झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ पुस । सरकारले निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिनेगरी ‘विद्युत् व्यापारसम्बन्धी कार्यविधि’ को मस्यौदा बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारसम्बन्धी कार्यविधि बनाएको छ, त्यसमा निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिने व्यवस्था गरिएको हो । ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले विद्युत् व्यापारसम्बन्धी कार्यविधि बनाइरहेको बताए । त्यसमा निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिनेगरी व्यवस्था गरेको उनको भनाइ छ । संघीय संसद्मा विचाराधीन विद्युत्सम्बन्धी विधेयकमा निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिने प्रस्ताव गरिएको छ । कार्यविधिमा भने त्यस सम्बन्धमा अझै स्पष्ट रूपमा व्यवस्था गरिएको मन्त्रालयले बताएको छ । निजीक्षेत्रलाई देशभित्र मात्र नभएर क्षेत्रीय बजारमा समेत विद्युत्…

Read More

झापा, ४ पुस । सरकारले मङ्सिर १ गतेदेखि नेपाल भित्र्याएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन देशव्यापी अभियान थालेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी वितरणका लागि देशव्यापी अभियान थालेको हो । विभागका महानिर्देशक डोरनाथ अर्यालले राहदानी विभागको चारवटा छुट्टाछुट्टै टोली देशका विभिन्न जिल्लामा पुगेर विद्युतीय राहदानी वितरणको अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । सुरुमा विभागबाट मात्र वितरण गरिएको विद्युतीय राहदानी सर्वसुलभ बनाउन देशव्यापी अभियानमार्फत वितरण टोली खटिएको हो । टोलीले हरेक जिल्ला पुगेर त्यहाँस्थित जिल्ला प्रशासन कार्यालयको टोलीलाई प्रशिक्षित गर्दै विद्युतीय राहदानी वितरणको प्रक्रिया सिकाइरहेको छ । शुक्रबार महानिर्देशक अर्यालसहितको टोली रुपन्देही पुगेर विद्युतीय राहदानी वितरण जिल्लाबाट थालेको…

Read More

झापा, ४ पुस । सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत स्थान अनिवार्य सुरक्षित गर्न परमादेश भएको छ। न्यायाधीशहरू दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले संविधान र राजनीतिक दलसम्बन्धी ऐनले सुनिश्चित गरेको महिलाको उपस्थितिलाई सबै दलको हरेक समितिमा ३३ प्रतिशत गर्न परमादेश जारी गरेको हो। राज्यका हरेक निकाय, राजनीतिक दललाई समावेशी बनाउन संविधानको धारा १८ मा भएको समानतासम्बन्धी व्यवस्था उल्लेख गर्दै महिलाको ३३ प्रतिशत अधिकारलाई सर्वोच्चले मौलिक हकसँग जोडेर व्याख्या गरेको छ। राजनीतिक दलहरूको महाधिवेशन भैरहेका बेला दर्ता भैसकेका…

Read More

झापा, ४ पुस । नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन्। यसैगरी महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा उसका पतिलाई समेत १५ दिन सुत्केरी बिदाको सुविधा दिइएको हुन्छ। यसबाहेक एक वर्षमा ५२ दिन शनिबार र करिब १५ दिन सार्वजनिक बिदाको सुविधा उनीहरूले पाएका हुन्छन्। आधाजसो निजामती कर्मचारीले आफूले पाएको बिदा सञ्चित गरी अवकाश पाउने बेला १८० दिन बराबरको सुविधा लिने गरेको संघीय मामिला…

Read More

झापा, ३ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज २० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १४ पुरुष रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९५ रहेको छ ।

Read More

बिर्तामोड, ३ पुस । नेकपा एमाले बिर्तामोड नगर कमिटीले मातहत कमिटीमा रहेर पार्टी काम गरिरहेको कार्यकर्तालाई आज नेतृत्व विकास, बैठक सञ्चालन तथा माइन्युट लेखन सम्बन्धी प्रशिक्षण दिएको छ । नगर कमिटी तथा १० वटै वडा कमिटीका विभिन्न तहमा क्रियाशील कार्यकर्तालाई तिक्ष्ण बनाउन तथा बैठक सञ्चालन पद्धतिबारे ज्ञान दिलाउन तालिमको आयोजना गरिएको आयोजक कमिटीको भनाई छ । नगर कमिटीका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा एमाले स्थायी कमिटीका सदस्य तथा पूर्वमन्त्री अग्नि खरेलको प्रमुख आतिथ्यमा उक्त तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन पछि मन्तब्य राख्दै एमाले नेता खरेलले १०औं राष्ट्रिय अधिवेशन पछिको कार्यभारहरु सुझाउँदै आउँदा दिनहरुमा हुन लागेका तीनै चरणका निर्वाचनमा एमालेका…

