झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ पुस । ‘मिसेस् नेपाल वर्ल्ड २०२१’ को उपाधि बाफल, काठमाडौँकी दीक्षा केसीले जितेकी छन् । शनिवार आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा शीर्ष उपाधि चुमेकी उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस् वर्ल्ड’ जाने अवसर समेत प्राप्त गरिन् । विवाहित महिलाहरूबीच आयोजित प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस् नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इन्टरनेसनल’ घोषित भए । दुवै सिङ्गापुरमा आयोजना हुने क्रमशः मिसेस् इन्टरनेसनल र एमएस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उषा प्रतियोगितामा मस्ट ट्यालेन्टेड तथा मस्ट बोल्डको उपाधि पनि हात पारिन् । रिबन इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा सुनिता लामा फस्ट रनरअप, राजश्री थापा सेकेण्ड रनरअप र मनीता प्याकुरेल थर्ड रनरअप…

Read More

बिर्तामोड, १८ पुस । नेपाल दशनामी समाज झापाको सातौ जिल्ला अधिवेशनले केदार गिरीको अध्यक्षतामा २३ सदस्यी जिल्ला कार्य समिति सर्वसम्मत् चयन गरेको छ । समाजको भवन बुट्टाबारीमा शनिवार भएको अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा मेचीनगरका गोविन्द गिरी, उपाध्यक्षमा भद्रपुरकी सत्यरुपा बन र बिर्तामोडका सन्तोष गिरी चयन भएको निर्वाचन समितिका संयोजक गोपाल गिरीले जानकारी दिए । त्यस्तै समितिको सचिवमा मेचीनगरका केशव गिरी, सहसचिवमा अर्जुनधाराका हर्कलाल गिरी र कोषाध्यक्षमा बालकृष्ण गिरी सर्वसम्मत् चयन भएका छन् । समितिको सदस्यमा चित्रकला गिरी, पदम गिरी, मुक्ति गिरी, अर्जुनकुमार गिरी, नारद गिरी, मिनकुमार पुरी, टेकबहादुर गिरी, मनकुमार बन, इन्द्रबहादुर बन, बालकुमार गिरी, देबीप्रसाद गिरी, रिता गिरी, भेषकुमार…

Read More

झापा, १७ पुस । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन्…

Read More

झापा, १७ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन नयाँ नेतृत्व चयनसहित आज सम्पन्न गर्ने तयारी भएको छ । आज ११ बजे सुरु हुने बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि विधान संशोधन प्रस्ताव पारित निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ । माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको छ । विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दावी नगरेकाले…

Read More

झापा, १७ पुस । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिएका छन् । उनले आएका सुझावलाई समेटिने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले विचारको विकास गर्न पार्टीले निर्वाचनलगतै विशेष महाधिवेशन गर्ने जनाए । विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान तथा बहसको आवश्यकता भएको र यो महाधिवेशनले प्रतिवेदनमार्फत त्यसको सुरुवात गरेको उनले बताए । अहिलेको दस्तावेजलाई पूर्ण दस्तावेजका रूपमा नबुझ्न आग्रह गर्दै उनले विशेष महाधिवेशनमा विशेष रूपले बहस तथा छलफल हुने दृढता व्यक्त गरे । अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षण गरेको बताए । उनले माओवादी शक्तिशाली भएर…

