
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
फिदिम । फिदिम -७ स्थित रानिटारको बराजु रंगशालामा जारी प्रथम ल्होसार महिला गोल्डकप प्रतियोगिताको उपाधि झापाले हात पारेको छ । बिहीबार अपराह्न भएको फाइनल खेलमा द सेभेन युथ क्लब धनकुटालाई १–० गोलअन्तरले हराउँदै झापाले उपाधिमाथि कब्जा गरेको हो। खेलको ३६ औं मिनेटमा झापाका तर्फबाट कुशुम खतिवडाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । कुशुमले फ्रिकिकबाट आएको बल कब्जामा लिएर पोस्टतर्फ प्रहार गर्दा गोल भएको थियो ।विजेता झापाले नगद ५० हजार र उपविजेता धनकुटाले ३० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र पाएका छन् । तमु ल्होसार एक नम्बर प्रदेशस्तरीय महिला फुटबल नाम दिइएको प्रतियोगिता पुस १२ गते सुरु भएको थियो…
फिदिम । नेपालआदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको चौँथो अधिबेशनबाट अध्यक्षमा रामचन्द्र तामाङ निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासि गणेश साम्पाङलाई सात मतले हराएर तामाङ निर्वाचित भएका हुन् । जम्मा खसेको ५३ मतमा तामाङले ३० मत पाए भने निकटतम प्रतिद्वन्दि साम्पाङले २३ मत प्राप्त गरेका थिए । समितिको अन्य पदमा भने सहमति भएको थियो । समितिको उपाध्यक्षमा सहरसिंह तामाङ, सचिवमा उपेन्द्र एत्तेन, सह सचिवमा चित्रकला हाङसरुम्बा र कोषाध्यक्षमा इवारा जवेगु सहित १३ सदस्यीय कार्यसमिति चयन भएको हो । अधिबेशबाट केन्द्रिय प्रतिनिधिमा नारायण तुम्बापो, घनेन्द्र केरुङ, निशा लोवा, जंग तामाङ, भकेन्द्र लावती, देविमाया योङहाङ र लितबिक्रम नेम्बाङ चयन भएका छन्…
विर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरानले उचालेको छ । विहिवार आज भएको फाइनल खेल समय अवधिभर दुवै टिमले गोल गर्न नसकेपछि उपाधिको नतिजाका लागि सडनडेथमा जानु परेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा पाँचथरको श्रीसिंह सिद्धदेवी ङोलो क्लबलाई सुननसरीको धरान महिला फुटबल क्लबले सडनडेथमा २–१ को गोल अन्तरले गोल गर्दै उपाधि उचालेको हो । खेलको विजेता धरानले नगद १ लाख ११ हजार १११, ट्रफी र मेडल पाएको छ । उपविजता टोली पाँचथरले ५१ हजार १११ रुपैयाँ ट्रफी र मेडल प्राप्त गरेको छ ।खेलका प्यलेर अफ द म्याच…
बिर्तामोड, १५ पुस । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा ‘मिट माउण्ट’ (मासु–माछा पसल) सञ्चालनमा आएको छ । स्वस्थ, स्वच्छ एवम् सर्वसुलभ दरमा माछा–मासु बिक्री वितरण गर्ने उद्देश्यले मिट माउण्ट सञ्चालनमा ल्याइएको आज पत्रकार सम्मेलनको आयोजना गरी सञ्चालक समूहले जानकारी दिएको छ । रेखा कार्की रिजाल, पल्मु शेर्पा निरौला, देवीकुमारी ढकाल र हिमा दंगालको प्रत्यक्ष सहभागितामा मिट माउण्ट सञ्चालनमा आएको हो । करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको मिट मार्टको सञ्चालको हो । ‘यहाँ धेरै माछा–मासु पसल भए पनि उपभोक्ताले स्वस्थ्यकर मासुका उपभोग गर्न पाइरहेका छैनन्’, सञ्चालक रेखा कार्की रिजालले भन्नुभयो, ‘जसका कारण मासुबाट सर्न सक्ने विभिन्न रोगहरुको संक्रमणबाट जोखिममा…
झापा, १५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । बिहीबार तमु जातिले पुरानो ल्हो ९वर्ष०को बिदाइ र नयाँ ल्हो (वर्ष) को स्वागत गरी ल्होसार पर्व मनाउँदै छन् । प्रधानमन्त्री देउवाले आज जारी गर्नुभएको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ । “नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ, विविधता भित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन्”, सन्देशमा भनिएको छ, “यही…
