झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

आइरल्याण्डमा कोठा भाडाका लागि अनौठो विज्ञापन जारी गरिएको छ । उक्त विज्ञापनमा घरधनिले कोठा भाडाको सट्टामा यौनसम्पर्क गर्नुपर्ने माग राखेका छन् । उनले विज्ञापनमा ‘सेक्स फर रेन्ट’ पनि लेखिएको छ । यो सुविधा युवतीहरुका लागि मात्र दिइने विज्ञापनमा उल्लेख छ । आइरल्याण्डमा भाडामा बस्न घर वा कोठा पाउन मुश्किल छ । भाडामा पनि अत्यधिक हुने भएकाले भाडा तिर्न नसक्ने भएकाले यस्ता विज्ञापनमा उल्लेख भएका जस्ता घर वा कोठामा कम भाडा तिरेर बस्न बाध्य छन् युवतीहरु । के छ विज्ञापनमा ?डबलिनमा भाडाका लागि एउटा घरको विज्ञापनमा लेखिएको छ, ‘दक्षिणी डबलिनमा एउटा कोठा छ । एकल युवतीका लागि एउटा कोठा खाली छ…

Read More

झापा, ९ पुस । काठमाडौँ नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको भन्दै आएको म्यासेजको प्रलोभनमा परी अपरिचित व्यक्तिलाई ८० हजार रुपियाँ पठाइन् । उनले चिट्ठामा परेको लाखौँ रकम पाउने प्रलोभनमा अपरिचित व्यक्तिलाई मोबाइल बैङ्किङको पासवर्डसमेत दिइन् । रकम पाएपछि ती अपरिचित व्यक्ति कल्पनासँग सम्पर्कविहीन बने । चिट्ठाको प्रलोभनमा अपरिचितबाट ठगिएको भन्दै कल्पनाले प्रहरीलाई गुहारिन् र प्रहरीको सक्रियताले उनको बैङ्क खातामा रहेको नौ लाख भने ठगिन पाएन । विद्यावारिधि उपाधि प्राप्त त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने सन्तोष (नाम परिवर्तित) समेत यसरी…

Read More

झापा, ९ पुस । चालू आर्थिक वर्ष (आव) २०७८–७९ को ५ महिनामा सामान आयातका लागि नेपालबाट ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा भएको गत आव २०७७–७८ को तुलनामा ५९ दशमलव ५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले आयातका लागि ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेको थियो । पेट्रोलियम पदार्थ आयातमा धेरै रकम खर्च भएको देखिन्छ । त्यसपछि सवारीसाधन तथा पार्टपुर्जा, मेशिनरी तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, टेलिकम्युनिकेशन सामग्री, औषधि, कच्चा पाम तेल, एमएस बिलेट, सुन र चाँदीका लागि ठूलो रकम बाहिरिएको…

Read More

झापा, ९ पुस । सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउन आदेश दिएको थियो । यसैबीच शिक्षा, विकास तथा मानव स्रोत केन्द्रले राजनीतिमा लाग्ने शिक्षकले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गर्दै सबै स्थानीय तहमा पत्र पठाएपछि सामुदायिक विद्यालयमा अध्यापनरत करिब ४ सय शिक्षकले राजीनामा दिइसकेका छन् । राष्ट्रिय किताबखानाका महानिर्देशक रामराज खकुरेलले हालसम्म करिब ४ सय शिक्षकले पदावधि सकिनुअगावै राजीनामा दिएको जानकारी दिए । राजीनामा बुझाउने अधिकांश शिक्षक विभिन्न दलसँग आबद्ध रहेको, आउँदो स्थानीय तहको निर्वाचनमा उम्मेदवार…

Read More

झापा, ९ पुस । निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै छ । यसअघि भने आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै निर्वाचन गर्न २० चैतको मिति प्रस्ताव गरेको थियो । त्यसैगरी, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचन पनि २०७९ फागुनभित्रै गर्नेगरी आयोगले तयारी…

