झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ मंसिर । विगतमा महामारीकै रुपमा देखिएको डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना डेङ्गुका बिरामी फेला परेका छन् । विर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चार जना फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा देखिएको छ । हाल उनीहरु बिर्तामोडमा रहेको विर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन् । मनमोहन अस्पतालका डा।शुवेश शौरवले दश दिनको अन्तरालमा अस्पतालमा १० डेङ्गु रोगीको उपचार भएको जानकारी दिए । विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका डेङ्गु रोग फोकल पर्सन तुलसी पोखरेलका अनुसार वडा नम्बर ४ को रमाइलो टोलस्थित सिदार्थ होटल आसपास क्षेत्रमा बढी डेङ्गुको सङ्क्रमण देखिएको…

Read More

बिर्तामोड, १८ मंसिर । झापाकाे बिर्तामोड -३ स्थित गरामनि कृषि सहकारि संस्थाकाे १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तारा प्रसाद चापागाईंकाे अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारि संघका सहसचिव कृष्ण मिश्रको प्रमुख अातिथ्यमा भएको थियाे । २०९१ सदस्य अाबद्ध रहेकाे संस्थाकाे शेयर पुजि १ कराेड ५५ लाख रहेकाे छ । संस्थाले अार्थिक बर्ष २०७७/२०७८ मा १ कराेड ८ लाख ८० हजार ६४२ अाम्दानि गरेकोे छ भने खर्च १ करोड ५ लाख ६९ हजार ७५६ रहेकाे छ। संस्थाकाे काेष हिसाब २५ लाख २७ हजार ६४५ रहेकाे छ । बचत संकलन २ करोड ३० लाख ९८ हजार ३६९ रहेको…

Read More

बिर्तामोड, १८ मंसिर । झापाको विर्तामोड–३ स्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः मोहन शिवाकोटी निर्वाचित भएका छन् । संस्थाको छैठौं अधिवेशन तथा १६ औं वार्षिक साधारण सभाले शिवाकोटीको अध्यक्षतामा आगामी चार वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गरिएको हो ।सञ्चालक समितिको उपाध्यक्ष होमप्रसाद सिटौला, सचिव गणेश ओली, कोषाध्यक्ष काजीबहादुर बुढाथोकी रहेका छन् ।त्यस्तै सञ्चालक समितिको सदस्यहरुमा नारायण शिवाकोटी, राजु चाम्लिङ,अर्जुनकुमार पाठक, युवराज तिम्सिना, जयप्रकाश सिटौला, रमा बुढाथोकी, भिमा शिवाकोटी रहेका छन् । सोही साधारण सभाले संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा केशवराज पाठक र सदस्यहरुमा अर्जुन न्यौपाने र होमनाथ उप्रेतीलाई चयन गरेको छ ।संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको…

Read More

यो विशाल पृथ्वीमा करोडौँ प्रकारका जीवजन्तु छन् । पर्यावरण सन्तुलन राख्नका लागि प्रकृतिले सबै जीवहरुलाई अहम जिम्मेवारी दिएको हुन्छ । कमिला पनि यस्तो जीव हो जुन पर्यावरणका लागि निकै महत्वपूर्ण हुन्छ । मानिसमा जस्तै कमिलाले पनि एक आपसमा मित्रता कायम गर्दछ र सामाजिक बन्धनमा रहन्छ । तपाइँलाई सुन्दैमा अनौठो लाग्न सक्दछ कि कमिलाले एक अर्काको मुखमा बान्ता गरिदिएर मित्रता कायम गर्दछन् । कमिलाले एक अर्काको मुखमा बान्ता गरिदिएर सामाजिक बन्धन कायम गर्ने र सूचनाको आदानप्रदान गर्ने गर्दछन् । कमिलाको शरीरमा प्रमुख ३ भाग हुन्छन् । पहिलो भाग फोरगट, दोश्रो भाग मिडगट र तेश्रो हिन्डगट । पेटको सुरुवाती हिस्साको रुपमा रहेको…

Read More

विराटनगर, १८ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्ने बताउनु भएको छ । उहाँले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत संस्थाप्रति आफु सँधै सकारात्मक रहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले आज आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनु भएको हो । मन्त्री यादवले भन्नुभयो,‘ शारिरीक रुपमा समस्या भएपनि उहाँहरु मानसिक रुपमा तेज हुनुहुन्छ ।’ अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा अझैपनि परिवर्तन हुन नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठले डिसेम्वर ३…

