झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ पुस । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको दमक नगरपालिका–४ मा सवारी दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका–५ का २१ वर्षीय निर्मल खवास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी अनुसार गएराति बा ३ ख ८६२७ नं को सवारी साधनबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पु¥याइएको र उपचारको क्रममा राति नै मृत्यु भएको थियो । प्रहरीले सवारी चालक धनकुटा नगरपालिका– १० का २७ वर्षीय प्रेम कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

झापा, ७ पुस । चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले चिसोसँगै शीतलहर बढ्दै जाने बताए । अहिले बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने मौसमी समस्या बढ्दैछ । पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन । त्यसले पनि सुक्खा चिसोलाई बढाएको छ । शीतलहरबाट स्थानीय जनजीवनमा परेको असर कम गर्न सरकारले शीतलहरविरुद्धको प्रतिकार्य योजना कार्यान्वयनका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य योजना प्रदेश, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि सिफारिस गरेको हो…

Read More

भद्रपुर, ७ पुस । झापाको भद्रपुर नगर क्षेत्रका विद्यालयमा आज ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा दिवस’ मनाउन स्थानीय बिदा दिइएको छ । प्रदेश नं. १ कै पहिलो बालमैत्री नगरपालिका भद्रपुर बालमैत्री नगर घोषणाका सम्पूर्ण सूचक पूरा गरी २०७७ पुस ७ गते बालमैत्री नगर घोषणा भएको र सोही दिनलाई हरेक वर्ष बालमैत्री दिवस बनाउने उद्देश्यले बिदा दिइएको नगर प्रमुख जीवकुमार श्रेष्ठले जानकारी दिनुभयो । दिवसको अवसरमा नगर बाल सञ्जालले साताव्यापी कार्यक्रम समेत सम्पन्न गरिसकेको छ । बालबालिकाको पृष्ठभूमिमा आधारित प्रतियोगात्मक कार्यक्रम सञ्चालन गरिएको सञ्जालकी नगर अध्यक्ष भावना पोखरेलले जानकारी दिनुभयो । सञ्जालले गत मंसिर २५ गतेदेखि पुस ४ गतेसम्म विभिन्न प्रतियोगिता…

Read More

झापा, ७ पुस । नेपाली काँग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ । काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो । मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाउने देखाएको छ । पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवा निकट नेताको पक्षमा परिणाम देखिएका छ । नौ स्थानमा भएको महिला खुलातर्फ देउवाइतर समूहबाट सरिता प्रसाईं मात्र निर्वाचित भएकी छन् । चार पदका लागि भएको मधेसी महिलामा सबै…

Read More

झापा, ७ पुस । प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदको निर्वाचन गर्नेतर्फ सरकार अघि बढेको छ । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा उपनिर्वाचन गर्ने तयारी भए पनि प्रतिनिधिसभा र प्रदेश सभातर्फ रिक्त २२ पदको उपनिर्वाचन भने नगरी सिधै निर्वाचन केन्द्रित हुने सरकारको तयारी रहेको हो । निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभामा चार र प्रदेश सभामा विभिन्न प्रदेशमा गरी १८ पद रिक्त छन् । उच्च स्रोतका अनुसार सरकारले छोटो समयमात्रै कार्यकाल बाँकी रहने भएका कारण प्रतिनिधिसभा र प्रदेश सभाको उपनिर्वाचन गर्न चाहेको छैन । प्रतिनिधिसभाको निर्वाचन सुरु भएको अवधिलाई आधार मान्दा २०७९…

Read More

बिर्तामोड, ७ पुस । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश न. १ जिल्ला कार्य समिति झापाको समन्वयमा लागु औषध तथा दुब्र्यसन बिरुद्धको एक दिने सचेतना कार्यक्रम गरिएको छ । श्री जनकल्याण आधारभुत विद्यालय, महाभारा र श्री बालकल्यान मा.वि. कुन्जिबारीका विद्यार्थीलाई लागु औषध तथा दुब्र्यसन बिरुद्धको जनचेतना मुलक प्रशिक्षण प्रदान गरिएको हो । पछिल्लो समय युवा विद्यार्थीहरु साथीभाईहरुको संगतले लागु औषध दुब्र्यसनमा फसिरहेको बताउंदै लागु औषधबाट कसरी टाढा रहने, कसरी छुट्कारा पाउने, यसको बेफाईदा के हो लगायतका बिभिन्न चेतनाुमलक सहितको प्रशिक्षण विद्यार्थीलाई प्रदान गरिएको श्री कृष्ण प्रणामी युवा परिषद झापाका अध्यक्ष टहलदास ओलीले जानकारी दिए । प्रारम्भिक समिति महाभाराको आयोजनामा भएको…

Read More

भद्रपुर, ६ पुस । प्रदेश नं. १ कै पहिलो बालमैत्री नगरपालिका भद्रपुरमा भोलि (बुधबार) ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा दिवस’ बनाइने भएको छ । नगर बाल सञ्जाल भद्रपुरले आज नगरपालिकाको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्जालकी अध्यक्ष भावना पोखरेलले सो जानकारी दिनुभयो । भद्रपुरले बालमैत्री नगर घोषणाका सम्पूर्ण सूचक पूरा गरी २०७७ पुस ७ गते भद्रपुरलाई बालमैत्री नगर घोषणा गरिएको थियो । सोही दिनलाई दिवसका रुपमा मनाउन लागिएको हो । दिवस बनाउन नगरपालिकाले भोलि स्थानीय बिदा समेत दिएको छ । दिवसको अवसर पारेर नगर बाल सञ्जाले साताव्यापी कार्यक्रम समेत सम्पन्न गरिसकेको छ । बालबालिकाको पृष्ठभूमिमा आधारित प्रतियोगात्मक कार्यक्रम सञ्चालन गरिएको…

Read More

झापा, ६ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ४०९ जनाको पीसीआर परीक्षण गर्दा १३ र ८० जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, सुनसरीमा २ र भोजपुरमा १ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ७, जहदा, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको धरानमा २ र भोजपुरको षडानन्दमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या…

Read More

झापा, ६ पुस । झापाको बिर्तामोड नगरपालिका–१ स्थितमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी–१० का ४० बर्षिय यामनाथ राय रहेका छन । हिजो राती ८ बजे बिर्तामोड–१ स्थित पुर्व पश्चिम राजमार्गमा मे १ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते भएका रायको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर(३ का रोसन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Read More

मोरङ, ६ पुस । मोरङको रंगेली नगरपालिका(२ का चन्द्र उराउको २१ महिना कि छोरी युनिसा उराउलाई कर्तब्य गरि ज्यान मार्ने कसुरमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली नगरपालिका–२ का ४६ बर्षिय सैनी उराउ र ३५ बर्षिया संगिता उराउ रहेका छन । गत मंसिर २६ गते युनिसा उराउ घरबाटै हराई बेपत्ता भएकि थिइन । खोज तलासको क्रममा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको लाश घर नजिकै पैनीमा गाडेको अवस्थामा मंसिर २८ गते फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले…

Read More