
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछि छिमेकी मुलुक भारतको पहिलो तीनदिने भ्रमण गर्न लागेका छन्। प्रधानमन्त्री देउवाको भ्रमणका लागि सरकारले गृहकार्य सुरु गरेको छ । देउवा प्रधानमन्त्री भएपछिको यो दोस्रो विदेश भ्रमण हुनेछ । पहिलो भ्रमण जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कात्तिकमा बेलायत पुगेका थिए । प्रधानमन्त्री देउवालाई भारत सरकारले गुजरातको गान्धी नगरमा यही पुस २६ गतेदेखि २८ मा हुने भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन निम्तो पठाएपछि सरकारले देउवाको भ्रमण तयारी गर्न थालेको हो । प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने, “भारतीय प्रधानमन्त्रीको निम्तो…
झापा, ११ पुस । झापाको सुरुङ्गास्थित कनकाई बहुमुखी क्यामपसले समाजसेवी शेरबहादुर थापालाई सम्मान गरेको छ । शनिबार सम्पन्न क्याम्पसको २३ औं स्थापना दिवस तथा १३ औं क्यामपस सभाको अवसरमा थापालाई सम्मान गरिएको हो । कनकाई नगरपालिका–९ निवासी थापाले क्याम्पसलाई बस खरिदका लागि आवश्यक रकममध्ये ५० प्रतिशत रकम सहयोग गरेको भन्दै क्यामपसले उनको योगदानको मूल्याङ्कन गर्दै प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा क्याम्पसका सह–प्राध्यापक बुद्धदेवप्रसाद घिमिरे तथा क्यामपस सञ्चालक समिति अध्यक्ष प्रेमप्रसाद चुँडाल, क्याम्पस सभाध्यक्ष प्रदेश सांसद हिरा थापा लगायतले प्रंशसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनले विद्यार्थीको आवात जावतमा सहजता…
झापा, १० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १, सुनसरीको इटहरीमा ३ र स्थानीय तह नखुलेका १, झापाको भद्रपुर र झापा गाउँपालिकामा १–१ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । सक्रिय…
बिर्तामोड, १० पुस । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको अध्यक्षमा मिलन ओली सर्वसम्मत रुपमा चयन भएका छन् । इक्यान झापाको शनिबार बिर्तामोडमा भएको दोस्रो जिल्ला अधिवेशनले निर्वमान अध्यक्ष सुमान शर्मा जम्मरकट्टेल, उपाध्यक्षमा मदन बुढाथोकी, सचिवमा राजकुमार कार्की र कोषध्यक्षमा अशोक भण्डारी सर्वसम्मत रुपमा चयन भएका हुन् । समितिको सदस्यहरुमा अग्निप्रसाद सापकोटा, रोशन सुवेदी, दिपक बाँस्तोला र चुडामणी प्रसाई सर्वसम्मत रुपमा चयन भएका हुन् । दुई वर्षे कार्यका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको बताइएको छ । यसैबीच शिक्षा क्षेत्रको नीतिगत सुधार भएमा विदेशबाट पनि अध्ययनका लागि विद्यार्थी नेपाल आउने नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले बताएका…
बिर्तामोड, १० पुस । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोड(४ ले सरकारी विद्यालयमा अध्ययनरत विपन्न समुदायका बालबालिकालाई स्वीटर वितरण गरेको छ । शिक्षासँग बालबालिका कार्यक्रमअन्तर्गत सहकारी संस्थाले बिर्तामोडको पञ्चरत्न माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गरेको हो । पञ्चरत्न माध्यमिक विद्यालयका ८६ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताउनुभयो । अध्यक्ष न्यौपानेसहित संस्थाका उपाध्यक्ष हेमराज मिश्र, सञ्चालक सदस्य चीजा राई, उषा राई, नवराज कडरिया र चैतुवारी सेवा केन्द्र प्रमुख कल्पना कोइराला स्वीटर वितरणका लागि विद्यालयमा पुग्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष न्यौपानेले बालबालिकाका लागि सहयोग…
