
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ११ माघ । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले पुनः ‘मास्क बैंक’ सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्वल समेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताए । उनका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरेको थियो । कोभिडको जोखिम न्यूनीकरणपछि बन्द गरिएको कार्य आजदेखि पुनः सञ्चालनमा आएको हो । बैंकबाट विहान ७ बजेदेखि १० बजेसम्म स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण हुँदै आएको छ । बैंकमा विगतमा रेक्रडसका आजीवन…
बिर्तामोड, ११ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ‘हर पहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटना बढेको भन्दै सोको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा ‘हर पहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाईंले जानकारी दिनुभयो । जिल्लाभर रहेका १९ वटा टा«फिक प्रहरी बिटमा कार्यरत् ट्राफिक प्रहरीलाई परिचालित गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँले बताउनुभयो । माघ ४ गतेदेखि सञ्चालित अभियान अन्तर्गत ग्रामीण भेगका ३८ स्थानका सडकमा ट्राफिक चेकिङ, सवारी चालक, सहचालक र सर्वसाधारण गरी एक हजार छ…
बाइक राइडरहरुका लागि दुबईमा रोजगारीको सुनौलो अवसर
धनकुटा, ११ माघ । धनकुटाको धनकुटा नगरपालिका(४ छारागाँउका ५५ बर्षीय सिताराम श्रेष्ठ, श्रीमतीको कर्तब्य गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन । गत पौष १६ गते बेलुका ५ बजे देखि धनकुटा ४ कि ५५ बर्षीया सिता श्रेष्ठ हराई बेपता भएको हुलिया निबेदन परेसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाले खोजतलास शुरु गरेको थियो । खोजतलासकै क्रममा श्रीमान समेत घरबाट हराएको पाएसंगै सुक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले सिताराम श्रेष्ठलाई काठमाण्डौबाट माघ ९ गते पक्राउ गरेको थियो । श्रेष्ठ पक्राउ परेसंगै सोधपुछको क्रममा श्रीमतीलाई आफैले हत्या गरी घर भित्र नै गाडेको भनी बयान दिएसंगै उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक सहितको…
झापा, ११ माघ । स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन गराउने प्रमुख संवैधानिक निकाय निर्वाचन आयोग र सरकारबीच द्वन्द्व सिर्जना हुने देखिएको छ । सरकार र आयोग दुवै पक्षको सहकार्य र समन्वयमा मात्रै निर्वाचन सम्पन्न हुन सक्छ तर स्थानीय तह निर्वाचनको विषयलाई लिएर आयोग र सरकारबीच सहकार्य र समन्वयभन्दा पनि द्वन्द्व र वैमनस्यता बढ्ने देखिएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूसँगको छलफलकै आधारमा स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गते गर्न सरकारलाई प्रस्ताव गरिसकेको छ । तर सरकारले आयोगको प्रस्तावलाई रद्दीको टोकरीमा मिल्काएर आयोगले प्रस्ताव गरेको भन्दा पाँच महिनापछि स्थानीय तहको निर्वाचन गराउने गृहकार्यमा जुटेपछि सरकार र आयोगबीच द्वन्द्व…
झापा, ११ माघ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएका छन् । त्यसै क्रममा केशर पुस्तकालयलाई एउटा कुनामा सीमित बनाएर केशर महल र त्यसले चर्चिएको समग्र जग्गालाई व्यापारिक प्रयोजनमा लगाउने योजनाको प्रारूप तयार गरिएको छ । केशर महलको पुनर्निर्माणपछि त्यहाँको संरचना के कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदनको प्रारूपबारे गत साता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च पदाधिकारीहरूसँग स्वप्न बगैँचामा ब्रिफिङ’ भएको थियो । ब्रिफिङमा केशर…
झापा, ११ माघ । कर्णाली कोरिडोर कालिकोटको खुलालुदेखि सुरु हुन्छ । उत्तरको छिमेकी चीनसँग जोड्ने यो सडकको १२२।७५ किलोमिटर खण्ड तयार भए पनि कर्णाली नदी माथिको नहुँदा यातायातका साधन न्यून गुड्थे । हेलिकोप्टर र फेरीबाट तारिएका केही सीमित साधनका कारण ढुवानी पनि महँगो थियो । पुल सञ्चालनमा आएसँगै प्रदेश राजधानी सुर्खेतबाट हिँडेको गाडी कालिकोट मात्रै होइन सुदूरपश्चिमको बाजुरा हुँदै हुम्लासम्म पुग्न थालेका छन् । यसबाट कर्णाली नदी पारिका बासिन्दालाई यात्रासँगै दैनिक उपभोग्य वस्तु खरिद बिक्रीमा सहज भएको छ । २०७१ चैत ९ गते काम सुरु गरेको नेपाली सेनाले कालिकोट खण्डको ४० किलोमिटर, सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा खण्डको ४४ किलोमिटर र…
बिर्तामोड, ११ माघ । अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ । सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी छवि रिजाल र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा।टंक बारकोटीलाई हस्तान्तरण गरेका हुन् । जिल्लामा कोभिड–१९ को तेस्रो भेरियन्टका कारण सङ्क्रमितको सङ्ख्या बढिरहेको हुँदा बिरामीलाई थप राहत पुग्ने उद्देश्यले अस्पताललाई भेन्टिलेटर सेट हस्तान्तरण गरिएको नरेसो जिल्लाका सभापति ढकालको भनाइ छ । उनले भेन्टिलेटर सेटलाई आवश्यक पर्ने ९० थान एक्सेसोरिज प्रदान गरिएको जानकारी दिए । अस्पतालमा यो सहित १८ वटा भेन्टिलेटर सेट भएका छन् । रासस
बिर्तामोड, ११ माघ । वीरता लेडी जेसीजले स्थापना दिवसको अवसरमा संस्थापक सदस्यहरुलाई सम्मान गरेको छ । सन् २००४ मा झापाको बिर्तामोडमा वीरता जेसीजको मातृत्वमा स्थापना भएको वीरता लेडी जेसीजले १८ औं स्थापना दिवसको अवसरमा वीरता लेडी जेसीजका ३७ जना संस्थापक सदस्यहरुलाई सम्मान गरेको हो । वीरता लेडी जेसीजले संस्था स्थापना र सञ्चालनका सुरुवाती संघर्षपूर्ण दिनहरुमा संस्थालाई गर्भावस्थादेखि किशोर अवस्थासम्म ल्याईपुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पहिलो पटक संस्थापक सदस्यहरुलाई सम्मान गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् । संस्थापक सदस्यहरुले नै गर्दा वीरता लेडी जेसीज झापाको अग्रणी महिला संस्थाको रुपमा परिचित रहेको बताउँदै उनले संस्थापक सदस्यहरुको योगदानलाई संधै स्मरणीय…
झापा, १० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा ७, उदयपुरमा ६, इलाममा ४, खोटाङमा ३, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४५ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २७६, बेलबारीमा ३६, सुन्दरहरैचामा १४, बुढीगंगामा १०, कटहरी, उर्लाबारी र स्थानीय तह नखुलेका ५–५, ग्रामथान र पथरीशनिश्चरेमा ४–४, कानेपोखरीमा…