झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २ मंसिर । कात्तिक १० गते गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई सरुवा गरेर त्यहाँ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरे। सिंहलाई काठमाडौंबाट भैरहवा विमानस्थलमा पठाएर उनको ठाउँमा गिरीलाई काजमा ल्याउने तय भएको थियो। तर गृहमन्त्री खाँणको त्यो निर्णय तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवाले बदर गरिदिए। रातारात एसएसपीको सरुवा रोकियो। सिंहको सरुवा रोकिएपछि प्रहरीको एउटा समूहले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी हरिबहादुर पालले सरुवा रोक्न लगाएको भनेर गृहमन्त्री खाँणलाई सुनाइदियो। गृहमन्त्री खाँणले आफू विभागीय मन्त्री भएकाले आफूसँग सल्लाह गर्नुपर्ने, सरुवा चाहिएमा आफूलाई भन्नुपर्ने, प्रहरी सरुवामा पनि प्रधानमन्त्री हाबी हुने भए…

Read More

झापा, २ मंसिर । कोरोना महामारी उत्कर्षमा रहेका बेला लगानीका क्षेत्र खुम्चिरहँदा ऋणीप्रति उदार व्यवहार देखाएका बैंकहरू अहिले व्यवसायीलाई कस्ने नियतमा लागेका छन् । कोरोना महामारी मत्थर भएसँगै उद्यम व्यापारले गति लिन थालेको छ । यो बेला बैंकहरूले तरलता अभावलाई कारण देखाएर लिमिटमा भएको रकमसमेत दिन नमानेको गुनासो औसत व्यवसायीको छ । बैंकहरूले ऋणीलाई प्रिमियम दर बढाउन दबाब दिन थालेको वीरगञ्ज उद्योग वाणिज्य संघले बताएको छ । संघले यसबारेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेरै ध्यानाकर्षण गराए पनि ती निकायले सुनुवाइ नगरेको संघको बैंक तथा वित्तीय समितिका संयोजक आशिष लाठ बताउँछन् । अहिले बैंकहरूले प्रिमियममा ३ देखि ४…

Read More

झापा, २ मंसिर । पेट्रोलियम पदार्थको मूल्य विगत छ महिनादेखि निरन्तर बढिरहेको छ । पेट्रोलियम पदार्थको अस्वाभाविक रूपमा मूल्यवृद्धि गरिएको भन्दै विरोध हुँदै आएका छन् । नेपाल आयल निगमले भने मूल्यवृद्धि नभई समायोजन भएको जनाएको छ । मुुख्यतया तीनवटा प्रमुख कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमको दाबी छ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजार नै हो । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२÷८३ डलर पुगेको छ । गत वर्षको मङ्सिरमा प्रतिब्यारेल ४१ डलर थियो । एक वर्षमा दोब्बर भएको छ । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिका…

Read More

हिन्दु धर्ममा ईश्वर पुजाका विषयमा विभिन्न परम्परा तथा पद्धतिहरू प्रचलित छन् । कतिपय परम्पराहरु निकै अनौठा लाग्दछन् । त्यस्तै एउटा परम्परा भारतको पश्चिम बंगालको हुगली जिल्लामा प्रचलित छ । हुगलीको चन्दन नगरमा प्रचलित उक्त परम्परा अनुसार पुरुषहरूले सारी लगाएर देवीको पूजा गर्दछन् । चन्दननगरमा पछिल्लो २२९ वर्षदेखि यो परम्परा चल्दै आएको छ । हरेक वर्षजस्तै यो वर्ष पनि चन्दन नगरमा त्यो परम्परा निभाइएको छ । त्यस क्रममा पुरुषहरूले सारी लगाएर सिन्दूर र पानले जगधात्री माताको पूजा गर्दछन् । तर घरकी महिलाहरूले भने पूजा गर्दैनन् । बांग्ला संस्कृतिमा सदियौँ देखि देवीको पूजा महिलाहरूले गर्दछन् । तर गजधात्रीको पुजाका बेला भने अनौठो…

Read More

संखुवासभा, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन् । । आज सङ्खुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका हुन् । पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो । उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए । नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको उनको भनाइ थियो । कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी समेत गरे । रासस