Read More

झापा, १७ पुस । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू तामझामका साथ बिजुली बस चढेर पुल्चोकबाट सिंहदरबार प्रवेश गरे। ओलीले ‘विद्युतीय सवारी’ युग सुरु भएको उद्घोष गरे। सन्, २०२० भित्र विद्युतीय सवारीको संख्या २० प्रतिशत पु¥याउने घोषणा गरे। तर, विद्युतीय सवारी प्रयोगमा आउनु त परको कुरा, त्यतिबेला उद्घाटन गरिएकै बस कहाँ–कुन अवस्थामा छन् अत्तोपत्तो छैन। प्रधानमन्त्री र मन्त्री चढेर उद्घाटन गरिएका बस नै मापदण्डअनुसारका नभएको भन्दै पछि कम्पनीलाई फिर्ता गरिएका थिए। त्यसपछि, कम्पनीले सम्झौतामा उल्लेख भएबमोजिम पाँच वटा बस सरकारलाई दिइसकेको छ। पर्यटन मन्त्रालयको स्वामित्वमा आएका ती बस दोस्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि प्रयोगमा ल्याइने भनेर लुम्बिनी…

Read More

झापा, १७ पुस । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको हो । सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, १७ पुस । ४६ औं राष्ट्रिय मेलमिलाप दिवस विविध कार्यक्रमका साथ झापामा मनाइएको छ । नेपाली कांग्रेस झापा अन्तरगत सबै क्षेत्रमा मेलमिलाप दिवस सम्पन्न भएको छ । झापा क्षेत्र नं–२, ४ र ५ ले क्षेत्रीयस्तरमा कार्यक्रम सम्पन्न गरेका छन् भने क्षेत्र नं–१ र ३ ले वडास्तरमा कार्यक्रम सम्पन्न गरेका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ को आयोजनामा जिल्ला पार्टी कार्यालयमा आयोजित मेलमिलाप दिवस एवं प्रमाणपत्र वितरण कार्यक्रममा क्षेत्रीय अधिवेशनबाट निर्वाचित पदाधिकारी÷सदस्यलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा पूर्व सांसद डिल्लीप्रसाद सिटौलाले वीपीले समाजवादको नीति अन्तरगत निमुखालाई न्याय र विपन्नलाई आयको नीति लिएको उल्लेख गर्दै निम्न…

Read More

बुधबारे, १७ पुस । बरपीपल बचत तथा ऋण सहकारी सस्था बुद्धशान्तिको १५ औं बार्षि‌‍क साधारण सभाबाट सर्बसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । गत शनिवार भएको साधारणसभा मार्फत चयन भएको नयाँ कार्यसमिति र लेखा समितिलाई एक कार्यक्रमको आयोजना गरि सपथ ग्रहण सहित पद हस्तान्तरण गरिएको छ । नयाँ समितिको अध्यक्षमा छत्रबहादुर कार्की, उपाध्यक्षमा अनिल वाग्ले, सदस्यहरुमा रबिचन्द्र खनाल, देबेन्द्र निरौला, भवानी शंकर उप्रेती, युवराज खतिवडा, मिना सापकोटा तिम्सिना, कुमारी प्रधान र गिता भट्टराई चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा सन्तोष कुमार वाग्ले, सदस्यहरुमा श्यामप्रसाद कट्टेल र उमेश भट्टराई चयन भएका छन् । संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभापतित्वमा…

Read More

बिर्तामोड, १७ पुस । निर्माण व्यवसायी संघ झापाको नवनिर्वाचित कार्यसमितिले शुक्रबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । संघको निर्वाचन समितिले संघकै सभाहलमा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो समारोहमा कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले सपथ ग्रहणसँगै पदभार सम्हालेका हुन् । अध्यक्ष मिलन वस्नेतको अध्यक्षता तथा निर्माण व्यवसायी महासंघ प्रदेश नं १ का अध्यक्ष मोहनप्रसाद अधिकारी प्रमुख आतिथ्यमा आयोजित समारोहमा निर्वाचन समितिका संयोजक गोपालबहादुर थापाले पद तथा गोपनियताको सपथ गराएका थिए । पहिलो सत्रको कार्यक्रम ओम पौडेलले सञ्चालन गरेका थिए भने स्वागत प्रथम उपाध्यक्ष शरद खनालले गरेका थिए । कार्यक्रमका बीचमा अध्यक्ष वस्नेतले आफ्नो नेतृत्वको…

Read More