
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ मंसिर । भारतको बथनाहादेखि विराटनगर बुधनगर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) स्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर सरकारी समन्वयको काम थालेको छ । मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भइसकेको बुधनगरसम्म कार्गो रेल ल्याउन छलफल थालिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। नारायणप्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय भारतीय पक्षसँग छलफल गर्ने स्तरमा पुगेको जानकारी दिए । आईसीपीको रेल स्टेसनसम्म कार्गो रेल सञ्चालन गर्न सकिने विज्ञको सुझावका आधारमा केही प्रक्रियागत पहल सुरु गरिएको हो । मन्त्रालयका प्रवक्ता रेग्मीले नेपाल–भारत…
झापा, २१ मंसिर । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसके पनि वैकल्पिक विधि प्रयोग गरी जनगणना गर्न लागिएको हो । विभागले जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी अहिले तयारी गरिरहेको छ । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो । स्याटलाइटको माध्यमबाट उक्त क्षेत्रको घर गणना गर्ने र प्रतिघरमा औसत रूपमा बस्ने व्यक्तिको सङ्ख्या निकालेर उक्त क्षेत्रको जनगणना गर्ने योजना विभागले बनाएको विभागका उपमहानिर्देश डा।…
झापा, २१ मंसिर । हाम्रो मुलुक अयोग्य शासनले गर्दा अराजकता र अशान्तितिर ढल्किन लागेको छ। अब एउटा दरिलो, खँदिलो र बलियो सरकारले मात्र मुलुकलाई यस घातक स्थितिबाट जोगाउन सक्छ। यसैअनुसार प्रधानमन्त्रीज्यूलाई मन्त्रिमण्डलमा अहिले भएको संस्थाका सातजना मात्र सहयोगी राख्ने सल्लाह दिँदा उहाँहरूको नामावली पनि दिइयो तर त्यो सल्लाह प्रमज्यूले मान्नुभएन। त्यसपछि पनि कार्यकारिणीद्वारा दिइएको त्यससम्बन्धी सल्लाह प्रमज्यूले नमान्नुभएकाले अब का।स।ले प्रमज्यूलाई आफ्ना अरू साथीहरूसहित सरकारबाट राजीनामा दिन आदेश दिन्छ।’ नेपाली कांग्रेसको २००९ साउन ६ गते बसेको कार्यसमितिको निर्णय हो यो। त्यति बेला नेपाली कांग्रेसका सभापति बिपी कोइराला थिए भने प्रधानमन्त्रीमा दाजु मातृकाप्रसाद कोइराला। दाजुभाइबीचको शक्ति संघर्षको होडले बिपी कोइरालाले मातृकालाई…
झापा, २१ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नायब सुब्बा (नासु) पोखरेलले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत बनाउन आएका सेवाग्राहीलाई अनलाइन फर्म भर्न बिचौलियासम्म जान बाध्य बनाउने गरेको पाइएको आयोगले जनाएको छ । नासु पोखरेलले खेमप्रसाद काफ्लेमार्फत घुस लिने गरेको अनुसन्धानबाट खुलेपछि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । साथै वैदेशिक रोजगारमा आउनेसँग बिचौलियाको काम गर्दै आएका खेमप्रसाद काफ्ले राजेश पोखरेलले प्रतिव्यक्ति २१ हजार २ सय ९२ रुपैयाँ लिने गरेको…
झापा, २१ मंसिर । अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा। एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए। सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षिण अफ्रिकाबाट प्राप्त प्रारम्भिक प्रतिवेदनले पनि यो भेरियन्टका कारण अस्पताल भर्ना हुनेको संख्या डरलाग्दो हिसाबले बढोत्तरी नभएको सूचना दिएको छ। ‘यो भेरियन्टका कारण रोगको जटिलता त्यति धेरै देखिएको छैन। तर यो जटिल नभएको र यसले डेल्टाको तुलनामा गम्भीर हिसाबले बिरामी नपार्ने भनेर लापरबाही नगरी सावधान हुन जरुरी…