झापा, १५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छिन् । उनले आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिन् । “मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ”, सन्देशमा भनिएको छ । राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका…
झापा, १५ पुस । उच्च अदालत विराटनगरले प्रादेशिक संचार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञराज शर्मालाई तत्काल पदबाट नहटाउन प्रदेश १ सरकारका नाममा अन्तरकालिन आदेश जारी गरेको छ । न्यायाधीश सत्यमोहन जोशी थारुको एकल इजलासले निवेदनमा माग भएको अन्तरिम आदेश सम्बन्धमा दुवै पक्ष राखी छलफल गर्नुपर्ने भन्दै छलफलका लागि पुस २५ गतेका लागि बोलाएको छ । पूर्ववर्ती सरकारले गरेका नियुक्तिलाई मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारले खारेज गरेको थियो । त्यसविरुद्ध दायर भएका रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत विराटनगरले प्रदेश सरकारका पछिल्ला निर्णय कार्यान्वयन नगर्न धमाधम आदेश दिएको छ ।
झापा, १५ पुस । अघिल्लो आर्थिक वर्षको तुलनामा आ।व। २०७७र७८ मा सरकारी निकायको बेरुजु दोब्बरभन्दा बढीले बढेको छ । महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण प्रतिवेदनले बेरुजु २५ अर्ब २६ करोड रुपियाँ नाघेको देखाएको हो । त्यसअघि आ।व। २०७६र७७ मा सरकारी निकायको बेरुजु करिब ११ अर्ब ४० करोड रुपियाँ थियो । एकै आर्थिक वर्षमै बेरुजु १२१.६२ प्रतिशतले बढेको हो । प्रतिवेदनले आ।व। २०७६र७७ मा कुल खर्चको २।११ प्रतिशत बेरुजु भएको उल्लेख गरेको छ । सरकारले गत आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेकोमा ११ खर्ब ९६ अर्ब ६० करोड रुपियाँ…
झापा, १५ पुस । अहिले सरकारी कार्यालयमा राखिएका उजुरी पेटिकामा उजुरी पर्दैनन् । सङ्घ, प्रदेश र स्थानीय तहका अधिकांश सरकारी कार्यालयमा राखिएका उजुरी पेटिका प्रायः रित्तै हुने गरेका छन् । कतिपय कार्यालयको गुनासो पेटिकामा भने माकुरा र बारुलाको राज हुने गरेको छ । गुनासो पेटिका खोल्दा प्रायः बाकस खाली पाइएको सम्बन्धित कार्यालयले जनाएका छन् । काठमाडौँको बूूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले आफू निर्वाचित भएर आएको करिब पाँच वर्षमा उजुरी पेटिकामा एउटा पनि उजुरी नपरेको बताए। नागरिकले चित्त नबुझेको कुरा सीधै जनप्रतिनिधि, सूचना अधिकारी, कार्यालय प्रमुखलगायतका व्यक्तिलाई आएर गुनासो गर्नसक्ने भएकाले पनि उजुरी पेटिकामा उजुरी नपरेको हुनसक्ने उनको भनाइ छ ।…
झापा, १५ पुस । सरकारले डाक्टर नेत्रप्रसाद तिमल्सीनाको अध्यक्षता रहेको कार्यसमिति भंग गर्दै भागबण्डामा नेपाल रेडक्रस सोसाइटीको नयाँ समिति बनाएको छ । सत्तारुढ गठबन्धनका दलबीच भागबण्डामा गठन भएको नयाँ समितिको सभापतिमा सुर्दशन नेपाल चयन भएका छन् । उनी गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्ला रुपन्देहीका नेपाली कांग्रेसको कोटाबाट रेडक्रसको सभापति भएका हुन् । महामन्त्री भूपतिलाल श्रेष्ठलाई तोकिएको छ । उनी नेकपा (एकीकृत समाजवादी) को तर्फ महामन्त्री भएका हुन्, श्रेष्ठ तेह्थुमका हुन् । कोषाध्यक्ष नेकपा माअोवादी केन्द्रको भागमा परेको छ । कृष्णगोपाल लागेजु कोषाध्यक्षमा मनोनित भएका छन् । उपाध्यक्ष नुवाकोटका विष्णु नेपाल र अर्घाखाँचीकी राधा नेपालीलाई बनाइएको छ । नेपाल कांग्रेस र नेपाली…