
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २६ माघ । झापाको गौरादहमा आज श्रीमानले चलाएको मोटरसाइकलबाट लडेपछि श्रीमतीलाई ट्रकले चिक्दा घटनास्थलमै मृत्यु भएको छ । आज दिउँसो गौरादह नगरपालिका–१ गुरुङ चौकस्थित गौरादह–पाडाजुंगी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ३३२६ मोटरसाइकलबाट शिवसाताक्षी नगरपालिका–१ की ५३ वर्षीया हिमादेवी दाहाल अचानक लड्दा दक्षिणबाट उत्तरतर्फ जाँँदै गरेको मे.१ ख २६९८ नं. धान बोकेको ट्रकले किचेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो । मोटरसाइकल चालक मृतकका श्रीमान ५६ वर्षीय नन्दलाल दाहाल भने सकुशल रहेका छन् । दुर्घटनापछि ट्रक बाटो छेउमा पल्टेको थियो । ट्रक चालक गौरादह–१ का ३६ वर्षीय सन्तोष अधिकारी,…
मेचीनगर, २६ माघ । काँकरभिट्टामा बरामद भएको विष्फोटक पदार्थ नेपाल भित्राउने व्यक्ति म्याग्दीबाट पक्राउ परेका छन् । आज इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्तिका बारेमा जानकारी गराईएको हो । जिप्रका र इलाका प्रहरी काँकरभिट्टाको टोलीले २८ वर्षीय चिरण रोका मगरलाई माघ २१ ग्ते म्याग्दीबाट पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका रोका म्याग्दीको रुम स्थित मालिका गाउँपालिका–२ का स्थानीय हुन् । उनले पश्चिममा ढुंगा उत्खन्नका लागि विष्फोटक पदार्थ लगेको बयान प्रहरीले दिएको छ । रोक्काले यसअघि ३ पटक विष्फोटक पदार्थ नेपाल भित्राएको प्रहरीको भनाइ छ । उनले ०७२, ०७४ र ०७५ सालमा…
झापा, २६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण भएको छ । ५२३ जनाको पीसीआर परीक्षण गर्दा १०४ र ६७० जनाको एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा २६, सुनसरीमा २५, इलाममा ५, तेहृथुम, उदयपुर र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ९, सुन्दरहरैचा र बेलबारीमा ५–५, पथरीशनिश्चरेमा ३, रतुवामाई, रंगेली, लेटाङ, कानेपोखरी, उर्लाबारी, केराबारी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा ७, भद्रपुरमा ४, मेचीनगर र कमल गाउँपालिकामा ३–३, बाहृदशी र…
झापा,२६ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आगामी बैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइइ बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिइएको छ । स्थानीय चुनावको मितिसँग एसइइको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसइइको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । कोरोना महामारीले पठनपाठन प्रभावित भएको जनाउँदै बोर्डले नियमित समयभन्दा एक महिना ढिलो हुनेगरी परीक्षा सञ्चालन गर्न लागेको हो । बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई समेत लक्षित गरेर बैशाख…
झापा, २६ माघ । झापाको बुद्धशान्ति गाउँपालिकाले पाँच महिनामा पाँच वटा ऐन निर्माण गरेको छ । चालू आर्थिक वर्ष २०७८÷०७९ को साउनयता पाँच महिनाको अवधिमा पाँच वटै ऐन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेल जानकारी दिनुभयो । गाउँपालिकाले कृषि तथा पर्यटन ऐन, खानेपानी तथा सरसफाई ऐन, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन ऐन, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन र फोहोरमैला व्यवस्थापन ऐन निर्माण गरेको उहाँले बताउनुभयो । “शुरु–शुरुमा ऐन–कानून अभावका कारण स्थानीय सरकार सञ्चालन गर्न गाह्रो थियो”, उहाँले भन्नुभयो, “अहिले स्थानीय तह आफैँले कानून बनाउन थालेपछि सेवा प्रवाह सहज हुँदै गएको छ ।” आफू गाउँपालिकामा आएर कार्यभार सम्हालेसँगै कानून…