बिर्तामोड, २१ मंसिर । झापाको बिर्तामोडमा तमु ल्होसार गोल्डकप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बिर्तामोड फुटबल क्लबको आयोजनामा यही पुस ८ गतेदेखि १५ गतेसम्म डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता सञ्चालन हुने अध्यक्ष डिके गुरुङले जानकारी दिए । दोस्रो संस्करणको प्रतियोगितामा १ नम्बर प्रदेशका ५ र भारतका ३ टिमको सहभागिता रहने जनाइएको छ । नेपालबाट झापा, इलाम, मोरङ, सुनसरी, ताप्लेजुङ र उदयपुर तथा भारतबाट सिक्किम, दार्जिलिङ र सिलिगुडी टिमहरु आउने छन् । प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने ट भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ…
भद्रपुर, २१ मंसिर । झापामा लागु औषध अफिमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पन्जाब राज्य जिल्ला फ्रोजपुर घर बताउने २५ वर्षीय केयर सिंह र पन्जाबकै मौगा घर बताउने २५ वर्षीय सुखजित सिंह रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार मेचीनगर नगरपालिका ६ स्थित मेची पुलमा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा उनीहरूलाई ११ ग्राम अफिमसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ ।
झापा, २१ मंसिर । झापाको विर्तामोडको सुनगाभा ईंग्लिस बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत बालक उपर विद्यालयमा शिक्षकद्वारा कुटपिट भएको घटना उपर राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद र बाल हेल्पलाइनको संयुक्त टोलीले आइतबार स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीले पीडित बालक, उनको परिवार र विद्यालयसँग विस्तृत छलफल गर्नुका साथै विर्तामोड नगरपालिका वडा नं. ५ को वडा कार्यालय, प्रहरी लगायत घटनासँग सम्बन्धित सरोकारवाला विविध पक्षहरुसँग समेत छलफल तथा घटना बारे जाँचबुझ गरेको छ । अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोग – प्रदेश कार्यालय, विराटनगरका निमित्त प्रमुख गीताकुमारी दाहाल, बाल हेल्पलाइन १०९८ (मोरङ) का प्रमुख बासु अधिकारी, हेल्पलाइनका…
बिर्तामोड, २१ मंसिर । झापाका विभिन्न स्थानबाट चोरिएका मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम जिल्ला सूर्योदय नगरपालिका–९ निवासी २१ वर्षीय आशिष सुब्बा, सोही नगरपालिका–८ निवासी २१ वर्षीय विवेक घिमिरे र बिर्तामोड नगरपालिका–३ स्थित बिर्ताबजार निवासी २६ वर्षीय रञ्जित राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीले उनीहरू साथबाट चोरी गरिएका मे ६ प २५०५ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल र मे ११ प ९७३५ नम्बरको १५० सिसीको एफजेट मोटरसाइकल बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट विभिन्न कम्पनीका मोटरसाइकल हराएको वा चोरी भएको सवारीधनिहरुले प्रहरीमा उजुरी दिने बढेको थियो । सोही उजुरी…
इटहरी, २० मंसिर । नेपालको संविधानले आमाको नामवाट पनि नागरिकता पाउने ब्यवस्था गरेको छ तर मैले आमाको नामवाट नागरिकता किन नपाउने ? यो प्रश्न हो, इटहरी उपमहानगरपालिका वडा नम्वर ४ की रञ्जना राउतको । इटहरी उपमहानगरपालिकाले खनारमा आयोजना गरेको नागरिकता प्राप्तीमा भएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा रञ्जनाले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष यो प्रश्न राख्नुभएको हो । रञ्जना दिदी वहिनीलेनै १२पास गरेका छन । तर नागरिकता नभएका कारण कहि कतै जागिर पाउन सकेका छैनन । वुवा वर्षौ देखि वेपत्ता हुनुहुन्छ ।आमाले विवाह गर्नुभन्दा अघि वनाएको नागरिकता छ । तर आमाको नामवाट नागरिकता पाउन सक्नुभएको छैन ।…