
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ पुस । सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी उद्यौली र योमरी पुन्ही ज्यापु दिवस (धान्य पूर्णिमा) परेका पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको पुस १ गते बसेको बैठकले उद्यौली र धान्य पूर्णिमा मनाउने समुदायका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ ।
झापा, ३ पुस । गत २६ मंसिरका दिन घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मा घोराहीस्थित सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकाली घरतर्फ लागे । तर, घर पुग्दा उनीसँग रकमको झोला थिएन । रकम हराएपछि आत्तिएका उनले तुरुन्तै प्रहरीलाई जानकारी गराए । महानगरीय प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिता महत साँझ ५ बजे अटो चढेर घोराही उपमहानगरपालिका–१० खैराबाट पूर्व घोराही बजार जाँदै थिइन् । त्यसक्रममा उनले सडकमा अनौठो दृश्य देखिन् । दृश्य कस्तो भने व्यस्त बीच सडकमा दुई युवा छिटोछिटो पैसाको बन्डल टिपेर झोलामा राख्दै थिए । ती युवा अलि आत्तिएको र हडबड गरिरहेको उनले ठम्याइन् । त्यसपछि उनले प्रहरीको…
झापा, ३ पुस । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुलेको छ । मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावलीको ११औँ संशोधन स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्ले नियमावली संशोधनलाई स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले बिहीबार नियमावली स्वीकृत गरेको हो । नियमावलीमा भएको नयाँ व्यवस्थाअनुसार बढुवाको प्रतिस्पर्धामा भाग लिन चाहने शिक्षकले एक सय पूर्णाङ्कको लिखित र २५ पूर्णाङ्कको अन्तर्वार्तामा बस्नुपर्नेछ । अन्तर्वार्ताको २५ पूर्णाङ्कमध्ये १५ अङ्क अन्तर्वार्ता र १० अङ्क शिक्षण अनुभवलाई प्रदान गरिने व्यवस्था रहेको शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिए । खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्दा…
झापा, ३ पुस । अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ । यसबाट गुणस्तरीय शिक्षा हासिल भए पनि देशको ठुलो धनराशि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बितेका तीन वर्षमा नेपालबाट शिक्षाका नाममा ९७ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवम् नो अब्जेक्सन लेटर (एनओसी) महाशाखाका प्रमुख नारायण पोखरेलका अनुसार विगत १३ वर्ष (२०६५ देखि २०७८) मा चार लाख १६ हजार ३ सय ४४ विद्यार्थीले एक सय तीन देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका छन् । यो अवधिमा विदेशमा उच्च शिक्षा हासिल गर्न…
बिर्तामोड, ३ पुस । झापाको दमकबाट प्रहरीले ब्राउनसुगरसहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले दमक नगरपालिका–७ की ५० वर्षीया मुन्नी बेगमलाई ब्राउनसुगरसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । बेगमको घरमा लागुऔषध रहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खानतलाशी गर्दा उनको कोठाबाट कायम चुरन लेखिएको बट्टाभित्र प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ स–सानो प्लाष्टिकका पोका ११ थान फेला पारेको थियो । प्लाष्टिकका पोकाभित्र रहेको लागूऔषधलाई तौल गर्दा ६.५०० ग्राम (प्लाष्टिक बाहेक) रहेको हुँदा निज मुन्नी बेगमलाई तत्कालै नियनत्रणमा लिई इप्रका दमकमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड, ३ पुस । रोटरी क्लव अफ बिर्तामोड र रोट्याक क्लव अफ बिर्तामोडको पद हस्तान्तरण सम्पन्न भएको छ । डिस्ट्रिक ३२९२ गर्भन फष्ट लेडी नविता रिजालको प्रमुख आतिथ्यमा रोटरी क्लव अफ बिर्तामोडको १२ औं तथा रोट्याक क्लव अफ बिर्तामोडको नवौं पद हस्तान्तरण सम्पन्न भएको हो । पद हस्तान्तरण समारोहमा क्लवका अध्यक्ष निर्मल भट्टराईले सन् २०२१÷०२२ का अध्यक्ष नवीन गट्टानीलाई रोटरीको चेन पहि¥याउनु भएको थियो । त्यस्तै रोट्याक क्लव अफ बिर्तामोडका अध्यक्ष आइपीपी प्रभाष थापाले सन् २०२१÷२२ का अध्यक्ष पर्वत मास्केलाई चेन परि¥याउनु भयो । रोटरी क्लव अफ बिर्तामोड का अध्यक्ष नवीन गट्टानीको अध्यक्षतामा भएको पद हस्तान्तरण समारोहमा रोटरी क्लव अफ…
झापा, ३ पुस । सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गराउन झापामा साताव्यापी कार्यक्रम गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुस ४ गतेबाट जिल्लाका विभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना मूलक कार्यक्रम गर्न लागेको हो । विशेषगरी पुस र माघ महिनामा बिहान बेलुका बाक्लो हुस्से लाग्ने र सवारी सञ्चालनमा कठिनाई हुने हुँदा सडक सुशासन र दुघृटना न्यूनीकरण सम्बन्धी कार्यक्रम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईले बताउनुभयो ।
मोरङ, ३ पुस । मोरङको विराटनगर महानगरपालिका–१२ पटुवारी टोलस्थितबाट स्कुटर चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २२ वर्षीय गणेशकुमार राम रहेका छन् । मंसिर २९ गते राति साढे ७ बजे सिर्जना पन्तको को २९ प ६६०० नम्बरको स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्कुटर सहित पक्राउ गरेको हो । पक्राउ परेका रामलाई सम्मानित जिल्ला अदालत मोरङबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
झापा, ३ पुस । नेकपा माओवादी केन्द्र, प्रदेश १ को अध्यक्षसहित पदाधिकारीमा दाबी गर्नेको लर्को लागेको छ । प्रदेश अध्यक्षका लागि आफ्नो दाबेदारीबाट केन्द्रीय सदस्यहरु पछाडि हटेपछि अध्यक्षसहित पदाधिकारीमा दाबी गर्ने प्रदेश तहका नेताहरुको लर्को लागेको हो । योसँगै माओवादी केन्द्र प्रदेश १ को अध्यक्षसहित पदाधिकारी चयनमा सकस परेको छ । मोरङको विराटचोकमा गत मंसिर २५ र २६ गते सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरे पनि पदाधिकारी चयनलाई थाँती राखेको थियो । आकांक्षीहरु बढेको र सहमति जुटाउन नसकेको अवस्थामा पदाधिकारीबिना नै प्रदेश कमिटी चयन गरिएको थियो । यसअघि अध्यक्षमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो…
झापा, २ पुस । नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले आज शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरिन लागिएको हो । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ । चितवनमा १०(१४ मंसिरमा भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो । बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।