झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ पुस । इनर व्हिल क्लब अफ बिर्तामोड मिडटाउनले विपन्न बिद्यार्थीलाई जाडाेको कपडा वितरण गरेको छ । इनर व्हिलले सोमबार इलामको गोदक स्थित नन्द माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण गरेको हो । सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थी जाडो बढेसंगै समस्यामा रहेको जानकारी थाहा पाएसंगै उनीहरुलाई इनर व्हिलले विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरेको इनर व्हिल क्लब अफ बिर्तामोड मिडटाउनका चार्टर प्रेसिडेन्ट भूमिका पोखरेलले जानकारी दिईन । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणी गौतमको प्रमुख आतिथ्यता तथा इनर व्हिल क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष जानुका भुषालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानध्यापक उमेश बुढाथोकी,…

Read More

बुधबारे, ६ पुस । झापाको बुधबारेमा रहेको बुधबारे जेसीज वर्ष २०२१ मा विभिन्न ५ विधामा नेपाल जेसीजबाट पुरस्कृत भएको छ । पुस १ देखि ४ गतेसम्म पोखरा जेसीजको आतिथ्यतामा भएको नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिवेशनमा बुधबारे जेसीज थप दुई विधामा पुरस्कृत भएको छ । ‘मस्ट आउटस्टेनडिङ लोम हुइथ मेक्सिमम एक्टिभिटी अफ द इयर’, ‘आउटस्टेनडिङ कोभिड १९ इनिटिएटिभ प्रोग्राम अवार्ड एरिया ए’ बाट पुरस्कृत भएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिएका छन् । यस अघि बुधबारे जेसीजले पहिलो त्रैमासिक उत्कृष्ट पुरस्कार, ‘लङ ट्रम विजनेस सेक्टर पोग्राम अवार्ड एरिया ए’ र ‘वेस्ट अवारनेस इनिटिएसन प्रोग्राम एरिया ए’ बाट पुरस्कृत भईसकेको…

Read More

झापा, ६ पुस । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विलासी वस्तुको हकमा यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले सोमवार आफ्नै बैंकिङ विभाग, प्रादेशिक कार्यलयसँगै वाणिज्य बैंक र राष्ट्रिय स्तरका बैंकहरूको नाममा एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अब उनीहरूले तोकिएको वस्तुको आयात गर्ने प्रयोजनका लागि एलसी खोल्दा आयातकर्ताबाट अनिवार्य रूपमा नगद मार्जिन लिनुपर्ने छ । राष्ट्र बैंकले विभिन्न हार्मोनिक कोड भएका वस्तुहरूको आयातमा यस्तो व्यवस्था लागू गरेको हो । विशेषगरी ०९०७, १७, २२, २४, ३३०३, ३३०४, ३३०५, ४४, ६४, ६५,…

Read More

झापा, ६ पुस । सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गरेर इजलास फर्किए पनि संवैधानिक इजलास भने गठन हुन सकेको छैन । दुई महिनादेखि संवैधानिक इजलास गठन हुन नसक्दा गम्भीर प्रकृतिका मुद्दा सुनुवाइ प्रभावित बनेको छ । प्रधानन्यायाधीश राणाको राजीनामापछि मात्रै संवैधानिक इजलास गठन हुने अडानमा सर्वोच्चकै न्यायाधीशहरू एक ठाउँमा उभिएपछि न्यायिक संकट उत्पन्न भएको हो । हरेक बुधबार र शुक्रबार तोकिने संवैधानिक इजलास गठन दुई महिना बित्दा पनि गठन हुन सकेको छैन । संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य…

Read More

झापा, ६ पुस । नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो। भदौ ९ गते पार्टी विभाजन भएपछि गठित एकीकृत समाजवादी देशव्यापी संगठन विस्तारमा लागेको हो। कतिपय स्थानमा एमालेमै रहँदा समानान्तर कमिटी बनाएको र त्यसमा सहभागी नेताहरूलाई नै जिम्मेवारी दिइएको छ। कतिपय स्थानमा एमालेबाट असन्तुष्ट नेताहरूलाई समेट्ने तयारी भएको जनाइएको छ। ‘एमालेमा अर्को विद्रोह हुँदैछ, उनीहरूलाई पनि समेट्ने तयारी हुँदैछ,’ एक नेताले भने। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संगठन विस्तारका क्रममा देशदौडाहामा…