बिर्तामोड, २६ माघ । झापाली गायक अर्जुन खरेलको म्युजिक भिडियो ‘चमेली’ विमोचित भएको छ । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आज आयोजित कार्यक्रमका बीच साहित्य चौतारी बिर्तामोडका अध्यक्ष हस्त परियार, क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पित, डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसी लगायतले भिडियोको विमोचन गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि परियारले खरेलको गीत चमेलीले चमेली फूलझैं देश विदेशमा चर्चित हुन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै, विशिष्ठ अतिथि कल्पितले यो गीतले बालकदेखि बृद्धसम्म सबैको मन जित्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गीतको समीक्ष विवश बलिभद्र कोइरालाले गर्नुभएको थियो । उहाँँले गायक खरेलले १७ वटा भन्दा बढी…
विर्तामोड, २६ माघ । समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन हुनु भएको छ । मंगलबार विर्तामोडमा सम्पन्न भेलाले राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो । संगठनको उपाध्यक्षमा दिलिप थापा, सचिवमा रिता दाहाल, सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द ल्वागुन, कोषाध्यक्षमा कमल बुढाथोकी रहनु भएको छ। त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई चयन गरिएको छ । समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेस न १ का इन्चार्ज तीर्थ सिग्देलको अध्यक्षतमा सम्पन्न भेलालाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष…
झापा, २६ माघ । विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्डको परीक्षा हुने भएको छ । भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो । तर, २९ माघका लागि तय भएको परीक्षा कोरोना महामारीका कारण स्थतित भएकोमा भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेको हो । जसअनुसार २८ फागुन दिउँसो २ बजे लिखित परीक्षा तय भएको छ । तर परीक्षा केन्द्र निर्धारण भइसकेको छैन । भन्सार एजेन्टमा २२ वर्षपछि भर्ना खुलेको थियो । पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न…
झापा, २६ माघ । विदेशी विनिमय सञ्चितिमा ह्रास आइरहेका बेला गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप ल्याउन बैंकहरूलाई प्रोत्साहन गरे पनि बैंकहरूमा भने विदेशी मुद्राको निक्षेप घट्दै गएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा विदेशी मुद्राको निक्षेप ४ वर्षअघिकै विन्दुमा पुगेको छ । २०७५ असोजमा वाणिज्य बैंकहरूमा विदेशी मुद्राको निक्षेप ८७ अर्ब रुपैयाँ रहेकोमा २०७८ असोजमा १ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको थियो । त्यसपछि पुनः घट्दै २०७८ पुस मसान्तसम्ममा ९७ अर्बमा झरेको छ । नेपाल राष्ट्र बैंकको नीतिगत प्रावधानअनुसार एनआरएनका साथै विदेशी मुद्रा आर्जन गर्ने सर्वसाधारणहरूले विदेशी मुद्रामा निक्षेप राख्न पाउँछन् । विदेशी मुद्रा भित्र्याउने उद्देश्यले गत मङ्सिरमा…
झापा, २६ माघ । भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी गरिएको छ । सुन्दर यातायात प्रालिले ल्याउन लागेका बस भन्सार तिर्न नसकिएको भन्दै भारतमा बेच्न लागिएको हो । सरकारले कर छुट भने पनि भन्सारमा यातायात दस्तुरलगायतका विभिन्न शीर्षकमा कर थप भएपछि तिर्न नसकेर १८ वटा बस भारतको कर्सिस ग्रुपलाई बेच्ने सहमति भइसकेको यातायातका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो । उनले भने, “विद्युतीय सार्वजनिक बसलाई सरकारले कर छुटको घोषणा गरेर प्रोत्साहन ग(यो तर व्यवहारमा लागू भएन । हामीले एक करोड ५० लाख रुपियाँमा किनेको बसका लागि एउटा बसको नै ४० लाख…