Read More

झापा, १ मंसिर । किरात प्रदेश नामकरणको लागि निर्णायक संघर्ष गर्ने लगायतको १६ बुँदे प्रस्ताव पारित गर्दै किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कातिक २७ देखि २९ गते भएको सम्मेलनबारे आज यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरिएको हो । सम्मेलनले किरात सिरिजङ्गा लिपि समृद्ध गर्दै राई समुदायको साथ किराती समुदायकमे साझा लिपिको रुपमा प्रचलनमा ल्याइने र भारतको सिक्किममा प्रयोग हुँदै आएको किरात खम्बु राई लिपिलाई समेत मान्यता दिने निर्णय गरेको छ । विश्वभर एकै प्रकारको माङखिम (पितृघर) निर्माण गर्ने र मुन्दुमी विधिबाट सामुहिक सुप्तुलुङ (चुल्हो) स्थापाना गर्ने प्रस्ताव पारित गरिएको छ । चुलो…

Read More

बिर्तामोड, १ मंसिर । झापामा राजश्व असुली बृद्धि भएको छ । कोरोना भाइरसको महामारीका कारण घटेको कर असुली अवस्था सामान्य बन्दै गएपछि बृद्धि भएको हो । आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन, भदौ असोज) को अवधिमा ११४ प्रतिशत लक्ष्य हासिल गरेको कार्यालय प्रमुख शुभ रिजालले बताउनुभयो । रू ९१ करोड राजश्व असुलीको लक्ष्य रहेकोमा रू एक अर्ब तीन करोड असुली गरिएको प्रमुख रिजालले बताउनुभयो । कोरोनाको महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्य हासिल गर्न नसकेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले गत आव २०७७÷०७८ मा लक्ष्य भन्दा रू ८६ करोड बढी राजश्व असुली गरेको छ । कार्यालयले…

Read More

झापा, १ मंसिर । शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली काँग्रेसका वर्तमान उपसभापति नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी काँग्रेसमा पनि देउवाका उत्तराधिकारी बन्न चाहन्थे । पार्टीको १४ औँ महाधिवेशनमा आफूलाई सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै आएका छन् । तर मङ्सिर २४ देखि काठमाडौँमा तोकिएको १४ औँ महाधिवेशनबाट देउवाले फेरि सभापतिमा दोहोरिने बताएका छन् । दुवैले सभापतिको प्रत्याशी बन्ने तयारी तीव्र बनाएसँगै देउवा र निधिको लामो सहयात्रा अब प्रतिस्पर्धामा बदलिन लागेको छ । काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्षदेखि १३ औँ महाधिवेशनबाट…

Read More

झापा, १ मंसिर । एमाले नेताहरूले १० औँ महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् ? १० बुँदे सहमति गरेका र माओवादीबाट आएका नेताहरूको व्यवस्थापन कसरी होला भन्ने चासोको विषय बनेको छ । महाधिवेशनबाट अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने गृहकार्य भइरहेको छ । उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले अध्यक्षमा उठ्ने सङ्केत गरेका छन् । तर, अध्यक्षमा ओलीको मात्र उम्मेदवारी हाल्ने र सर्वसम्मत अध्यक्ष घोषणा गर्ने तयारीमा नेताहरू जुटेका छन् । चितवनमा मङ्सिर १० देखि १३ गतेसम्म हुने महाधिवेशनबाट अध्यक्षसहित १५ पदाधिकारी चुनिनेछन् ।…

Read More

बिर्तामोड, १ मंसीर । दशौं राष्ट्रिय कर दिवसको अवसरमा झापामा आजदेखि कर सप्ताह शुरु भएको छ । आन्तरिक राजश्व कार्यालय भद्रपुरले बिर्तामोड उद्योग बाणिज्य संघको समन्वयमा साताव्यापी कर सप्ताह मनाउँदै छ । कार्यालय झापा, इलाम, पाँचथर र ताप्लेजुङका उत्कृष्ट चार जना करदातालाई सम्मान र एक जना कर्मचारीलाई प्रशंसा पत्र प्रदान गर्ने भएको छ । आज मंसीर १ गते प्रभात फेरि, करदाता सम्मान, २ गतेदेखि ६ गतेसम्म जिल्लाका विभिन्न उद्योग बाणिज्य संघको समन्वय र सहकार्यमा करदाता शिक्षा र सचेतनामूलक कार्यक्रम र ७ गते समापन गरिने जनाइएको छ ।

Read More