झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ७–७, इलाम र झापामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ७, सुनसरीको इटहरीमा ४, धरानमा २ र इनरुवामा १, इलामको इलाम नगरपालिका र झापाको कमल गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका…

Read More

बिर्तामोड, २२ पुस । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिमबंगाल दार्जीलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिनुभयो । भारतीय नम्बर प्लेटको डब्लूबी६४यू ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार गोपेलाई शंका लागेर चेकजाँच गर्दा १२ ग्राम ब्राउनसुगर बरामद भएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ भने म्याद थपका लागि जिल्ला अदातल झापा पठाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

Read More

पाँचथर, २२ पुस । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ । उक्त आगलागीमा तीन घर र ६ वटा पसल जलेर नष्ट हुँदा रु एक करोड ९० लाख बराबरको क्षति भएको छ । गएराति १०ः ४० बजे बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बा लिम्बूका घरमा ‘विद्युत् चुहावट’ भई घरबाट आगलागी सुरु भएको थियो । आगलागीमा उनको दुई तले घर, दुग्ध डेरी, किराना पसल र नगद रु सात लाख तथा सोही घरमा रहेको नेपाली कांग्रेस फालेलुङ–६ को वडा कार्यालय जल्दा रु ५७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै उक्त आगलागी छिमेकी रामजीत राई…

Read More

बिर्तामोड, २२ पुस । झापाको मेचीनगर–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मेचीनगर–७ का केशव पाठकको घरमा आगलागी हुँदा आगो निभाउन जाँदा घरमा रहेको ग्यास सिलिण्डर पड्किएर मेचीनगर–८ की ४५ वर्षीया शारद राजवंशी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । गम्भीर घाइते भएकी शारदाको उपचारका लागि धुलाबारीस्थित एञ्जल मेडिकल पुर्याउन साथ मृत्यु भएको थियो । सिलिण्डर पड्किँदा आगो निभाउन गएका सोही स्थानका ४० वर्षीय लेखनाथ तिमल्सिना, बिर्तामोड–९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर–७ का ३२ वर्षीय…

Read More

बिर्तामोड, २२ पुस । पूर्वी नाका काँकडभिट्टामा मेचीनगर नगरपालिकाको काँकडभिट्टा हेल्थ हेल्प डेस्क सञ्चालनमा आएको छ । सुविधा सम्पन्न र बेडसहितको काँकडभिट्टा हेल्थ हेल्प डेस्कको नगर प्रमुख विमल आचार्यले बुधबार उद्घाटन गरे । मेचीनगर नगरपालिकाको पहलमा स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको करिब ५० लाख रुपैयाँ हेल्थ डेस्क निर्माणका लागि विनियोजन गरिएको थियो । त्यसमा ४१ लाख ८४ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । सबै सीमा क्षेत्रहरूमा स्वास्थ्य चेकजाँच गर्नका लागि नेपाल सरकारले धेरै वर्ष अघिदेखि ठाउँ ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरेको भन्दै नगरप्रमुख आचार्यले कहिले औलो, कहिले कालो ज्वरो, कहिले दादुरा तथा कहिले…

Read More

झापा, २२ पुस । सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध ६ करोड ८७ लाख रुपैयाँ बिगोसहित सजाय कायम गरी विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विष्ट दम्पतीका नाममा काठमाडौँ, ललितपुर, भक्तपुर, दाङ, कैलाली, कञ्चनपुर, कास्की लगायत ३२ स्थानमा घरजग्गा रहेको पाइएको छ । कतिपय स्थानमा विष्टका नाममा, कतिपय स्थानमा उनकी पत्नीका नाममा, कतिपय स्थानमा दुवै जनाको नाममा घरजग्गा…

Read More

झापा, २२ पुस । नेपालमा हराएका बालिकालाई भारत पु(याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको छ । कोठीबाट उद्धार गरिएका बालिका तथा महिलाको शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उजुरीका क्रममा बताउने गरेका छन् । २०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पु(याइएको थियो ।…

Read More

बिर्तामोड, २२ पुस । नेपाल प्रेस युनियन झापाले स्थापना गरेको अक्षयकोषमा झापा अर्जुनधारा–८ का राजनीतिक एवं सामाजिक ब्यक्तित्व भरत बुढाथोकीले २० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । अर्जुनधारामा आयोजित संक्षिप्त कार्यक्रममा युनियनका झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व अध्यक्ष कृष्ण हुमागाई, संस्थापक सदस्य दिपक ढकाल, केन्द्रीय पार्सदहरु यज्ञप्रसाद पाठक, रेजिना गौतमलाई बुढाथोकीले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा नेपाली कांग्रेस अर्जुनधारा नगर समितिका उपसभापति चतुरर्भुज काफ्ले, कृष्ण थापा लगायतको उपस्थिति रहेको थियो । प्रेस युनियनले संस्थाका गतिविधि सञ्चालन एवं पत्रकारहरुको क्षमता अभिबृद्धि, स्वास्थ्य उपचार लगायतका सर्वाङ्गीण लक्ष राखेर अक्षयकोषको सुरुवात गरेको हो ।

Read More

बिर्तामोड, २२ पुस । नेकपा एमाले झापाको पुस २३ र २४ गते हुने १० औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । एमाले झापाको अधिवेशनको आवश्यक तयारी पुरा भएको कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए । ढुङ्गेलले १० औं जिल्ला अधिवेशनमा खुलासभा नहुने जानकारी दिए । उनका अनुसार यस पटकको अधिवेशनमा प्रतिनिधिहरु मात्रै सहभागी हुने छन् । अधिवेशनका लागि प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको छ । उनले दिएको जानकारी अनुसार अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी हुने छन् । मञ्च व्यवस्थापन, प्रतिनिधिहरुलाई दिइने सामग्री, राजनीतिक तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनको तयारी समेत पुरा भइसकेको उनको भनाई छ । १९…

Read More

झापा, २२ पुस । झापा केरा खेतीमा आत्मनिर्भर बनेको छ । कृषि ज्ञान केन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामा समेत निर्यात हुन थालेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा केरा खेती विस्तारका लागि संघीय सरकारमार्फत केरा खेती पकेट क्षेत्र सञ्चालन भइरहेको छ । जसबाट कृषक समूह, कृषि फर्मलाई अनुदान कार्यक्रम दिइँदा केरा खेती बर्सेनि बढिरहेको छ । उनका अनुसार गत आर्थिक वर्ष ०७७–०७८ मा झापामा एक हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती भएको थियो । जहाँ ३७ हजार मेट्रिक टन केरा उत्पादन भएको उनले बताए । जुन आर्थिक वर्ष ०७६–०७७ को…

Read More