद्धा दर्ता भएका छन् भने १९ करोड भन्दा बढी राजश्व संकलन भएको छ । समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । यस आर्थिक बर्षको गत ६ महिनामा मात्र ३ हजार ६…