झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली देखिएका छन् । २४ देखि २८ मंसिरसम्म काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमार्फत् १ सय ३४ पदका लागि भएको निर्वाचनमा ९६ पदको नतिजा आइसकेको छ । ९६ जनाको नतिजा प्राप्त हुँदा सभापति देउवा समूहतर्फबाट ७६ जना नयाँ कार्यसमितिका लागि निर्वाचित भएका हुन् । यसैगरी, सभापतिका उम्मेदवार बनेका डा। शेखर कोइरालाको समूहबाट १६ जना निर्वाचित भएका छन् भने प्रकाशमान सिंह समूहबाट दुई जना निर्वाचितबन्दा एक जना साझा उम्मेदवार निर्वाचित भएका छन् । इतर तितरबितर हुँदा संस्थापनलाई नाफाकांग्रेसको केन्द्रीय निर्वाचन समितिअनुसार अब ३८ पदको परिणाम आउन बाँकी छ । सभापति…

Read More

झापा, ८ पुस । नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी छानबिन एकाइ) मा प्रहरी कर्मचारीको बोली व्यवहार, आचरण र क्रियाकलापसँग सम्बन्धित दैनिक १० वटासम्म उजुरी पर्ने गर्छन् । उजुरीको यो सङ्ख्याले नै प्रहरीको भाषामा समस्या छ भन्ने देखाउँछ । त्यस्ता उजुरीको निरीक्षणालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्विवेदीको नेतृत्वमा रहेको टोलीले स्थलगत छानबिन तथा अनुसन्धान गरी सख्त…

Read More

झापा, ८ पुस । सरकारले घरजग्गाको मूल्य नियन्त्रण गर्न सहयोग पुग्नेगरी मालपोत नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ । अहिले भएको नियमावलीले एकपटक न्यूनतम मूल्यांकन तय भइसकेपछि त्यसलाई घटाउन पाउने सुविधा दिएको छैन । त्यस्तै एकपटक अधिकतम थैली अंक राखेर लिखत पास भएपछि अर्कोपटक किनबेच गर्दा त्योभन्दा कम मूल्यमा किनबेच गर्न पनि नपाउने व्यवस्था छ । यसरी एकपटक अधिकतम थैली अंक राखेर घरजग्गाको किनबेच भइसकेपछि उक्त जग्गाको मूल्य घट्दै घट्दैन भन्ने मनोविज्ञान हावी हुँदा उक्त क्षेत्रमा घरजग्गाको मूल्य अस्वाभाविक रूपमा बढ्ने गरेको पाइन्छ । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूले त्यसलाई वैधानिक बनाउन जति पनि थैली अंक राखेर किनबेच गर्दा…

Read More

झापा, ८ पुस । कोभिड प्रभावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो । चालु आवको सुरुदेखि भने रेमिट्यान्स आय लगातार घटिरहको छ । तर यही बेला विदेशमा जाने युवाको संख्या करिब चार गुणाले बढेकाले आगामी दिन रेमिट्यान्स आफ्नै लयमा फर्कन संकेत देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार गत वर्षका सुरुका चार महिनामा प्रतिदिन औसत ३ सय ५८ जना युवा विदेश गएका थिए । चालु वर्ष या संख्या १ हजार २०३ पुगेको छ । यो कार्तिकमा मात्र श्रम स्वीकृति लिएर चार हजार २९५ महिलासहित ५४ हजार ९१८ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो वर्ष विदेश…

Read More

झापा, ८ पुस । नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री खतिवडाले सरकार बुस्टर डोजका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । बुस्टर डोज सुरु गर्दा पहिलो चरणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वृद्धवृद्धा, बालबालिका हुँदै विस्तारै सबै नागरिकलाई लगाइने उनले जानकारी दिए । सरकारले खोप लगाएदेखि अहिलेसम्म दुई करोड २२ लाख २८ हजार १७७ मात्रा खोप लगाइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले लक्षित समूहका ५० प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएपछि बुस्टर…

Read More

झापा, ८ पुस । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् भने नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हुन् । अध्यक्षमा ७ मत बदर भएको थियो । तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी भएका छन् । सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत मात्रै ल्याउन सफल भए । तीन सहसचिवमा कुमारी राई ११४,…

