झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १५ पुस । झापाको गौरादहस्थित इलाका प्रहरी कार्यालयको प्राङ्गणमा आगन्तुक प्रतिक्षालय निर्माण गरिएको छ । स्थानीय समाजसेवी कर्णबहादुर कटुवाल र सुष्मा कटुवालले आफ्ना स्वर्गीय पृतिहरुको स्मृतिमा प्रतिक्षालय निर्माण गरिदिएका हुन् । समाजसेवी कटुवालले आफ्ना स्व. बुबा खड्गबहादुर र स्व.आमा बालुकादेवी कटुवालको स्मृतिमा प्रहरी कार्यालय परिसरमा प्रतिक्षालय निर्माण गरिदिएको प्रहरीले जनाएको छ । एक समारोहका बीच प्रमुख अतिथि झापाका प्रहरी प्रमुख सानुराम भट्टराई, गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवाल तथा निर्माणकर्ता कटुवाल परिवारले रिबन काटेर संयुक्तरुपमा प्रतिक्षालय उद्घाटन गरेको स्व. कटुवालका नाति भुपालराज कटुवालले जानकारी दिए । समाजसेवी एवम् राजनीतिज्ञ भुपालराजका अनुसार स्व. हजुरबुबा र हजुरआमाको स्मृतिलाई सदैव स्मरण गर्न आफ्ना…

Read More

सरकारले भोलि (बिहीबार) सार्वजनिक दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सरकारको निर्णयसँगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु पनि बन्द रहनेछ।

Read More

बिर्तामोड । झापाको बिर्तामोडमा जारी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पाँचथरको श्री सिंह सिद्धदेवी ङोलो क्लब प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा पाँचथरले मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २–० को गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो । अब पाँचथरले विहिबार १५ गते फाइनलमा उपाधिका लागि धरान महिला फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । धरानले दमकलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । खेलको ३६ औँ मिनेटमा पाँचथरकी प्रिया कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । पथरीकी सरिता राईले पाँचथरकी अनिता लिम्बूलाई पेनाल्टी एरियाभित्र लडाएपछि पाएको फ्रिकिकमा…

Read More

झापा, १२ पुस । बुधबारे जेसीजकाे बर्ष २०२१ काे नेतृत्व ग्रहण गर्दै गत बर्ष अध्यक्ष अनिल वाग्लेले यस बर्ष बुधबारे जेसीजकाे भवन निर्माणको काम सुरु हुन्छ भनेका थिए । पद हस्तान्तरण कै दिन जेसीज चेन गलामा लगाए लगत्तै अध्यक्ष वाग्लेले अठाेट गरे `यस बर्ष बुधबारे जेसीजकाे भवन निर्माणको काम सुरु हुन्छ ।´ भवन निर्माण गर्ने घाेषणा गरिए पनि बुधबारे जेसीजसँग अलिकति पनि रकम थिएन र आम्दानीको स्रोत पनि थिएन । आर्थिक पक्ष शुन्य थियाे । काेभिड संकटकाे सामना गरिरहेकाे बेला भवन निर्माणका लागि रकम जुटाउनु फलामकाे चिउरा चपाउनु जस्तै थियाे । तर पनि साझा वलमा भवन निर्माण गर्न सकिने भिजन…

Read More

बिर्तामोड, १२ पुस । कृषि तथा पशुपंक्षी मन्त्री महिन्द्र राय यादवको राजिनामा माग गरिएको छ ।नेपाल सरकारले भारत सरकारसँग सम्झौता गरेको मल तथा कृषिजन्य सामग्री ल्याउन मन्त्री यादव अनिच्छुक देखिएको भन्दै झापामा उनको राजिनामा माग गरिएको हो । झापाको सुरुङ्गामा कृषकका मुद्धालाई उठान गर्दै स्वतन्त्र युवाहरुको समूहले भारतसँग सम्झौता गरिएको मल तथा कृषिजन्य सामग्री ल्याउन नचाहेको भन्दै मन्त्री यादवको शनिबार अपरान्ह प्लेकार्ड सहित सडकमा विरोध प्रदर्शन गर्दै राजिनामा माग गरेका हुन् । भुवन खतिवडाको नेतृत्वमा दावा लामा, सरोज भेटवाल लगायतका ७ दर्जन बढीको स्वतन्त्र युवाहरुको समूहले मन्त्रीको राजिनामा माग लगायतका प्लेकार्ड राखेर कृषकका समस्या तत्काल समाधान गर्न मन्त्री यादवलाई खवरदारी…

