
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १८ माघ । झापामा सशस्त्र प्रहरीले ठूलो परिणामको बारुदजन्य विस्फोटक पदार्थ बरामद गरेको छ। भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपाल नामक संस्थाले प्रेसर कुकर बम राखेर आतङ्क मच्चाई राखेको अवस्थामा सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका– ७ स्थित गैरीगाउँबाट मंगलबार बिहान विस्फोटक पदार्थ बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्रको टोलीले विशेष सूचनाको आधारमा नेपाल–भारतको सीमा पिलर ९०र१ र ९०र२ नम्बरको बीच मेची नदीको बालुवा गाडिएको अवस्थामा विस्फोटक पदार्थ फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका प्रवक्ता तथा डिएसपी प्रेम भण्डारीले जानकारी दिए। बरामद गरिएको विस्फोटक पदार्थमा इलेकट्रोनिक्स डेटोनेटर ८० थान…
झापा, १८ माघ । सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । ईपासपोर्ट बनाउन अनिवार्य गरिएपछि सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा बस्नुपर्ने अवस्था सृजना भएको थियो । काठमाडौंको पाँचवटा नगरपालिका र देशभरका अन्य २८ वटा पालिकाबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण कार्यले अरु पालिकाबाट पनि सुरु गर्ने तयारी गरिएको छ ।
झापा, १८ माघ । निर्वाचन आयोगले २०७९ जेठ ४ गते बुधबार दिन स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव पेस गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगले ६ पृष्ठ लामो प्रस्ताव पेस गरेका हो । २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको पदावधि नेपालको संविधान बमोजिम २०७९ जेठ ५ मा समाप्त हुने भएकाले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार र आयोगको संवैधानिक एवम् कानुनी दायित्व भएको आयोगले सरकारलाई स्मरण गराएको छ । स्थानीय तह निर्वाचन ऐन,…
झापा, १८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा ७, उदयपुरमा ६, भोजपुर र इलाममा ३–३, तेहृथुममा २, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ९७, बेलबारीमा ७, पथरीशनिश्चरेमा ५, उर्लाबारी र सुन्दरहरैचामा ४–४, मिक्लाजुङमा ३, कटहरी, जहदा र स्थानीय तह नखुलेका २–२, कानेपोखरी, सुनबर्षी, ग्रामथान, रंगेली र बुढीगंगामा…
झापा, १८ माघ । सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।
भद्रपुर, १८ माघ । नेपाली कांग्रेस भद्रपुर ९ नम्वर वडा समितिको आयोजनामा भएको भेलाले ताराचन राजवंशीको सभापतित्वमा २३ सदस्यीय गोजा टोल समिति गठन गरेको छ । समितिको उपसभापति उमेश राजवंशी र धनन्जय राजवंशी, सचिव डुलिचन राजवंशी र राजु राजवंशी, स–सचिव अमृत राजवंशीलाई निर्विरोध चयन गरिएको हो । यसैगरी सदस्यहरूमा क्रमशः अनिता राजवंशी, राम राजवंशी, धनसिंह राजवंशी, झिरल राजवंशी, देवेन राजवंशी, अर्जुन राजवंशी, कातिक राजवंशी, विजय राजवंशी, टपट राजवंशी, पोखोल राजवंशी, टिकेन्द्र राजवंशी, व्रत राजवंशी, शुकलाल राजवंशी, देवेन राजवंशी (सपन), शंम्भु राजवंशी, निरल राजवंशी र सिरू राजवंशी सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली काँग्रेस भद्रपुर ९ नम्वर वडा सभापति चेतनाथ भट्टराईको…
भद्रपुर, १८ माघ । पछिल्ला केही महिनायता हात्तीको उपद्रो तीव्रगतिमा बढ्दै गएको पूर्वउत्तरी झापाका पीडितहरूले ठहर गर्दै समस्या हल जगी धनजन सुरक्षाको मागराखी सरकारका ७ निकायलाई ज्ञापनपत्र बुझाएका छन् । हात्ती पीडित संघर्ष समिति बुद्धशान्तिका संयोजक भवानीप्रसाद ढकालको नेतृत्वमा आएको टोलीले अविलम्व समस्या समाधान गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालय, वन डिभिजन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा हरेक रात बस्तीमा पसेर घर टहरा लायत धनजनको क्षति दिनहुँ बढेको, पीडितलाई राहत दिने प्रकृया ढिलो हुँदा पीडामाथि पीडा थपिएको, रैथाने रूपमा रहेका हात्तीको झुण्डलाई व्यवस्थापन गर्ने नीति लिएर…
बनियानी, १८ माघ । झापाको कचनकवल गाउँपालिकाले स्वास्थ्य स्वयम्सेविकालाई साइकल उपलब्ध गराएको छ । स्वास्थ्य स्वयम्सेविकाहरुको कामलाई सहज र छिटो–छरितो बनाउने उद्देश्यले उनीहरुलाई गाउँपालिकाले साइकल वितरण गरेको हो । गाउँपालिकामा हाल सेवारत् ६१ जना र वर्षौसम्म सेवा पुर्याएर हाल अवकाश भएका सातजनासमेत ६८ जनालाई आज एक संक्षिप्त कार्यक्रमका बीच साइकल वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम, उपाध्यक्ष निमसरी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत कुमार वस्नेत, योजना शाखा प्रमुख केशव मैनालीलगायतले स्वयम्सेविकाहरुलाई साइकल हस्तान्तरण गर्नुभएको थियो । गाउँपालिकाको वार्षिक योजना अनुसार स्वयम्सेविकालाई साइकल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार वस्नेतले जानकारी दिनुभयो ।…
मोरङ, १८ माघ । मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १६ गते पुष्टि भएको विभागका निमित्त महानिर्देशक लेखराज दाहालले जानकारी दिए । उनका अनुसार उक्त स्थानमा सङ्क्रमण फैलन नदिन विभागले तत्काल नियन्त्रणमा लिन सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पक्षी तथा रोेग सार्न सक्ने अन्य वस्तु समेत आइतबार नै नष्ट गरिएको छ…
बिर्तामोड, १७ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मेचीनगर–११ का २३ बर्षीय सेवन उराउ पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उराउलाई संका लागि चेकजाँच गर्दा निजको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका उराउको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।