झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १ पुस । झापाको कन्काई नगरपालिका(३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका-८ की ३८ बर्षीया राधिका सेडाई रहेकी छिन् । हिजो मध्य राती पौने १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भिर घाईते बनाएकोमा उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउना साथ उनको मृत्यु भएको हो । ट्रक र ट्रक चालक सर्लाहीको बागमती नगरपालिका(४ का २९ बर्षिय उतम वाईबालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Read More

बिर्तामोड, १ पुस । झापाको कनकाई–२ स्थित जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा हात्तीको आक्रमणमा परी एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । वन क्षेत्रमा घाँस काट्न गएका स्थानीय ७८ वर्षीय कृष्ण भुजेललाई हात्तीले आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिनुभयो । गत सोमबार दिउँसो घाँस काट्न जंगल गएका भुजेल रातिसम्म घर नफर्किएपछि प्रहरी र स्थानीयले खोजी शुरु गरेका थिए । खोजीका क्रममा सामुदायिक वनभित्र बुधबार दिउँसो हात्तीले आक्रमण गरी मारेको अवस्थामा भुजेलको शव फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको…

Read More

बिर्तामोड, १ पुस । झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलाम रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका करिब ३५÷४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । कनकाई–७ दुर्गापुरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको मे७प २८४६ नम्बरको मोटरसाइकल बुधबार करिब ८ः०० बजे एकआपसमा ठक्कर खाएको उहाँले बताउनुभयो । दुर्घटनाबाट गम्भीर घाइते उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित…

Read More

बिर्तामोड, १ पुस । झापाको सहकारी अभियानमा लामो समयदेखि योगदान दिँदै आएका सहकारी अभियन्ता युवराज ढकालले सहकारी क्षेत्र समृद्धि हासिल गर्ने एउटा मुख्य आधार भएको बताउनुभएको छ । झापाको बिर्तामोड–५ स्थित रामजानकी कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभामा प्रमुख अतिथिको मन्तव्य दिँदै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले सहकारीका सदस्य, कर्मचारी र सञ्चालक समितिलाई मिसन भिजन बनाएर अघि बढ्न सुझाउ दिनुभयो । भन्नुभयो, ‘सहकारीले तपाईंको जीवन समृद्ध बनाउन सक्छ, तपाईंहरुले लागिपर्नुहोस् ।’ संस्थाका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन संस्थाका व्यवस्थापक शुक्रराज भण्डारी र स्वागत संस्थाका उपाध्यक्ष भीमबहादुर थापाले गर्नु भएको थियो । कार्यक्रममा साझा मञ्च डटकमका सम्पादक…

Read More

बिर्तामोड, १ पुस । झापाको मेचीनगरबाट नक्कली पिसिआर रिपोर्ट बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा मेचीनगर–६ मा पेमा तामाङले सञ्चालन गरेको रिङ्जी टुर्स एण्ड ट्राभल्सबाट उनलाई बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तो छ प्रहरीको रिपोर्ट– जिल्ला झापा  मेचीनगर न.पा वडा नं. ६ स्थित पेमा तामाङले संचालन गरेको Ringji Tours and Travels मा नक्कली PCR Report बनाउँने गरेको भन्ने प्राप्त सुचना अनुसार ई.प्र.का काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०८।२८ गते वेलुकी अं. १८:४० बजे उक्त Tours and Travels का संचालक पेमा तामाङलाई नियन्त्रणमा लिएको । उक्त…

