
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १९ मंसिर । झापाको भद्रपुर नगरपालिकाले नगर क्षेत्रका चार पत्रकारसहित दर्जनौंलाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको अवसरमा भद्रपुर–६ स्थित श्री कृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रमको सभाहलमा आज आयोजित समारोहमा उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो । नगरपालिकाले पत्रकार राजबाबु शंकर, रोहित काफ्ले, पार्थ मण्डल र लोकबहादुर कुँवरलाई नगदसहित सम्मान गरेको हो । पत्रकार शंकर र काफ्लेलाई जनही नगद रू १५ हजारसहित ‘नगर विकास पत्रकारिता पुरस्कार’ र मण्डल र कुँवरलाई जनही नगद रू १० हजारसहित ‘नगर विकास पत्रकारिता प्रोत्साहन पुरस्कार’ प्रदान गरेको हो । कार्यक्रममा पत्रकारसहित पूर्व जनप्रतिनिधि, विभिन्न संघसंस्थाका…
भद्रपुर, १९ मंसिर । भद्रपुर नगरपालिकाकाे अा.व. २०७८/०७९ काे बजेट, नीती तथा कार्यक्रम सार्वजनिक भएकाे छ । भद्रपुर-७ स्थित श्री कृष्ण द्वेपायन गुरुकुल वेद विध्याश्रमको हलमा अायाेजित कार्यक्रममा बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरिएको हाे ।
सुनसरी, १९ मंसिर । कोशी गाँउपालिका ८ भाण्टाबरी स्थितमा बस दुर्घटनामा बसका सह-चालकको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । मृत्यु हुनेमा बसका सह-चालक सिरहा धनगढी नगरपलिका ८ का २६ बर्षिय जिवस यादव रहेका छन् । हिजो दिउँसो साढे १ बजे को १ ख ४९८८ नम्बरको बसले ओभरट्याक गर्दा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो । बस चालक सिरहा लाहान नगरपालिका ८ का अमित गुप्ता र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप…
झापा, १९ मंसिर । झापाको दमक नगरपालिका १० की ४९ बर्षीया घनादेबी आचार्यलाई आफ्नै श्रीमान ४५ बर्षिय राम कुमार लिम्बुले कुटपिट गर्दा मृत्यु भएको छ । मंसिर १६ गते घनादेबीलाई उनको श्रीमानले कुटपिट गर्दा घाईते भएकी घनादेबीलाई बिराटनगरको नोबेल अस्पतामा उपचारको लागि पुर्याएकोमा केही समयको उपचार पछि डाक्टरको सल्लाह अनुसार उपचार हुन नसकी घर फर्किने क्रममा शुक्रबार राति ७ बजे मृत्यु भएको थियो । कुटपिटमा संलग्न लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड, १९ मंसिर । बिर्तामोड–१ मा रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष रामलोचन न्यौपानेले स्वागत गरेका थिए । कार्यक्रममा संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाको शेयर सदस्य तीन हजार पाँच सय ५३ जना, शेयर पुँजी छ करोड १५ लाख ३७ हजार सात सय रुपैयाँ, निक्षेप संकलन १८ करोड ७६ लाख ७७ हजार ६६ रुपैयाँ, कर्जा लगानी २४ करोड ५७ लाख ९९ हजार छ सय २६…
झापा, १९ मंसिर । विगत ७ वर्षको आँकडा हेर्दा सरकारले करीब रू। ३४ अर्ब कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार २०७१÷७२ देखि २०७७÷७८ सम्ममा करीब रू ५७ अर्ब ४९ करोडको कर फिर्ताका लागि दाबी गरिए तापनि रू। ३३ अर्ब ६९ करोड फिर्ता गर्नका लागि स्वीकृति दिइएको छ । विभागका अनुसार पछिल्ला वर्षहरूमा कर फिर्ताका लागि दाबी गर्नेहरू बढेका छन् । गत आर्थिक वर्ष २०७७–७८ को तथ्यांक मात्रै हेर्ने हो भने सो वर्षमा १९ अर्ब २४ करोड बराबरको कर फिर्ताका लागि १ हजार ५१८ ओटा दाबी परेकोमा १ हजार १२४ ओटा दाबीको ३ अर्ब ९५ करोड मात्रै फिर्ताका…
झापा, १९ मंसिर । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो ।
झापा, १९ मंसिर । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ। राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।
शिवसताक्षी, १९ मंसिर । शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा शनिवार देखि नेतृत्व विकास तथा सचेतना अभिमुखी करण तीन दिवसीय तालिम सुरु भएको छ । नगरको ६ लाख ५० हजार आर्थिक सहयोगमा ११ वटै वडाका आदिवासी जनजातीको नेतृत्व विकास सचेतना सम्बन्धी अभिमुखी करण तालिम सुरु गरिएको आदिवासी जनजाती समन्वय परिषद शिवसताक्षीका कोषाध्यक्ष हेमन गुरुङले बताए । ‘हरेक वडामा रहेका आदिवासी जनजातीहरुलाई उनिहरुको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको हो,’उनले भने । आदिवासी जनजाती सामुदायीक भवनमा एक कार्यक्रममा आयोजना गर्दे तालिमको उद्धघाटन गरिएको हो । आदिवासी जनजाति समन्वय परिषद झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले तालिमको उद्धघाटन गरेका हुन् । उनले सरकारले केहि हद सम्म आदिवासी…