
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ माघ । जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ३ बजे घरको बरन्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उनी गम्भीर घाइते भएका थिए । घाइते कार्कीको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ । पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउन गएका ६३ वर्षीय गणेशबहादुर अधिकारीलाई जङ्गली हात्तीले मारेको…
झापा, १७ माघ । यही फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपले तयारी सुरु गरेको छ । आज बसेको झापा गोल्डकपको कार्यसमितिको बैठकले पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । आयोजक समितिमा जिल्लाका प्रतिष्ठित व्यवसायी, उद्योगी, समाजसेवी तथा खेलप्रेमी रहने जनाइएको छ । कोरोनाको तेस्रो लहरले गोल्डकपको आयोजनाबारे जनमानसमा अन्योल रहेकोप्रति बैठकले सुनिश्चित गरिदिएको छ । संक्रमण कम हुँदै गएकाले फागुन २१ गतेबाट नै गोल्डकप सञ्चालन हुने अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । ‘हामीले तयारी सुरु गरिसकेका छौँ’, बस्नेतले भने, ‘भर्खरै आहा रारा गोल्डकप पनि दर्शकको उपस्थितिमै भएको र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण…
धरान, १७ माघ । सुनसरीको धरान उप(महानगरपालिका(१३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान(१९ का २६ बर्षीय जनम मगर, धरान(३ का २० बर्षीय सारङ खड्गी र २२ बर्षीय राजिव मगर रहेका छन । संघीय प्रहरी इकाई कार्यलय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजहरुबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको…
सन्तोष शर्माझापा, १७ माघ । झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । वैदेशिक रोजगारको सिलसिलामा दुईब, साउदी, कतार लगायतका मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको नेपाल कुष्ठरोग संगतिका झापा कार्यक्रम इञ्चार्ज पर्शुराम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा चालू आव २०७८÷०७९ को पुस मसान्तसम्म त्यस्ता पाँच जना कुष्ठरोगी फेला परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक नगरपालिका र बिर्तामोड नगरपालिकामा एक÷एक जना त्यस्ता कुष्ठरोगी फेला परेका हुन् । उनीहरुको रोग पहिचानपछि उपचार सुरु भइसकेको छ । यसबाट वैदेशिक रोजगारीमा जानेहरु समेत कुष्ठरोगको जोखिम रहेको देखिन्छ । “विदेशमा काम गर्ने क्रममा धेरै जना एउटै कोठामा…
पाँचथर, १६ माघ । पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धा मृत फेला परेकी छन् । फिदिम नगरपालिका–१ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ फिदिम नगरपालिका–२ तालखर्कको ठाडे खोल्सीमा मृत फेला परेकी हुन् । तामाङ माघ ११ गतदेखि हराइरहेकी थिइन् । खोजी गर्ने क्रममा आज दिउँसो १२ः४० मा तामाङको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दमक, १६ माघ । नेकपा (माओवादी केन्द्र) दमकले ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अभियान सुरु गरेको छ । पार्टीको महाधिवेशनपछि कार्यकर्तामा ऊर्जा ल्याउन दमक नगर समितिले एक वर्षे कार्ययोजना ल्याउँदै ‘जहाँ समस्या, त्यहाँ माओवादी’को नारा ल्याएको हो । दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएका कारण पनि माओवादीले पार्टीको क्रियाशीलता बढाएको हो । पार्टीको संगठन सुधार गर्न र जनताको समस्यालाई प्रत्यक्ष सहभागितामा समाधान गर्न यो अभियानको सुरुवात गरिएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले जानकारी दिए । ‘हाम्रो आधार श्रमजीवी र सर्वहारा वर्गका जनता हुन् । उनीहरूको समस्यामा हामी अघि सर्नुपर्छ । उनीहरूको समस्याबाट भागेर पार्टी कहीँ पुग्दैन,’ बस्नेतले…
झापा, १६ माघ । झापामा आज ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । झापाको दमकमा १५, कनकाईमा १०, अर्जुनधारा र भद्रपुरमा ६–६, विर्तामोड र मेचीनगरमा ४–४, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, बा¥हदशीमा २, गौरादह र स्थानीय तह नखुलेका १–१ मा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६२ जनामा कोरोना संक्रमण भएको छ । ६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा ३,…
झापा, १६ माघ । झापा मेचीनगर नगरपालिकाका चिया मजदुरलाई सुधारिएको चुल्हो वितरण गरिएको छ । मेचीनगर नगरपालिकाको समन्वयमा वातावरण संरक्षण केन्द्रले चिया बगानमा कार्यरत अतिविपन्न परिवार छनौट गरी एक–एक थान सुधारिएको चुल्हो वितरण गरेको हो । दाउराको खपत कम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले परीक्षण स्वरुप पहिलो चरणमा एकसयभन्दा बढी परिवारलाई सुधारिएको चुल्हो वितरण गरिएको नगरप्रमुख विमल आचार्यले बताउनुभयो । नगरपालिकाले १५ सय बढी चुल्हो केन्द्रसँग माग गरेको छ । केहीदिनमा नगरपालिकाको १५ वटै वडाबाट अतिविपन्न र चिया बगानमा कार्यरत मजदुरहरुको परिवार छनौट गरी एक–एक थान सुधारिएको चुल्हो वितरण गरिने योजना रहेको छ ।
झापा, १६ माघ । दाङका ३० वर्षीय ऋषि परियारले मेची महाकाली उल्टो पैदल यात्रा थालेका छन् । स्वास्थ्यका लागि मेची महाकाली उल्टो पैदल यात्रा नाम दिइएको यो यात्राको सुरुवात उनले नेपालको पूर्वी नाका काँकरभिट्टा बाट गरेका हुन् । दाङ तुलसीपुर नगरपालिका वडा नंं ३ रानागाउँका ३० वर्षीय परियारले शनिबारदेखी सुरूगरेका मेचीमहाकाली उल्टो पैदल यात्रा करीब दुई महिना सम्ममा सम्पन्न गर्ने बताए । परियारले कोरोनाबाट मुक्त भएर हरेक नागरिक मास्क रहित हिडडुल गर्न सकौं भन्ने सन्देश सहित मेचीमहाकालीको उल्टो पैदल यात्राको सुरुवात गरेको जनाए । परियारले यस अघि हातले टेकेर विश्व रेकड (गिनिज बुक) मा नाम लेखाइसकेका छन् ।
झापा, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ । देशको राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गम्भीर बन्दै गएको भन्दै खबरदारी स्वरुप सो पार्टीले विरोध प्रदर्शन गर्न लागेको हो । पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले विज्ञप्ति जारी गर्दै एकातिर अमेरिकी साम्राज्यवादले एमसीसी परियोजना थोपर्ने धृष्टता गर्दै आएको र अर्कोतिर भारतीय विस्तारवादले लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज अतिक्रमण गरेको जनाएका छन् । गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस संसदबाट एमसीसी पारित गराउन लागि परेको तथा अतिक्रमित लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाउँदा र त्यसको विस्तार गर्दा पनि पाँच…