
बिर्तामोड, ११ माघ । अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ ।
सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी छवि रिजाल र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा।टंक बारकोटीलाई हस्तान्तरण गरेका हुन् ।
जिल्लामा कोभिड–१९ को तेस्रो भेरियन्टका कारण सङ्क्रमितको सङ्ख्या बढिरहेको हुँदा बिरामीलाई थप राहत पुग्ने उद्देश्यले अस्पताललाई भेन्टिलेटर सेट हस्तान्तरण गरिएको नरेसो जिल्लाका सभापति ढकालको भनाइ छ ।
उनले भेन्टिलेटर सेटलाई आवश्यक पर्ने ९० थान एक्सेसोरिज प्रदान गरिएको जानकारी दिए । अस्पतालमा यो सहित १८ वटा भेन्टिलेटर सेट भएका छन् । रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



