झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अमेरिकी अन्तरीक्ष संस्था नासाका एकजना वैज्ञानिकले मंगल ग्रहमा किराको आकार भएको जीव देखिएको दाबी गरेका छन् । मंगल ग्रहमा जीवन रहेको सबुत फेला परेको उनको दाबीमा नासाका अन्य वैज्ञानिकहरू आश्वस्त हुन सकिरहेका छैनन् । तथापि उनले अन्तिम समयसम्मै आफू आफ्नो दाबीमा अडिग रहने र आफूले मंगल ग्रहमा किरा आकारको प्राणी देखेको बताएका छन् । नासाका ९७ वर्षीय वैज्ञानिक गिलबर्ट वी लेभिनका अनुसार उनी ४५ वर्षअघि नासाको भाइकिंग मंगल यान मिसनको सुपरभाइजर थिए जसको नाम लेबल्ड रिलिज एक्सपेरिमेन्ट थियो । नासाको उक्त मिसनको माध्यमबाट मंगल ग्रहको माटोमा सुक्ष्म जीवहरूले छाड्ने ग्यासहरुको जाँच गरिएको थियो । लेभिनले त्यतिबेलै सन् १९७६ को जुलाई…

Read More

झापा, २९ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएका सबै प्रक्रिया सकिएसँगै काँग्रेस राजनीतिभित्रको एउटा पाटो फेरि कोइराला परिवारमै फर्किएको छ । १३औं महाधिवेशनमा काँग्रेसको केन्द्रीय सदस्य बनेका नेता डा। शेखर कोइराला १४औं महाधिवेशनमा सभापतिको रेसमा दोस्रो स्थान प्राप्त गरेसँगै काँग्रेसभित्रको संस्थापन इतर समूहको नेतृत्व उनको हातमा परेको हो । काँग्रेसको १२ औं महाधिवेशनसम्म नेतृत्वमा कोइराला परिवारकै हाली मुहाली थियो । त्यसबखत सुशील कोइराला सभापति बनेका थिए । काँग्रेसको १२औं महाधिवेशन १ देखि ५ गतेसम्म असोज २०६७ मा काठमाडौंमा भएको थियो । त्यसपछि १३औं महाधिवेशन भने कार्यवाहक सभापति बनेका रामचन्द्र पौडेलको नेतृत्वमा सम्पन्न भएको थियो ।…

Read More

झापा, २९ मंसिर । नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला नेपाली समयअनुसार बुधबार बिहान वासिङ्टनमा एमसिसी बोर्ड बैठक बस्ने भएको छ। बैठकमा नेपालको विषयमा छलफल हुनेछ। नेपालमा एमसिसी कार्यान्वयनमा ढिलाइ भइरहँदा अमेरिकाले यसबारे उच्च चासो देखाएको छ। अमेरिकी अधिकारीले काठमाडौं आएर एमसिसीलाई कार्यान्वयनमा लैजान दलका नेता र सरकारलाई आग्रह गरिसकेका छन्। पछिल्लोपटक दक्षिण तथा मध्य एसियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेर एमसिसी कार्यान्वयनका लागि उच्च राजनीतिक नेतृत्वसँग आग्रह गरेका थिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर नेपालले एमसिसी तत्काल…

Read More

झापा, २९ मंसिर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणले अझै गति लिन सकेको छैन । ९ प्याकेजमा निर्माणअघि बढाउने योजना बनाइएको थियो । त्यसैअनुरूप केही प्याकेजको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयारी अघि बढाइएको छ भने केहीको अध्ययन सकिए पनि निर्माण अघि बढेको छैन । वर्षेनि कम बजेट छुट्याइएकाले निर्माणले गति लिन नसकेको रेल विभागले बताएको छ । रेलमार्ग निर्माणमा जग्गा प्राप्तिको विषय पनि टुंगो लाग्न बाँकी रहेको विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताए । ‘वर्षेनि सरकारले झन्डै ८÷१० अर्ब बजेट छुट्याउने गरेको छ,’ उनले भने, ‘यो वर्ष अझै घटेर साढे ६ अर्ब बजेट छुट्याइएको छ ।’ आयोजना…

Read More

झापा, २९ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । १३ औं महाधिवेशनमा पहिलो पटक काँग्रेस सभापति बन्न सफल देउवा १४ औं महाधिवेशनबाट पनि भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । मंगलबार भएको मतदानको मतगणना राति सवा ११ बजेदेखि सुरु भएको थियो । सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४५७४ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए । मतपरिणामअनुसार देउवाले २७३३ मत पाउँदा कोइरालाले १८५५ मत प्राप्त गरे । यस्तै ३३ मत बदर भयो । यसअघि सोमबार…

Read More

इलाम, २८ मंसिर । मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा नौ जना घाइते भएका थिए । घाइतेमध्ये दुईको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा भएको दुर्घटनामा परी माइजोगमाई–३ का भरत घिमिरे र सोही गाउँपालिका–४ का रामप्रसाद तिमिल्सेनाको मृत्यु भएको बिएण्डसी अस्पताल झापाका सूचना अधिकारी प्रनिश गिरीले राससलाई जानकारी दिए । चालकलाई सामान्य चोट लागेको छ । अन्य घाइतेको नामथर खुलेको छैन । अन्यको उपचार…

Read More

ताप्लेजुङ, २८ मंसिर । ताप्लेजुङ मिक्वाखोला गाँउपालिका–४ लप्सीबोटे स्थित आमबोटे भिरबाट ५ सय मिटर तल झरी ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका–६ का २६ बर्षिय राजु राजवंशी रहेका छन् । आज बिहान साढे १० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर दुर्घटना भई घटनास्थलमै राजवंशीको मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

बिर्तामोड, २८ मंसीर । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको तेस्रो अधिवेशनले पुनः अध्यक्षमा अर्जुन गिरीलाई चयन गरेको छ । मंगलवार वुट्टावारीस्थित दशनामी भवनमा सम्मन्न अधिवेशनले १५ सदस्यीय नयाँ नगर कार्य समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद गिरी,उपाध्यक्षमा जानुका गिरी, सचिवमा उद्धवव पुरी, सह सचिवमा मिलन गिरी र कोषाधयक्षमा खड्गराज गिरी चयान भएका छन् । समितिको सदस्यमा गोविन्द विक्रम गिरी, घनश्याम गिरी, धनवहादुर पुरी, राजन गिरी, रणवहादुर गिरी, खेमराज गिरी, विश्वनाथ गिरी, सम्झना पुरी र पद्मादेवी पुरी(पुनम) रहेका छन् । त्यसैगरी अधिवेशनले सल्लाहकार समिति समेत गठन गरेको छ । समितिमा गोविन्द बिक्रम गिरी, चन्द्रप्रसाद गिरी, पदमवहादुर पुरी…

Read More

झापा, २८ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५, मिक्लाजुङमा १, झापाको दमक र भद्रपुरमा २–२ र विर्तामोडमा १, सुनसरीको इटहरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३ महिला र १६ पुरुष रहेका छन् । प्रदेश १…

Read More

मोरङ, २८ मंसिर । मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरिएको छ । भारतबाट नेपाल आउदै गरेको अवस्थामा हिजो दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका–१६ हुलास चौक स्थितमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी इटहरी उप(महानगरपालिका–४ का २२ वर्षीय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको छ भने हिजो राति ६ बजे बिराटनगर महानगरपालिका–१७ मटेरुवाचोक स्थितमा सुनसरी धरान उपमहानगरपालिका–१४ का ३२ वर्षीय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाइजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो…

Read More