Read More

झापा, ६ पुस । प्रमुख राजनीतिक दलका नेताहरु नै चुनावमा मतदान गर्न जान्दैनन् भन्दा पत्याउन गाह्रो हुन्छ । वडा तहदेखि ठूलो रस्साकस्सीका साथ निर्वाचित भएर केन्द्रसम्म आएका नेताहरूले दिएको मत बदर भएको देख्दा पत्याउन करै लाग्छ । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिले गरेको मतदान चार प्रतिशतसम्म बदर भएको पाइएको छ । कांग्रेस केन्द्रीय समितिले दिएको रिपोर्टअनुसार करिब साढे दुई प्रतिशत जतिले त मतदान नै गरेका छैनन् । केन्द्रीय कार्यसमिति चयन गर्न आउने महाधिवेशन प्रतिनिधिलाई जिल्ला तहका नेताभन्दा माथिल्लो दर्जाका रूपमा हेरिन्छ । वडा तहको अधिवेशनदेखि क्षेत्रीय तहको अधिवेशनबाट समेत निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधि बनाउन केन्द्रका शीर्ष नेताहरुले…

Read More

विराटनगर, ६ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सुनसरीको इनरुवा अस्पताललाई एक महिना भित्रमा व्यवस्थित गरिसक्ने बताउनु भएको छ । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट लामो समय देखि रिक्त रहेको र आवस्यक चिकित्सकको पनि अभाव भएकाले एक महिना भित्रमा व्यवस्थित गरिसक्ने उहाँले बताउनुभयो । सोमबार इनरुवा अस्पतालमा मन्त्री यादव सहित पुगेको सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको अनुगमन तथा स्थानीय सरोकारवालासँग अन्तक्रिया पनि गरेको छ । इनरुवा अस्पताल सुदृढीकरण संवन्धि गरिएको अन्र्तक्रियामा अस्पताल प्रमुख प्रदेशले नियुक्त गरि जिम्मेवारी दिनुपर्ने, विशेषज्ञ डाक्टर तीनै तहको सरकारको समन्वयमा पुर्ती गरिनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षाका लागि राजनैतिक प्रतिबद्धता हुनुपर्ने, स्वास्थ्य वीमा कार्यक्रम प्रदेश सरकार मार्फत…

Read More

गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै जनाले झापाको शिर उच्च राखेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै किन नहोस् झापालीले छुट्टै पहिचान बनाएका छन् । कलाकारिता क्षेत्रमा झापाका सीताराम कट्टेल (धुर्मुस) हुन् या गायन क्षेत्रका प्रमोद खरेल, प्रविशा अधिकारी नै किन नहुन् सबै नेपालीको जिब्रोमा सँधै झुण्डिरहने नाम हुन् । त्यसो त झापाले अन्य थुप्रै सांगीतिक क्षेत्रमा पनि चम्किला तारा समेत जन्माएको छ । भनिन्छ– ‘हर कोहीसँग छुट्टै कला हुन्छ, त्यसको पहिचान…

Read More

झापा, ५ पुस । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने भएका छन् । काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौं भित्रका पूर्णकालीनलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागेको हो । ‘जिल्ला कमिटीका सदस्यहरू मध्येबाट प्रत्येक क्षेत्रमा दुई जना सदस्यलाई खाजा, खाना, फोन रिचार्जवापत १० हजार रुपैयाँ प्रदान गर्ने गरी अभियान अवधिभरका लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालिन सदस्य चयन गरिनेछ,’ कार्कीले भने । सदस्यता वितरण, संगठन निमार्ण र परिचालन सम्बन्धका बारेमा उल्लेख गर्दै २ पुसमा टोली निमार्ण र ८ माघमा परिचालन गर्ने भन्दै काठमाडौं जिल्लामा मात्र २० जना सदस्यलाई पूर्णकालिन सदस्य…

Read More

झापा, ५ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३, उर्लाबारी र बेलबारीमा १–१, झापाको अर्जुनधारा, कनकाई र भद्रपुरमा १–१ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र ६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक…

Read More