
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ माघ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । सरकारमा रहेका दलहरुबीच फरक फरक धारणा सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि गठबन्धन संकटमा परेको हो । एमसीसीबारे पार्टी अध्यक्षको भूमिका दोहोरो भएको र पार्टीमा समेत छलफल नभएको भन्दै नैतिक प्रश्न उठाउन थालेपछि सरकारमा बसिरहने कि फिर्ता हुने भन्ने कोणबाट माओवादी केन्द्रभित्र छलफल सुरु भएको छ । प्रधानमन्त्री देउवा पक्षबाट सो पत्र सार्वजनिक भएको र गोपनीयता कायम नभएको भन्दै सत्ता गठबन्धनको प्रमुख घटक माओवादीले सरकार छाड्ने संकेत गरिसकेको छ । देउवाले माओवादी केन्द्रका नेता नारायणकाजी…
झापा, १२ माघ । नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय ९खराब० कर्जा दक्षिण एशियाका अन्य मुलुकको बैंकिङ क्षेत्रको तुलनामा सबैभन्दा कम देखिएको छ । विश्व बैंकको पछिल्लो तथ्यांकको आधारमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन०ले गरेको एक अध्ययनले यस्तो देखाएको हो । सन् २०२० मा नेपालका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अंश १ दशमलव ७ रहेको छ, जुन दक्षिण एशियाका अन्य मुलुकका बैंकिङ क्षेत्रको भन्दा निकै कम हो । दक्षिण एशियाली मुलुकहरूमध्ये पाकिस्तानको सबैभन्दा बढी निष्क्रिय कर्जा देखिएको छ । उक्त मुलुकको बैंकिङ क्षेत्रको कुल कर्जामा निष्क्रिय कर्जाको अंश ९ दशमलव २ प्रतिशत रहेको छ…
झापा, २४ माघ । एमसीसी अनुमोदन गर्नुपर्ने विषयले राजनीतिक वृत्त थप तरंगित बनेको छ। यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झन्डै सात महिनामा बालुवाटार पुगे। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे। यससँगै शीर्ष नेतृत्वबीच जुन संवादहीनता थियो, त्यो एक हदसम्म तोडिएको छ। यो भेटमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित रहे। ‘एमसीसीलाई चाँडै एउटा निष्कर्षमा पु¥याउने विषयमा सकारात्मक छलफल भएको छ’, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘एमसीसीको अहिले जुन भ्रम र आशंका छ यो अब छिट्टै हट्छ। एमसीसीले केही दिनमै निकास पाउँछ।’ राष्ट्रिय राजनीति…
बिर्तामोड, २४ माघ । झापाको बिर्तामोड नगरपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेलाई स्वागत गरीएको छ । नगरपालिकाको सभाहलमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई स्वागत गरिएको हो । उहाँलाई नगरप्रमुख ध्रवकुमार शिवाकोटी र उपप्रुमख पवित्रा महतारा प्रसाईले खादा लगाएर स्वागत गर्नु भयो । न्यौपाने सुनसरीको दुहबी नगरपालिकाबाट सरुवा भएर आइतबार बिर्तामोड आउनु भएको हो । प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल सरुवा भएर फिदीम नगरपालिका गएपछि रिक्त रहेको ठाउँमा आउनु भएका न्यौपानेले आइतबार देखिनै कार्यभार सम्हाल्नु भएको छ । स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बिर्तामोडमा जनप्रतिनिधि र कर्मचारी विच अहिलेसम्म कुनै पनि गुनासो नरहेको बताउनु…
झापा, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि आज सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष लिङ्देनले पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको बताएका हुन् । निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनले सो विषयलाई निकट भविष्यमै टुंगोमा पुर्याउने बताए । पार्टीको कार्यकर्ता र शुभेच्छुकहरुलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने उनले बताए । उनले भने– ‘अहिले कोहीपनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन । निवर्तमान अध्यक्षजीसँग केही विषयहरु छन्, त्यस विषयमा…
झापा, २३ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीमण्डल विस्तार गरेका छन् । ८ जना नयाँ मन्त्री थप गर्दै बनेको अबको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् । मन्त्रिपरिषदमा आज नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुई जना मन्त्री थप भएका हुन् । प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भए । थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, हाङ्गामलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।…
भद्रपुर, २३ माघ । भद्रपुर नगरपालिकाको वडा नं– ८ स्थित भानु प्राथमिक विद्यालयलाई बेलायती दाता संस्था ‘सेभ द स्कूल फाउण्डेशन’ले एउटा डेस्कटप कम्प्युटर, एउटा लेजर प्रिन्टर, ६ वटा ह्वाइट बोर्ड र मार्कर तथा छात्र–छात्राका लागि स्टेशनरी सामग्री प्रदान गरेको छ । दाता संस्थाका सक्रिय सदस्य लण्डन निवासी विनोद नेउपानेको विशेष पहलमा विपन्न वर्गका छात्र–छात्राहरू पढ्न आउने भानु प्राविलाई ती सहयोग सामग्री प्रदान गरिएको हो । यूके.कै ‘रे अफ् होप’ नामक संस्था समेत आबद्ध सो फाउण्डेशनले झापामा प्रदान गरेको यो सहयोग पहिलो हो । भद्रपुर नगरपालिकाका ८ न. वडाका अध्यक्ष गौरव सुब्बा (मनोज)को प्रमुख आतिथ्यमा ती सहयोग सामग्रीहरू माघ २१ गते…
बिर्तामोड, २३ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय युवा मञ्च,नेपालको संयोजकमा ज्वाला इम्बुङ चयन भएका छन् । संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल भातृ संगठन विभागको आयोजना तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल जिल्ला कार्यसमिति झापाको सह आयोजनामा बिर्तामोडमा भएको अरुण पूर्वका नौ वटै जिल्लाका युवाको भेलाले इम्बुङको संयोजकत्वमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान प्रान्तीय युवा मञ्च,नेपालको तदर्थ समिति गठन गरिएको संघीय लिम्बुवान प्रान्तीय मञ्चका सचिव तथा भातृ संगठन विभागका सदस्य धनबहादुर पन्धाकले जानकारी दिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय युवा मञ्च,नेपालको इन्चार्जमा राजु राई, सहसंयोजक त्रय आधार घिमिरे, सुमनहाङ चेम्जोङ, मिक्सम मिभक र…
झापा २३ माघ, I वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार सरस्वती पूजाकै दिन ‘मल्टी अर्गान फेलर’का कारण मंगेसकरकाे निधन भएकाे भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएकाे छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो अस्पताल भर्ना गरिएको थियो । यस अघि उहाँलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि उहाँलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आएपछि हिजो भेन्टिलेरमा राखेर उहाँको उपचार थालिएको थियो । लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थाल्नु भएको थियो । उहाँले ३० हजार भन्दा धेरै गीत गाइसक्नु…
बिर्तामोड, २३ माघ । झापा दमक नगरपालिका–१ डाँडागाउ एकता टोलका २६ वर्षीय प्रकाश सिटौलालाई लागुऔषध सहित पक्राउ गरिएको छ । हिजो बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट NITRAVET ७५ ट्याब्लेट र ESKUF 100 ml को ७ बोतल फेला पारेको थियो । पक्राउ परेका सिटौलालाई ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।