Read More

झापा, ३ पुस । सर‌कार‌ले‌ वै‌दे‌शिक र‌ो‌जगार‌को‌ क्षे‌त्रमा हुनसक्ने‌ ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर‌ टो‌ली (¥यापिड र‌े‌स्पो‌न्स टिम) गठन गर‌े‌को‌ छ । वै‌दे‌शिक र‌ो‌जगार‌ विभागका महानिदेर्‌शकको‌ प्रत्यक्ष अनुगमनमा र‌हने‌ गर‌ी तथा सम्बन्धित अन्तर्निकायको‌ प्रतिनिधित्व हुने‌ गर‌ी टो‌ली गठन भएको‌ हो‌ । वै‌दे‌शिक र‌ो‌जगार‌ विभागका निदेर्‌शकको‌ संयो‌जकत्वमा गठन गरि‌एको‌ टो‌लीमा श्रम, र‌ो‌जगार‌ तथा सामाजिक सुर‌क्षा मन्त्रालय, वै‌दे‌शिक र‌ो‌जगार‌ बो‌र्ड सचिवालय, ने‌पाल प्रहर‌ीका प्रतिनिधि सदस्य छन् । त्यस्तै‌ वै‌दे‌शिक र‌ो‌जगार‌ विभागका अनुसन्धान अधिकृत सदस्य सचिव छन् । श्रम, र‌ो‌जगार‌ तथा सामाजिक सुर‌क्षामन्त्री कृष्णकुमार‌ श्रे‌ष्ठले‌ वै‌दे‌शिक र‌ो‌जगार‌सम्बन्धी आउने‌ गुनासो‌लाई तत्काल निर‌ाकर‌ण गर्न, र‌ाहत, उद्धार‌ तथा क्षतिपूर्तिको‌ सिफारि‌स गर्न तथा अन्तर‌ निकाय समन्वयका लागि यो‌ टो‌ली गठन गर‌े‌को‌…

Read More

बिर्तामोड, ३ पुस । झापाको दमकबाट धारिलो हरियार प्रयोग गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक–२ का २५ वर्षीय तेजप्रकाश पराजुली धराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धारिलो प्रहार गरेका थिए । रक्ताम्मे अवस्थामा पसल धनी सन्तोष पौडेलले फेला पारी उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु पराजुलीको मृत्यु भएको थियो । लिम्बूलाई प्रहरीले पुस १ गते प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान…

Read More

झापा, ३ पुस । चिया निर्यात सुरु भए पनि मूल्यमा गिरावट आएको चिया उद्योगीले गुनासो गरेका छन् । नेपालको चिया निर्यातमा केही अगाडि समस्या रहेकोमा अहिले समाधान भइसकेको तर उचित मूल्य नपाएको उद्योगीले गुनासो गरेका छन् । नेपालको चिया कम गुणस्तरको भएको भन्दै भारतले मंसिर पहिलो हप्तादेखि दोस्रो हप्तासम्म निर्यातमा रोक लगाएको थियो । तर निर्यातको समस्या समाधान भएको तर गएको वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतले चियाको मूल्य कम भएको हिमालय सांग्रिला इलामका कमल मैनालीले बताउनुभयो । उहाँका अनुसार गएको वर्ष प्रतिकिलो दुई सय ४० देखि एक हजार ६ सय रुपैँयासम्म बिक्री भएको चिया यो वर्ष भने एक सय…

Read More

बनियानी, ३ पुस । झापामा करणी मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । झापा बाह्रदशी गाउँपालिका–४ का ४२ वर्षीय विष्णु प्रधान श्रेष्ठलाई पक्राउ गरी शुक्रबार जिल्ला अदालत झापामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । पुनरावेदन अदालत इलामले श्रेष्ठलाई २०६६ असार ३० गते जबरजस्ती करणी मुद्दामा पाँच वर्ष कैद सजाय तोकेको थियो । श्रेष्ठको कोरोना परीक्षणपछि कैद भुक्तानका लागि जिल्ला कारागार चन्द्रगढी पठाउइने प्रनाउ थापाले बताउनुभयो । हाल प्रतिवादी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

Read More