
झापा, २ साउन । नयाँ आर्थिक वर्ष २०८३–८४ सुरु भएसँगै सरकारी कर्मचारीको बढेको तलब साउन १ गतेदेखि कार्यान्वयनमा आएको छ ।
सरकारले राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउने र महँगीको प्रभावलाई सम्बोधन गर्ने उद्देश्यले सुरु तलब स्केलमा १० प्रतिशत वृद्धि गरेको हो । साथै, कार्यसम्पादनका आधारमा १० प्रतिशत मासिक प्रोत्साहन भत्ता दिने व्यवस्था पनि लागू गरिएको छ ।
नयाँ व्यवस्थासँगै कर्मचारीको कुल पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि भएको सरकारले जनाएको छ । तलब वृद्धिपछि निजामती, जङ्गी तथा शिक्षक कर्मचारीको ग्रेडसहित न्यूनतम मासिक तलब करिब ४० हजार रुपैयाँ र उच्च तहको तलब १ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।
Facebook Comments Box