भद्रपुर, १० पुस । भद्रपुरमा अन्तर वडा स्तरीय दोस्रो मेयर प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समिति अध्यक्ष श्यामकुमार राउतको अध्यक्षता तथा खेलकुद संरक्षक मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा शुक्रबार बसेको बैठकले विभिन्न विधाका प्रतियोगिताको मिति तोकेको छ । बैठकले अन्तर वडा स्तरीय मेयर कप कबड्डी प्रतियोगिता यही पुस २५ देखि ३० गतेसम्म, प्रथम उपमेयर अन्तर वडास्तरिय भलिबल प्रतियोगिता पस २५ देखि २७ गतेसम्म, मिनी म्याराथन (सडक दौड) १० किलोमिटर र ५ किलोमिटर पुस २५ गते, फुटबल प्रतियोगिता माघ ३ गतेदेखि र क्रिकेट प्रतियोगिता माघ १८ गतेदेखि गर्ने निर्णय गरेको हो । खेलकुदका प्रतियोगिताहरू आयोजनाका लागि बजेट माग…
बिर्तामोड, १० पुस । नेपाल पत्रकार महासंघ झापाले ‘अवको पत्रकारिता र हाम्रो भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । महासंघ झापाको ३३ औं स्थापना दिवसका अवसर पारेर शुक्रबार बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्षहरु, अग्रज पत्रकार, विभिन्न झापाका पत्रकारका संघ÷संगठनका अध्यक्ष, प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । महासंघले ३३ औं स्थापना दिवस को ३३ वटै मोमबत्ति बालेर उद्घाटन गरेको थियो । स्वागत महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए । कार्यक्रममा अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रि, केशव आचार्य,…
बिर्तामोड । सिद्धार्थ बैक लिमिटेड विर्तामोड शाखाको आयोजनामा आफ्नो १९ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार बिर्तामोडस्थित दुर्गामन्दिर परिसरमा भएको रक्तदान कार्यक्रम रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । झापामा भइरहेको रगतको अभाव कम गर्न वैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको सिद्धार्थ बैक लिमिटेड बिर्तामोड शाखाका प्रमुख हरि प्रसाद लामिछानेले जानकारी दिनुभयो। कार्यक्रममा ४७ जना रक्तदाताले रक्तदान गरेको बैंकका बिर्तामोड शाखा सम्पर्क अधिकृत घनेन्द्र गुरुङले बताउनु भयो। कार्यक्रममा सहभागी रक्तदाताहरुलाई सिद्धार्थ बैक लिमिटेड उप प्रदेश कार्यालय प्रमुख सुवास श्रेष्ठले प्रमाण पत्र प्रदान गर्न भएको सिद्धार्थ बैक लिमिटेड बिर्तामोड शाखाका…
झापा, ९ पुस । त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी यस्तो चेतावनी दिएको हो । त्रिविका प्राध्यापक संघ तथा संगठन र कर्मचारी संघ तथा संगठनलगायत राजनीतिक दलका भ्रातृ संगठनमा नेतृत्व तहका कर्मचारी र शिक्षकले राजनीतिक दलको महाधिवेशनलगायतका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउन थालेको सूचनाका आधारमा सो चेतावनी दिइएको हो । तथ्यांकअनुसार करिब सयको हाराहारीमा शिक्षक र कर्मचारी प्रत्यक्ष रूपमा दलको कुनै न कुनै भूमिकामा रहेको त्रिविको भनाइ छ । यसअघि नेकपा एमालेको १०औं महाधिवेशन, नेपाली कांग्रेसको १४औं महाधिवेशन, राप्रपा नेपालको महाघिवेशन र…
झापा, ९ पुस । कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षबाट दुईतिहाइभन्दा बढी निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते १ सय ३४ पदका लागि निर्वाचन भएको थियो। जसका लागि ४ सय ९१ जनाको उम्मेदवारी परेको थियो। मतदानको १० दिनपछि बिहीबार सबै पदको मतगणना सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताए। १३ पदाधिकारीसहित १ सय ३४ जना निर्वाचित हुँदा सभापति देउवा प्यानलका १ सय १० जना छन्। बाँकी सभापतिका निकटतम प्रतिद्वन्द्वी डा। शेखरप्रसाद कोइराला पक्षका हुन्। निर्वाचनका क्रममा प्रदेश २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध भएका थिए। कांग्रेस विधानको दफा…