Read More

बिर्तामोड, १२ पुस । श्रीकृष्ण प्रणामी वाइजुराज महिला समिति, झापाको आयोजनामा एकदिने क्षमता अभिबृद्धि तथा महिला नेतृत्व विकास प्रशिक्षण कार्यक्रम गरिएको छ । झापाको चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरको प्राङ्गणमा वाइजुराजमा आबद्ध महिलाहरुको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम गरिएको हो । बाइजुराज महारानीको तस्वीरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय अध्यक्ष जगदीशचन्द्र शर्माले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । वाइजुराज महिला संघ प्रदेश संयोजक गंगा घिमिरेको पमुख आतिथ्य तथा वाइजुराज महिला समिति झापा अध्यक्ष मीरा अधिकारी ओलीको अध्यक्षतामा प्रशिक्षण सम्पन्न भएको थियो । सचिव मेनुका सिटौला संग्रौलाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष तारा कट्टेलले स्वागत…

Read More

झापा, ११ पुस । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा भूमिका फियाक निर्वाचित भएकी छन् । फोनिज झापा शाखाको छैटौँ अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएकी हुन् । गत मङ्सिर २५ गते अधिवेशन उद्घाटन भएको थियो । शनिबार निर्वाचन समितिले नयाँ नेतृत्व सर्वसम्मतमा चयन गरेको हो । समितिको उपाध्यक्षमा सबिना राई ,सचिव तिलक योञ्जन, सहसचिव बिन्दु मुकारुङ र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यमा प्रतीक्षा राजवंशी,सुरेश थापा आले मगर,डिल्लीश्वर लिम्बू,एकराज प्रधान ,सुजन प्रधान र धनकुमार लावती रहेका छन् । त्यसैगरी प्रादेशिक महाधिवेशन प्रतिनिधिमा सेसेहाङ फियाक , कविध्वज राई, सजन राई, सनिला राई, सर्णीमा राई, सुमन बेघा…

Read More

झापा, ११ पुस । भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘अ‍ेमिक्रोन’ संक्रमितको संख्या तीन सय नजिक पुगेको छ। दैनिक संक्रमित बढिरहेका छन्। दिल्ली र महाराष्ट्रमा संक्रमित बढी छन्। भारत नेपालसँग सिमाना जोडिएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलन सक्छ। तर, रोक्न तयारी चुस्त बनाइएको छैन। सीमा नाका खुला छन्। स्वास्थ्य मापदण्ड पालना छैन। कोरोनाको दोस्रो भेरियन्टमा पनि यस्तै लापरवाही गरिएकाले सुदूरपश्चिममा मात्रै पाँच सयभन्दा बढीले ज्यान गुमाएका थिए। सिमानामा समयमा कडाइ नगर्दा अन्य प्रदेशमा पनि संक्रमण तीव्र गतिमा फैलिएको थियो। अहिले नेपालमा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन्। सिमाना र विमानस्थलबाट ओमिक्रोन संक्रमित सहजै भित्रने भएकाले संक्रमण रोक्न चुनौती छ। कैलालीको गौरीफन्टा नाका…

Read More

झापा, ११ पुस । नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन् । अन्योल र अनिश्चयबीच मंसिर २४ गतेबाट सुरु भएको कांग्रेसको १४औं महाधिवेशनले देउवालाई पुनः सभापतिमा निर्वाचित गरेको हो। कांग्रेस निर्वाचन समितिबाट शनिबार प्रमाणपत्र लिएलगत्तै देउवाले केन्द्रीय समितिको बैठकमार्फत सभापतिका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन्। पहिलो कार्यकालका रूपमा साढे पाँच वर्ष गुजारेका देउवाले पार्टी संगठन सुधारका लागि उल्लेख्य काम गर्न सकेनन्। पार्टीभित्र र बाहिरबाट आलोचनामै पहिलो कार्यकाल गुजारेका देउवाका लागि दोस्रो कार्यकाल विगतलाई सच्याउने एउटा अवसरका रूपमा आएको छ। विधानको पालना र सहमतिबाट पार्टी सञ्चालन दुवैमा असफल…

Read More

झापा, ११ पुस । कोभिड–१९ विरुद्ध लड्न खोपलाई प्राथमिकता दिँदै आएको नेपालले हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइसकेको छ । तीमध्ये पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको सङ्ख्या ९४ लाख ५० हजार रहेको छ । नेपालले गत माघदेखि खोप लगाउन थालेको हो । एक वर्षमा नेपालले विश्व बजारमा आएका छवटा खोप प्रयोग गरिसकेको छ । कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल साइनोफार्म, जोन्सन एन्ड जोन्सन, फाइजर बायोन्टेक र मोडर्ना प्रयोग गरिएको छ । १८ वर्षभन्दा माथिको उमेर समूहलाई यसअघि लगाइसकिएको छ भने १२ देखि १८ वर्ष उमेर समूहलाई यही…

Read More