Read More

झापा, ९ पुस । प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी शुरु गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले कुपोषणमुक्त प्रदेशका लागि तयारी शुरु गरेको निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचथरमा पाइलट परियोजना शुरु गर्ने तयारी गरिएको छ । युनिसेफ र एनट्यागसँगको सहकार्यमा बच्चाको पाखुरा नाप्ने, बच्चा जोख्ने, पैरवी, लेखाजोखा लगायतका कार्यक्रम गरिने बस्नेतले बताउनुभयो । कुपोषणमुक्त प्रदेशका लागि आवस्यक जनशक्ति अभाव भएको उहाँले बताउनुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रका लागि आवस्यक जनशक्तिको प्रवन्ध गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले बजेट अनुसार स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुलाई प्राथमिकता दिईने बताउनुभयो ।…

Read More

बिर्तामोड । झापाको बिर्तामोड–४ स्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारण सभा बुधबारबाट शुरु भएको छ । संस्थाका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा बिर्तामोड –४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष देवेन्द्रकुमार सिंहले स्वागत गरेका थिए । बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखा अधिकृत डिल्ली दाहालले शुभकामना मन्तव्य राखेको कार्यक्रममा संस्थाका अध्यक्ष घनश्याम चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका शेयर सदस्य दुई हजार २५ जना, शेयर पुँजी एक करोड ८५ लाख ७५ हजार छ सय रुपैयाँ , निक्षेप संकलन ४३ करोड ९१ लाख ६५ हजार तीन सय ९१ रुपैयाँ , कर्जा…

Read More

बिर्तामोड, ८ पुस । नेपाल शैक्षिक परामर्श संघ इक्यान पूर्वाञ्चल शाखाको अध्यक्षमा प्रकाश लकान्द्री निर्वाचित भएका छन् । इक्यान पूर्वाञ्चल शाखाको धनकुटाको हिलेस्थित माउन्ट होराइजन रिसोर्टमा भएको पाँचौ साधरण सभा तथा तेस्रो अधिवेशनले लकान्द्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नव निर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्ष रोशन निरौला ,उपाध्यक्ष दिपक गौतम , सचिव रबिकुमार गुप्ता, कोषाध्यक्ष हेम जिवान निरौला रहेका छन् । त्यस्तै सदस्यहरुमा दुर्लभ कार्की ,रोजन थापा, गोपाल निरौला रहेका छन् । इक्यान पूर्वाञ्चल शाखाका अध्यक्ष रोषन निरौलाको अध्यक्षता तथा इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा इक्यानका केन्द्रीय उपाध्यक्ष शेषराज भट्टराई, केन्द्रीय सचिव…

Read More

झापा, ८ पुस । झापाको कमल गाउँपालिका(५ स्थित पुर्व पश्चिम राजमार्गमा बस र मोटरसाईकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको र पछाडि सवार घाईते भएका छन । मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का २२ बर्षिय अभिषेक यादव रहेका छन । हिजो बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको को।१ क नम्वरको बसले बिपरित दिशाबाट आउदै गरको प्र।१(०२(०४८ प ३०८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्कर लागि घाईते भएका यादव र सोही स्थानका २५ बर्षिय राम कुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार भईरहेकोमा यादवको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक झापा…

Read More

झापा, ८ पुस । नेपाल तमु बिद्यार्थी छोज धी केन्द्रिय समितिले गुरुङ समुदायको पर्ब कटौती लाई लिएर सम्माननीय नेपाल सरकार शिक्षा बिज्ञान तथा प्राबिधिक मन्त्रालयका मन्त्री देबेन्द्र पाण्डे लाई पत्र बुझाएका छन् । गुरुङ समुदाय को मुख्य पर्ब को रुपमा मनाइने पर्ब तमु लोसार(पुस पन्ध्र) यो बर्ष पनि सरकारले कटौती गरेको भन्दै सरकार लाई ध्यानआकार्षण गराउदै बिदा दिनको लागि पत्र बुझिएको नेपाल तमु बिद्यार्थी छोज धी का केन्द्रिय अध्यक्ष पुकार गुरुङ ले जानकारी दिएका थिए। उक्त पत्रमा नेपाल सरकारद्दारा सुचिकृतिको रुपमा ५९ आदिबासी जनजातीहरु मध्ये गुरुङ समुदाय पनि एक रहेको जानकारी गराउदै २०१० तथ्यांग अनुसार गुरुङ समुदाय को जनसंख्या ५,२२…

Read More