Read More

विनोद सापकोटादुधे, १ पुस । झापाको शिवसताक्षीमा जिल्लामै पहिलो पटक विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम तथा किशोर किशोरीमा हुने रक्त अल्पता तथा रक्त समुह पहिचान कार्यक्रम सुरु भएको छ । यो कार्यक्रम जिल्लाका पन्ध ्रपालिका मध्ये शिवसताक्षी नगरपालिकाले पहिलो पटक शुरु गरेके हो । झापामा यो कार्यक्रम नमुना कार्यक्रम पनि भएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । साविकका ४ गाविसका एक — एकवटा माध्यमिक तहका विद्यार्थीहरुलाई पहिलो पटक कार्यक्रममा सहभागि गराइएको थियो । शिवगञ्जको लालपानी माद्यमिक विद्यालय, सतासीधामको बाल निकुञ्ज, पाँचगाछिको त्रिभुवन र धरमपुरको मोती माध्यमिक विद्यालयबाट पाइलट प्रोगामका रुपमा कार्यक्रम सुरु गरिएको शिवसताक्षी नगरका स्वास्थ्य संयोजक तथा जन स्वास्थ्य…

Read More

झापा, १ पुस । प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण भएको छ । ३८५ जनाको पीसीआर परीक्षण गर्दा २७ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७, सुनसरीमा ५, झापामा २, धनकुटा, तेह्रथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ११, सुन्दरहरैचामा ३, धनपालथान, सुनबर्षी र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ४, धरानमा १, झापाको भद्रपुर र हल्दिबारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा बुधबार…

Read More

विराटनगर, १ पुस । विराटनगरमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । अध्यक्षको दौडमा रहेका पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले समितिको पहिलो बैठकमा आफुहरु ‘ब्याक’ हटेको बताएका थिए । तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका छन् । दाबी गर्नेको संख्या अझै बढ्नसक्ने देखिएको छ । केन्द्रीय सदस्यहरु त्रयले बैठकको सुरुवातमै आफूहरुबीच नेतृत्वमा दाबी नगर्ने र प्रदेश सदस्यहरुकै बीचबाट नयाँ नेतृत्व चयनको बाटो खोल्ने…

Read More

बिर्तामोड, १ पुस । प्रेस चौतारी झापाको जिल्ला अधिवेशन पुस १९ गते दमकमा हुने भएको छ । आज बिर्तामोडमा सम्पन्न जिल्ला कमिटीको बैठकले अधिवेशनको मिति र स्थान ताकेको हो । बैठकले अधिवेशन सम्पन्न गर्न सदस्यता अध्यावधिक समिति र आर्थिक उपसमिति गठन गरेको छ । चौतारीका सचिव प्रदीप परियारको संयोजकत्वमा सदस्यता अध्यावधिक समिति र उपाध्यक्ष मनकुमार गदालको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको जिल्ला अध्यक्ष टिकाराम उप्रेतीले जानकारी दिए । परियारको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा रोहित काफ्ले, सुदिप अधिकारी, अच्युत सुवेदी, सिर्जन घिमिरे, सरोज भट्टराई, प्रकाश पौडेल, रुपा बुढाथोकी र सागर गौतम रहेका छन् । यस्तै, गदालको संयोजकत्वमा गठित आर्थिक उपसमितिमा उमानाथ…

Read More

बलिउडका मिस्टर पर्फेक्सनिस्ट भनिने अभिनेता आमिर खान नयाँ चलचित्र ‘लाल सिंह चड्डा’ लिएर आउँदैछन् । बुहप्रतीक्षित बनेको यो चलचित्रले भारतका १०० स्थानमा छायाँकन गरेर नयाँ रेकर्ड समेत राखेको छ । यस्तै दुई सय दिनसम्म छायाँकन गरेर ‘लगान’पछि लामो समयसम्म छायाँकन गरिएको दोस्रो बलिउड चलचित्र बनेको छ । आमिर खान प्रोडक्सनको ब्यानरमा बनेको यो चलचित्रलाई अद्वेत चन्दनले निर्देशन गरेका छन् भने अभिनेत्री करिना कपूर पनि मुख्य भूमिकामा छिन् । यो चलचित्र ओस्कार विजेता हलिउड चलचित्र ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । ‘लाल सिंह चड्डा’मा भारतको पाँच दशकभन्दा बढीको इतिहासलाई देखाउने प्रयास गरिएको जनाइएको छ । देशमा घटेका विभिन्न राजनीतिक, सैनिक र…

Read More