Read More

केशब चापागाईंमदरगाछ, १८ मंसिर । झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा भद्रपुर नगरपालिकाले दमक नगरपालिकालाई पराजित गरेको छ। झापा गाउँपालिका–७ को जनकल्याण माविको मैदानमा सुक्रबार सम्पन्न खेलमा भद्रपुरले आयोजकलाई निर्धारित लक्ष्यमा १८ रनले पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको भद्रपुरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। १२८ रनको विजयी लक्ष्य पछ्याएको दमकले निर्धारित ओभरमा सवै विकेट गुमाई १०९ रन मात्र बनाउन सक्यो। भद्रपुरका तर्फबाट राहुल शर्माले १६ बलमा २५ रन, प्रवेश काम्तीले ११ बलमा १७ रनको पारी खेलेका हुन।दमकको बलिङ तर्फ निरज शाहले २ विकेट, बिक्रमले २ विकेट लिएका थिए । त्यस्तै…

Read More

बिर्तामोड, १८ मंसिर । मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित झापामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर( ४ बस्ने ३७ वर्षीय सम्बरबहादुर आले मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शुक्रवार बेलुका ४ बजेर ५५ मिनेटमा मेचीनगर( ४ स्थित राईसिङमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु ७४ एके ६०९९ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक आले मगरले मलद्वारमा च्यापेर ल्याएको १४ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । मगरलाई मोटरसाइकलसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ ।

Read More

झापा, १८ मंसिर । १२ वर्षअघि नै नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्‍याउने लक्ष्य राख्यो। तर, २०१८ को गणनामा नै संख्या २ सय ३५ पुग्यो। यो तथ्यांकलाई हेर्दा अबको गणनामा लक्षित वर्षअघि नै बाघको संख्या बढ्ने देखिन्छ। बाघ गणना आइतबारबाट सुरु हुँदैछ। सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा १२ वर्षमा बाघ दोब्बर बनाउने लक्ष्य लिएको थियो। उक्त समयमा नेपालमा १ सय २० वटा बाघ थिए। २०२२ सम्ममा त्यसलाई २ सय ५० बनाउने लक्ष्य थियो, जुन सो समयमा सोच्दा चुनौतीपूर्ण लाग्थ्यो। तर, २०१८ को गणनाले नेपालमा २ सय ३५ वटा बाघ पुगेपछि नेपाल उत्साहित…

Read More

झापा, १८ मंसिर । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए । उनका अनुसार सरकार जिटुजीमार्फत आगामी पाँच वर्षका लागि वार्षिक डेढ लाखदेखि दुई लाख मेट्रिक टनसम्म रासायनिक मल खरिदका खोजिरहेको छ । उनले भने, नेपाल सरकारले भारत सरकारलाई पठाएको पत्र स्वीकृतिको क्रममा रहेको बताउँदै प्रवक्ता सञ्जेलले पत्र स्वीकृत भएपछि दुई देशबीच छिट्टै हस्ताक्षर हुनेछ । बर्सेनि हुने मलको हाहाकार रोक्नका लागि मन्त्रालयले अन्य…

Read More

झापा, १८ मंसिर । न्याय सम्पादन प्रक्रिया अवरुद्ध भएको ४० दिनपछि सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दाको सुनुवाइ भएको छ । कात्तिक ८ गतेदेखि रोकिएको न्याय सम्पादन कार्य शुक्रबारदेखि लयमा फर्किएको हो । मङ्सिर १५ गतेदेखि नै नियमित सुनुवाइ प्रारम्भ हुने बताइए पनि सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीशको विवाद सुरु भएपछि सुनुवाइ पुनः अवरुद्ध भएको थियो । शुक्रबार गोला प्रणालीबाट १२ वटा इजलास गठन भई सुनुवाइ गरिएको छ । सर्तसहित न्यायाधीशहरू इजलास फर्किएका हुन् । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले शुक्रबारदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ भएको बताउँदै भने, “शुुक्रबारदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ सुरु भएको छ । अब नियमित गतिमा अदालत फर्किन्छ…

Read More