Read More

विराटनगर, ८ पुस । आरोहण गुरुकुल (सुशिला कोइराला नाटकघर) विराटनगरमा प्रसिद्ध लोक लयमा आधारीत ‘खरानीको डोरी’ नाटक मञ्चन हुने भएको छ । विराट आदर्श आहित्य मञ्चको पाँचौ प्रस्तुतीको रूपमा उक्त नाटक आज बुधबार ४ बजेबाट मञ्चन हुने छ । नाटकमा विराटनगरका विभिन्न स्कुल कलेजमा पढ्ने विद्यार्थीको अभिनय रहेको छ । खरानीको डोरीको नाट्य रूपान्तरण कटवाल दीपकले गरेका हुन भने यसको निर्देशन प्रवेश तिम्सिनाले गरेका हुन । नाटकमा प्रदिप दाहाल, अनिल खत्री, अतित निरौला, विकल्प दाहाल, विकेश बस्नेत, पुजा कटवाल, दीक्षा तिमल्सिना, तिर्थराज विश्वकर्मा, सुगल अधिकारी, निर्जल पौडेल र नगेन्द्र खड्काको अभिनय रहेको छ । विराटन आदर्श साहित्य मञ्चको आयोजनामा मञ्चन…

Read More

सुनसरी, ८ पुस । नेकपा एकिकृत समाजवादी सुनसरीले जिल्लाका शहरी तथा ग्रामिण क्षेत्रका टोल वस्तीमा भुमिगत राजनितिको झल्को दिने गरि रातीको समयमा संगठन विस्तार अभियान चलाएको छ । नेकपा एसका केन्द्रिय सदस्य केशवकुमार विष्टका अनुसार शहर बजार क्षेत्रका स्थानियहरु दिनभर व्यापार व्यवसाय लगायतका रोजगारमुलक कार्यमा व्यस्त हुने भएकाले सवैजना एकसाथ भेला हुन समस्या भएपछि उहाँहरुको आग्रहमा रातीको समयमा संगठन विस्तार गर्न थालिएको हो । केन्द्रिय सदस्य विष्टले सुनसरीका १२ वटा पालिकाका १ सय २४ वडामध्ये धरान, इटहरी, दुहवीका शहर बजारमा रहेका वडाका अधिकाश स्थानियहरु रोजगारीमा प्रत्यक्ष रुपमा जोडिएका संगठन निमार्ण अभियान रातीको समयमा गर्दा ठुलो सख्याँमा मानिसहरु भेलाजम्मा हुने भएकाले…

Read More

विराटनगर, ८ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले महिला हिंसाका घटना बढ्नु दुःखत भएको बताउनु भएको छ । बर्षेनी यो संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका आयोजनामा अल्पकालिन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवा सुविधाका संवन्धमा स्थानीय तहका उपप्रमुख र आश्रयस्थलहरुका संयोजकहरुवीच बुधबारदेखि विराटनगरमा शुरु भएको समीक्षा तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले सो कुरा बताउनु भएको हो । उहाँले महिला हिंसाले महिला र पुरुष दुवैलाई इङ्गित गर्ने बताउनुभयो । मन्त्री यादवले महिला हिंसाका घटना न्युनीकरणका लागि गाउँ–गाउँमा सचेतना आवस्यक रहेकोमा जोड दिनुभयो । सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा प्रदेश १ का १५…

Read More

बिर्तामोड, ७ पुस । हलेसी अटोमोवाइल्सले युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको गाडीको बिक्री शुरु गरेको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईंले शोरुमको उद्घाटन गर्नुभयो । अटोमोइल्सका सञ्चालक रुद्रमणि श्रेष्ठले विश्वप्रसिद्ध स्कोडाको गाडी पहिलो पटक झापामा बिक्री थालिएको बताउनुभयो । ‘स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक क्यास डिस्काउन्टु, निःशुल्क सडक कर, ुएक्सचेन्ज बोनसको सुविधा पाउनुहुनेछ’, हलेसी अटोमोबाइलकका प्रबन्ध निर्देशक चुडामणी पौडेलले भन्नुभयो । कार्यक्रमका बीच दुईजना गाडी खरिदकर्तालाई चाबी हस्तान्तरण गरिएको थियो । तीन महिना अघिदेखि अनौपचारिक रुपमा सञ्चालनमा आएको शोरुमबाट हालम्म ३४ वटा गाडी बिक्री गरिसकेको सञ्चालक पौडलले बताउनुभयो । कार्यक्रममा एमडव्लु स्कोडाका डिभिजन…

Read More